STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपराष्ट्रपतिलाई राष्ट्रपतिको कार्यभार

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ११, बुधबार

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्न अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन गरिने गरी तोक्नुभएको छ ।
राष्ट्रपति भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा आज राजकीय भ्रमणको सिलसिलामा चीनको सियान हुँदै बेइजिङतर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपतिको अनुपस्थितिमा उहाँबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा ९२० बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोकिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । 
Categorized in राष्ट्रिय