relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ बैशाख १०, मंगलबार

    छाडा चौपायाले किसानलाई सास्ती

    जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीयवासी छाडा चौपायाका कारण सास्ती भोग्दै आएका छन् ।  पाकेर काट्नै लागेको गहुँ बाली तथा तरकारी खेती गाई, गोरुले खाएर बाँझो खेतजस्तै बनाइदिने गरेका कारण उनीहरु सास्ती भोग्दै आएका हुन् । “अब त छाडा चौपायाले धेरै दुःख दिन थाले, यिनलाई दिपायलबाट अर्कै ठाउँमा धपाउनु प¥यो”, स्थानीयवासी भन्छन् ।  पछिल्लो समय छाडा चौपायाका कारण सार्वजनिक यातायात सञ्चालनमा...

  • २०७६ बैशाख १०, मंगलबार

    ह्विल चियर एशिया कप क्रिकेट वैशाख १८ देखि

    ह्विल चियर क्रिकेटको एशिया कप यही वैशाख १८ देखि २१ गतेसम्म नेपालमा आयोजना हुने भएको छ । पहिलो पटक हुन लागेका प्रतियोगिता वैशाख १८ देखि २१ गतेसम्म गर्ने तय भएको ह्विल चियर क्रिकेट सङ्घका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले राससलाई जानकारी दिनुभयो । टि–२० फरम्याटमा हुने प्रतियोगितामा आयोजक नेपालसहित, भारत, बङ्गलादेश र पाकिस्तान सहभागी हुने उहाँले जानकारी दिनुभयो ।     प्रतियोगिताका सबै खेल...

  • २०७६ बैशाख १०, मंगलबार

    ‘परिवर्तनको शुरुवात आफैँबाट गर्नुपर्ने’

    प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पोखरेलले परिवर्तनको शुरुआत आफैँबाट गर्नुपर्ने बताउनुभएको छ । प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रले आज खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा आयोजना गरेको ‘राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन–२०७६’ को उद्घाटन गर्दै उहाँले विज्ञान र प्रविधिको विकासका लागि परम्परागत सोच तोडेर...

  • २०७६ बैशाख १०, मंगलबार

    नमूना शहर बनाउन डिपिआर शुरु

    दाङको गढवा गाउँपालिकालाई नमूना शहरको रूपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन डिपिआर निर्माणको काम शुरु भएको छ । शहरी विकास मन्त्रालयले नेपालका १६ जिल्लामध्ये दाङको गढवा गाउँपालिकालाई नयाँ शहर बनाउन डिपिआर शुरु गरेको छ । अहिले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गुरुयोजना निर्माणको चरणमा रहेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले नमूना बस्ती विकास, हरियाली...

  • २०७६ बैशाख १०, मंगलबार

    जलबीरे झरनामा पर्यटक बढे

    चितवनको इच्छाकामना गाउँपालिका – ६ स्थित जलबीरेको लामो झरना हर्न पर्यटकको वृद्धि भएको छ । गर्मी याम शुरु भएसँगै झरनामा पर्यटकको आवागमन बढेकोे हो । झरनामा दैनिक १०० जनाको हाराहारीमा पर्यटक आउने गरेको जलबीरे लामो झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङले जानकारी दिनुभयो । शनिबार र अन्य बिदाका समयमा पर्यटकको अत्याधिक चाप हुने उहाँको भनाइ थियो । नयाँ वर्षका दिन वैशाख १ गते मात्र ५४३ पर्यटक...

  • २०७६ बैशाख १०, मंगलबार

    रासस समाचार प्रभाव चिकित्सक आवास निर्माण हुने

    धवलागिरि अञ्चल अस्पतालमा सेवारत चिकित्सकहरु आवास अभावका कारण होटलमा बस्नुपर्ने बाध्यता उल्लेख गर्दै राष्ट्रिय समाचार समितिमा गत चैत ६ गते प्रकाशित ‘होटलमा बस्छन् अस्पतालका डाक्टर’ भन्ने शीर्षकमा समाचार प्रकाशित भएलगत्तै गण्डकी प्रदेश सरकारले चिकित्सक आवास निर्माणमा गरिदिने भएको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले चिकित्सक होटलमा बसेर सेवा प्रदान गरेको समाचारप्रति गम्भीर...

