STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ बैशाख ११, बुधबार

    कुस्तीका राष्ट्रिय खेलाडी विष्ट गम्भीर बिरामी

    नेपालगञ्जमा जारी आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागी एक खेलाडीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । कुस्ती खेलको निर्णायकको भूमिका निर्वाह गरिरहनुभएका सुर्खेत वीरेन्द्रनगर–९ लाटीकोइलीका २४ वर्षीय निर्मल विष्टलाई उपचारका लागि काठमाडौँ लगिएको छ । विष्ट कुस्तीका राष्ट्रिय खेलाडी हुनुहुन्छ । राष्ट्रिय खेलकूद परिषद् ९राखेप० को सहजीकरणमा विष्टको काठमाडौँ बल्खुस्थित वयोधा अस्पतालमा उपचार...

  • २०७६ बैशाख ११, बुधबार

    सुरक्षा निकायतर्फ ३८ प्रतिशत पुनःनिर्माण

    मुलुकको अपराध नियन्त्रण गरी शान्ति, सुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारी बोकेको सुरक्षा निकायतर्फ भूकम्पबाट क्षति पुगेको आधाभन्दा बढी भवन चार वर्ष पुग्दा पनि पुनःनिर्माण हुन सकेको छैन ।  भूकम्पले च्यापेको घाउलाई एकातर्फ पन्छाएर अहिले पनि सकस झेल्दै सुरक्षा निकायले उपलब्ध साधन स्रोतलाई प्रयोग गरी अस्थायी आश्रयस्थबाट काम गरिरहेको छ । भौतिक संरचनाको अभावमा कतिपय अनुसन्धान प्रभावित भएको र अभिलेखमा...

  • २०७६ बैशाख ११, बुधबार

    गुफाभित्र कार्यपालिकाको बैठक

    तनहुँ बन्दीपुर गाउँपालिकाले दक्षिण एशियाकै ठूलो दाबी गरिएको सिद्धगुफाभित्र कार्यपालिकाको बैठक सम्पन्न गरेको छ ।  बन्दीपुर गाउँपालिका–५ विमलनगरस्थित सिद्धगुफाको प्रचारप्रसार गरी पर्यटक आकर्षित गर्ने उद्देश्यसहित गाउँपालिकाको ४१ औँ कार्यपालिकाको बैठक मङ्गलबार सो गुफाभित्र सम्पन्न गरेको हो ।  पर्यटकीय तथा धार्मिकस्थलको प्रचारप्रसारका लागि गाउँपालिकाले प्रत्येक वडामा पुगेर कार्यपालिकाको बैठक गर्ने...

  • २०७६ बैशाख ११, बुधबार

    पत्रकार  महतोद्वारा ५१ हजारको छात्रवृत्ति कोष स्थापना

    महोत्तरी बर्दिवास घर भएका पत्रकार राजकरण महतोले ५१ हजार बराबरको छात्रवृत्ति कोषको स्थापना गर्नुभएको छ ।  नारी शिक्षालाई उत्प्रेरित गर्न पत्रकार महतो आफैँले पत्रकारिताबाट कमाएर जोगाएको रु ५१ हजार बराबरको छात्रवृत्ति कोषको स्थापना गर्नुभएको हो । आर्थिक अवस्था कमजोर भएकै कारण आफ्ना दिदिबहिनी स्कुलसम्म पुगेर पनि शिक्षा लिनबाट वञ्चित भएको भन्दै आफूले आफ्ना समुदायका दिदीबहिनीहरु शिक्षा लिनबाट वञ्चित...

  • २०७६ बैशाख ११, बुधबार

    मार्सी धान जोगाउन डिपिआर तयार

    विश्वमै सबैभन्दा अग्लो स्थानमा फल्ने मार्सी धान जोगाउनका लागि डिपिआर तयार गर्न थालिइएको छ ।  जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर क्षेत्रमा फल्ने मार्सी धान जोगाउनका लागि सो गाउँपालिकाले अहिले डिपिआर तयार गर्न थालेको हो ।  गुरुयोजना निर्माणका लागि डिपिआरको काम अगाडि बढाइएको गाउँपालिकाका प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो । यसले कालीमार्सीको गुणस्तर, उत्पादन परिणाम तथा...

  • २०७६ बैशाख ११, बुधबार

    प्रदेशसभा बैठक आह्वान

    प्रदेश नं ३ प्रमुख अनुराधा कोइरालाले प्रदेशसभाको चौथो अधिवेशन बैठक यही वैशाख ३० गते सोमबार दिनको १ बजे बस्ने गरी आह्वान गर्नुभएको छ ।  नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिमको अधिकार प्रयोग गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले सिफारिस गरी पठाएअनुसार उहाँले सो आह्वान गर्नुभएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । प्रदेशसभाको तेस्रो बैठक गत १० गते राति १२ बजे अन्त्य गरिएको थियो । ...

