STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ बैशाख ११, बुधबार

    प्रवासीद्वारा विद्यालयलाई पाँच लाख सहयोग

    म्याग्दीको अन्पूर्ण गाउँपालिका–८ राम्चेमा रहेको देउराली आधारभूत विद्यालयलाई प्रवासी एक परिवारले रु पाँच लाख आर्थिक सहयोग गर्नुभएको छ । विद्यालयमा कम्प्युटर कक्षाका लागि आवश्यक पूर्वाधार व्यवस्थापन गर्नका लागि राम्चे घर भई हाल बेलायतमा रहनुभएका स्व मोहनबहादुर पुर्जाका श्रीमती र भाइहरूले मङ्गलबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु गर्बुजालाई रकम हस्तान्तरण गर्नुभयो । दिवङ्गत मातापिताको...

  • २०७६ बैशाख ११, बुधबार

    पाटनमा रातो मछिन्द्रनाथको रथ बनाउन शुरु

    काठमाडौँ उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको रातो मछिन्द्र्रनाथको जात्राका लागि रथ बनाउन शुरु भएको छ । सहकालका देवता मछिन्द्रनाथको दशकर्म शुरु भएसँगै रथ बनाउने काम भइरहेको ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो । उहाँका अनुसार वैशाख कृष्ण प्रतिपदाका दिनमा महास्नान गरेपछि देवताको दशकर्म र रथ निर्माण दुवै सँगसँगै शुरु भएको हो ।  वैशाख शुक्ल प्रतिपदासम्ममा पुजारीले देवताको दशकर्म सक्ने...

  • २०७६ बैशाख ११, बुधबार

    तङ्ग्रिदै भूकम्पले क्षतिग्रस्त बनाएका खेल संरचना

    विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी ‘गोरखा भूकम्प’ का कारण क्षतिग्रस्त खेलकूदका संरचना क्रमिकरूपमा पुनःनिर्माण हुँदैछन् ।  भूकम्प गएको चार वर्ष पुग्दै गर्दा क्षतिग्रस्त बनेको खेलकूदका भौतिक संरचना दशरथ रङ्गशाला, त्रिवि क्रिकेट मैदान तथा सातदोबाटोस्थित पौडी पोखरी र धेरै जिल्लाका प्रमुख खेलस्थलमध्ये केही संरचना पुनःनिर्माण भइसकेको र केही पुनःनिर्माणको अन्तिम चरणमा पुगेका छन् । भूकम्पका कारण...

  • २०७६ बैशाख ११, बुधबार

    तामाका भाँडाबाटै जीवन निर्वाह

    देशमा रोजगारी नपाएर वर्षेनी हजारौँ युवा विदेश गइरहेका छन् तर, केही व्यक्ति भने आफ्नै पौरखमा देशमा कुनै न कुनै पेशा अपनाएर जीवन धानिरहेका छन् । यस्तै एक उदाहरण हो – शिवन ताम्राकार । डडेल्धुराको अमरगढी–६ दुमडाका शिवनले परम्परागत शीपको प्रयोग गरी तामाका भाँडाकुँडा बनाएर पाँच जनाको परिवार धान्दै आएका छन् । विसं २०३२ कात्तिक १५ गते डडेल्धुराको अमरगढी नगरपालिका–६ दुमडामा जन्मेका शिवन जिल्ला सदरमुकाम...

  • २०७६ बैशाख ११, बुधबार

    राष्ट्रपति भण्डारी चीन प्रस्थान

    राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणामा यही वैशाख ११ देखि १९ गतेसम्म चीनको राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।       राष्ट्रपति भण्डारीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्री र गृहमन्त्रीले बिदाइ गर्नुभयो । सो अवसरमा मन्त्रिगण...

  • २०७६ बैशाख ११, बुधबार

    प्रदेश नं ५ एक वर्षमा चार पटक प्रदेशसभा स्थगित

    प्रदेश नं ५ को प्रदेशसभामा एक वर्षको अवधिमा चार पटक प्रदेशसभा स्थगन भएको छ । खास गरेर विपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण विभिन्न विषयमा प्रदेशसभा स्थगन भएको प्रदेश नं ५ को सचिवालयले जनाएको छ । विसं २०७५ को असार ४, साउन १३, माघ १८ र माघ २२ गते विपक्षी नेपाली काङ्ग्रेसको अवरोधका कारण प्रदेशसभा स्थगन भएको थियो । बजेटका विषयमा मुख्यमन्त्री शङ्कर पोखरेलको धारणा, स्थायी राजधानीका विषयमा...