  • २०७६ बैशाख १०, मंगलबार

    कर्मचारी अभावले पूर्वाधार कार्यालय रित्तै

    कर्णाली सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले कर्मचारी अभावकै कारण बजेट खर्च हुन सकेको छैन । सबैभन्दा कम बजेट खर्च गरेर आलोचना खेपिरहेको मन्त्रालयले बजेट खर्च नहुनुमा प्राविधिकस्तरका कर्मचारीको अभावलाई मुख्य कारण देखाएको हो । चालू आवको नौ महीनाको अवधिमा यस मन्त्रालयले ५।३५ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश सरकारले सडक, सिँचाइ, पुल, खानेपानीका पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट...

  • २०७६ बैशाख १०, मंगलबार

    नेपालीस्याट–१ ः डेढ महिनापछि पृथ्वीको परिक्रमा गर्ने

    नेपालले पहिलो पटक प्रक्षेपण गरेको नेपालीस्याट–१  भूउपग्रहले अब डेढ महीनापछि स्वतन्त्र रुपले अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा गर्ने भएको छ ।  यही वैशाख ४ गते प्रक्षेपित उक्त भूउपग्रह वैशाख ६ गते अपराह्न ३ः३० बजे ९प्रक्षेपण भएको ३६ घण्टा चालीस मिनेटपछि पृथ्वीलाई परिक्रमा गर्ने तल्लो कक्षस्थित अन्तरराष्ट्रिय केन्द्र सिग्नसमा पुगी पृथ्वीको परिक्रमा गर्न तत्पर रहेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

  • २०७६ बैशाख १०, मंगलबार

    संसदीय टोलीद्वारा गुठी समस्याको अध्ययन

    गण्डकी प्रदेशको अर्थ विकास समितिको टोलीले म्याग्दीको पिप्ले, भगवती र दोवाको गुठी जग्गाको समस्याको बारेमा स्थलगत अध्ययन गरेको छ । समितिका सभापति दीपक कोइराला नेतृत्वको टोलीले सोमबार गुठीसम्बन्धी समस्या भएको दोवा, भगवती र पिप्लेका बासिन्दा र सरोकारवालासँग भगवतीमा अन्तरक्रिया गरी समस्याको बारेमा जानकारी लिएको हो । विसं १८६३ मा मुक्तिनाथ भ्रमणमा जाने क्रममा तत्कालीन बडामहारानी सुवर्णप्रभादेवी शाहले...

  • २०७६ बैशाख १०, मंगलबार

    समृद्धिका लागि साहस र धैर्यता चाहिन्छः प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन साहस र धैर्यताको खाँचो रहेको बताउनुभएको छ । प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ औँ वर्षको अवसरमा आयोजित पासाङ प्रतिष्ठा दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले साहसी आरोही पासाङको प्रेरणा र आत्मविश्वासबाट अघि बढ्नसके देशलाई समुन्नत र प्रतिष्ठित बनाउन सकिने बताउनुभयो ।    “हामी आज राष्ट्र निर्माणको एउटा...

  • २०७६ बैशाख १०, मंगलबार

    अझै सुध्रेन सीमान्तकृत चिडिमारको अवस्था

    मुलुकमा अनेक राजनीतिक प्रणाली फेरिए पनि नेपालगञ्जमा बसोवास गर्दै आएका सीमान्तकृत चिडिमार चरा मार्ने समुदायको जीवनमा खासै सुधार आउन सकेको छैन । नेपालगञ्ज उपमहानगरपालिका–१२ मा वसोवास गर्ने यस समुदाय अहिले पनि परम्परागत ढङ्गबाटै जीवनयापन गर्दछन् । चरा मार्ने जाति भनेर चिनिने यो जाति सीमान्तकृत समुदायमा पर्छ । नेपालगञ्जको वडा नं १२ चिडिमार समुदायको पुरानो थातथलो हो । करीब १५ सयको सङ्ख्यामा यो समुदाय...

  • २०७६ बैशाख १०, मंगलबार

    प्रमुखको अध्यक्षतामा आगामी एक हप्तामा विपत् व्यवस्थापन समिति

    काठमाडौँ महानगरपालिका कामपा ले जारी गरेको विपत् व्यवस्थापन ऐन कार्यान्वयनका लागि एक हप्ताभित्र कामपाका प्रमुखको अध्यक्षतामा समिति तयार हुने भएको छ । कामपाको गत चैत २४ गते बसेको चौथो नगरसभाले उक्त ऐन पारित गरेको थियो । अबको एक हप्ताभित्र कामपा प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा उक्त समिति गठन गरिने प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो । समिति ११ सदस्यीय रहने छ । समितिमा कामपाका उपप्रमुख...

Pages