  • २०७६ बैशाख ११, बुधबार

    बीमाले उत्साह

    कालीमार्सी जोगाउन अहिले किसानले बीमासमेत गर्न थालेका छन् । मार्सी चामलको माग बढिरहेकाले यसको सुरक्षा गर्न बीमा पनि आवश्यक छ, स्थानीय किसान बताउँछन् । मार्सी चामलको माग बढ्दै गए पनि खेतीमा बढी दुःख गर्नुपर्ने भएकाले किसानको रुचि घट्दै गएको थियो । मार्सी हुने खेतमा समेत उन्नत धानको खेती श्ुरु भएको थियो । मार्सी धाननै लोप हुने जोखिम बढ्दै गएपछि बीमा सुविधा पनि दिइएको शिखर इन्स्योरेन्स कम्पनीले...

  • २०७६ बैशाख ११, बुधबार

    खुला दूध बिक्रीमा रोक

    मकवानपुर जिल्लामा खुलारुपमा बिक्री हुने अप्रशोधित दुग्ध बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले दुग्ध तथा दूधजन्य पदार्थको गुणस्तर निर्देशिका २०७५ लागू गर्नका लागि सो प्रतिबन्ध लगाएको हो ।  जिल्ला प्रशासन कार्यालयद्वारा दूध वितरण गर्ने सरोकारवालासँग बसेको बैठकले यही शुक्रबार १३ गतेदेखि खुला बिक्री हुने दुग्धमा रोक लगाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयका...

  • २०७६ बैशाख १०, मंगलबार

    चौध थान हतियार बुझाइए

    कास्की जिल्ला प्रहरी कार्यालयमा १४ थान हतियार बुझाइएको छ । गृहमन्त्रालयबाट इजाजत नलिएका, नवीकरण नगरिएका र हकवालाबाट नामसारी नगरिएका त्यस्ता हतियार बुझाउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेपछि सम्बन्धित व्यक्तिले सो सङ्ख्याका हतियार बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्रमान गुरुङले बताउनुभयो । हकवालाले बुझाएका हतियारमा अधिकांश भरुवा बन्दुक रहेका छन् । तीमध्ये चारवटा इजाजत नभएका र...

  • २०७६ बैशाख १०, मंगलबार

    तीन करोड दान

    जिल्लाका पाँच र ललितपुरको एउटा रोटरी क्लबले यहाँ निर्माण गर्न लागेको स्पाइनल इञ्जुरी हस्पिटल तथा पुनःस्थापना केन्द्रका लागि स्थानीय उदयकुमार पियाले रु तीन करोड प्रदान गर्ने हुनुभएको छ । सोमबार साँझ यहाँ आयोजित एक कार्यक्रममा उहाँले रोटरी क्लबका तर्फबाट चितवन रोटरी क्लबका अध्यक्ष कपिलबाबु खनाललाई रु ५० लाखको चेक हस्तान्तरण गर्नुभएको छ । सोही समारोहमा केन्द्र स्थापनाका लागि विभिन्न चरणमा रु तीन...

  • २०७६ बैशाख १०, मंगलबार

    वन विज्ञान पढ्न २२ जिल्लाबाट विद्यार्थी

    तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारमा गत मङ्सिर २ गतेदेखि सञ्चालनमा आएको कालीगण्डकी प्राविधिक शिक्षालयमा वन विज्ञान पढ्न विभिन्न २२ जिल्लाबाट विद्यार्थी आएका छन् ।  शिक्षालयका प्रमुख गोविन्द पौडेलका अनुसार तनहुँ, लमजुङ, स्याङ्जा, कालीकोट, बझाङ, अछाम, कैलाली, दैलेख, जुम्ला, रुकुम, दार्चुला, बाजुरा, महोत्तरी, जाजरकोट, सल्यान, हुम्ला लगायतका जिल्लाबाट विद्यार्थी अध्ययनका लागि आएका छन् । चालीस जनाको...

  • २०७६ बैशाख १०, मंगलबार

    काठमाडौँमा पाँच हजार साना उद्योग दर्ता

    देशको आर्थिक समृद्धिको मेरुदण्डको रूपमा रहेको साना तथा घरेलु उद्योग दर्ताको क्रम बढ्दो छ । सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई अगाडि बढाएसँगै काठमाडौँ जिल्लामा पनि साना तथा घरेलु उद्योग दर्ता गर्ने क्रम बढेको हो । घरेलु तथा साना उद्योग कार्यालय काठमाडौँका अनुसार चालू आर्थिक वर्षमा मात्र चार हजार ७०७ नयाँ उद्योग दर्ताका लागि आवेदन परेको छ । कार्यालयका सूचना अधिकारी सुनिता तुम्बाहाम्फे...

Pages