  • २०७६ बैशाख ११, बुधबार

    कुस्तीका राष्ट्रिय खेलाडी विष्ट गम्भीर बिरामी

    नेपालगञ्जमा जारी आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागी एक खेलाडीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । कुस्ती खेलको निर्णायकको भूमिका निर्वाह गरिरहनुभएका सुर्खेत वीरेन्द्रनगर–९ लाटीकोइलीका २४ वर्षीय निर्मल विष्टलाई उपचारका लागि काठमाडौँ लगिएको छ । विष्ट कुस्तीका राष्ट्रिय खेलाडी हुनुहुन्छ । राष्ट्रिय खेलकूद परिषद् ९राखेप० को सहजीकरणमा विष्टको काठमाडौँ बल्खुस्थित वयोधा अस्पतालमा उपचार...

  • २०७६ बैशाख ११, बुधबार

    सुरक्षा निकायतर्फ ३८ प्रतिशत पुनःनिर्माण

    मुलुकको अपराध नियन्त्रण गरी शान्ति, सुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारी बोकेको सुरक्षा निकायतर्फ भूकम्पबाट क्षति पुगेको आधाभन्दा बढी भवन चार वर्ष पुग्दा पनि पुनःनिर्माण हुन सकेको छैन ।  भूकम्पले च्यापेको घाउलाई एकातर्फ पन्छाएर अहिले पनि सकस झेल्दै सुरक्षा निकायले उपलब्ध साधन स्रोतलाई प्रयोग गरी अस्थायी आश्रयस्थबाट काम गरिरहेको छ । भौतिक संरचनाको अभावमा कतिपय अनुसन्धान प्रभावित भएको र अभिलेखमा...

  • २०७६ बैशाख ११, बुधबार

    गुफाभित्र कार्यपालिकाको बैठक

    तनहुँ बन्दीपुर गाउँपालिकाले दक्षिण एशियाकै ठूलो दाबी गरिएको सिद्धगुफाभित्र कार्यपालिकाको बैठक सम्पन्न गरेको छ ।  बन्दीपुर गाउँपालिका–५ विमलनगरस्थित सिद्धगुफाको प्रचारप्रसार गरी पर्यटक आकर्षित गर्ने उद्देश्यसहित गाउँपालिकाको ४१ औँ कार्यपालिकाको बैठक मङ्गलबार सो गुफाभित्र सम्पन्न गरेको हो ।  पर्यटकीय तथा धार्मिकस्थलको प्रचारप्रसारका लागि गाउँपालिकाले प्रत्येक वडामा पुगेर कार्यपालिकाको बैठक गर्ने...

  • २०७६ बैशाख ११, बुधबार

    पत्रकार  महतोद्वारा ५१ हजारको छात्रवृत्ति कोष स्थापना

    महोत्तरी बर्दिवास घर भएका पत्रकार राजकरण महतोले ५१ हजार बराबरको छात्रवृत्ति कोषको स्थापना गर्नुभएको छ ।  नारी शिक्षालाई उत्प्रेरित गर्न पत्रकार महतो आफैँले पत्रकारिताबाट कमाएर जोगाएको रु ५१ हजार बराबरको छात्रवृत्ति कोषको स्थापना गर्नुभएको हो । आर्थिक अवस्था कमजोर भएकै कारण आफ्ना दिदिबहिनी स्कुलसम्म पुगेर पनि शिक्षा लिनबाट वञ्चित भएको भन्दै आफूले आफ्ना समुदायका दिदीबहिनीहरु शिक्षा लिनबाट वञ्चित...

  • २०७६ बैशाख ११, बुधबार

    मार्सी धान जोगाउन डिपिआर तयार

    विश्वमै सबैभन्दा अग्लो स्थानमा फल्ने मार्सी धान जोगाउनका लागि डिपिआर तयार गर्न थालिइएको छ ।  जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर क्षेत्रमा फल्ने मार्सी धान जोगाउनका लागि सो गाउँपालिकाले अहिले डिपिआर तयार गर्न थालेको हो ।  गुरुयोजना निर्माणका लागि डिपिआरको काम अगाडि बढाइएको गाउँपालिकाका प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो । यसले कालीमार्सीको गुणस्तर, उत्पादन परिणाम तथा...

  • २०७६ बैशाख ११, बुधबार

    प्रदेशसभा बैठक आह्वान

    प्रदेश नं ३ प्रमुख अनुराधा कोइरालाले प्रदेशसभाको चौथो अधिवेशन बैठक यही वैशाख ३० गते सोमबार दिनको १ बजे बस्ने गरी आह्वान गर्नुभएको छ ।  नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिमको अधिकार प्रयोग गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले सिफारिस गरी पठाएअनुसार उहाँले सो आह्वान गर्नुभएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । प्रदेशसभाको तेस्रो बैठक गत १० गते राति १२ बजे अन्त्य गरिएको थियो । ...

Pages