STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बीमाले उत्साह

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ११, बुधबार

कालीमार्सी जोगाउन अहिले किसानले बीमासमेत गर्न थालेका छन् । मार्सी चामलको माग बढिरहेकाले यसको सुरक्षा गर्न बीमा पनि आवश्यक छ, स्थानीय किसान बताउँछन् । मार्सी चामलको माग बढ्दै गए पनि खेतीमा बढी दुःख गर्नुपर्ने भएकाले किसानको रुचि घट्दै गएको थियो । मार्सी हुने खेतमा समेत उन्नत धानको खेती श्ुरु भएको थियो । मार्सी धाननै लोप हुने जोखिम बढ्दै गएपछि बीमा सुविधा पनि दिइएको शिखर इन्स्योरेन्स कम्पनीले जनाएको छ । बीमा कार्यक्रमपछि किसानले यसकोे खेती गर्न उत्साहित भएका छन् । अहिले जुम्लाका अधिकांश किसानले मार्सी धानको ब्याड राखिसकेका छन् । जिल्लामा धानखेतीका लागि बीमा अभियान श्ुरु गरिएको यो पहिलोपटक हो । जिल्लाका सातवटै गाउँपालिका र नगरपालिकामा मार्सी धानखेती हुने गरेको छ । किसानकै आग्रहमा मार्सी धानको बीमा गरिएको शिखर इन्स्योरेन्सका ऋषिराम पाण्डेले बताउनुभयो । कृषि ज्ञान केन्द्रका प्रमुख डा तपेन्द्र शाहले किसानलाई मार्सीको बीमा गर्दा राम्रो हुने बताउनुभयो । उहाँका अनुसार रोग, असिना, खडेरी, धान झर्नेजस्ता समस्याले घाटा बेहोर्नुपर्ने चिन्ता नभएपछि किसानले ढुक्क भएर मार्सी उत्पादनमा जोड दिनसक्ने उहाँको भनाइ छ ।     
Categorized in राष्ट्रिय