राष्ट्रिय
-
२०७६ बैशाख १०, मंगलबार
पाँच वर्षदेखि अलपत्र विष्णुमती कोरिडोर
भूकम्पअघि नै कालोपत्र गर्ने गरी ठेक्का गरिएको विष्णुमती कोरिडोरको करीब छ किमी सडकको काम अहिलेसम्म नसकिँदा बालाजु–टेकु बाटो अवरुद्ध भएको छ । डल्लु पुलबाट टेकुपुलसम्मको यो सडक बन्द हुँदा बालाजुबाट कालीमाटी निस्कने यात्रु चक्रपथ घुमेर जान बाध्य छन् । अरु साना सडक पनि बेलाबखत अबरूद्ध हुने भएकाले यात्रु मारमा पर्ने गरेको काठमाडौँ महानगरपालिका–१९ का अध्यक्ष शशीलाल श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।...
-
२०७६ बैशाख १०, मंगलबार
रिप, रिङको अभावमा सुरुङको काम रोकियो
जाजरकोट नलगाड नगरपालिका–७ दल्लीमा निर्माण हुन थालेको नलगाड जलविद्युत् कम्पनीको सुरुङमार्गको काम रोकिएको छ । तीन सय ४५ मिटर लामो भूमिगत सुरुङ निर्माण गरी माटोको अवस्था पत्ता लगाउन विगत ३५ महीनादेखि काम शुरु भएकामा अहिले रिप, रिङ सुरुङभित्र माटो, ढुङ्गा अड्याउने साधन नहुँदा काम रोकिएको छ । एकतीस महीनाभित्र डिपिआर विस्तृत योजना प्रतिवेदन तयार पारेर कम्पनीलाई दिनुपर्ने हो तर निर्धारित अवधिमा छ महीना...
-
२०७६ बैशाख १०, मंगलबार
असहाय वृद्ध दम्पतीलाई घर उपहार
दाङको घोराही उपमहानगरपालिका–१२ सिस्नेरीमा बस्दै आएका असहाय वृद्ध दम्पतीका लागि घर निर्माण गरिदिइएकोे छ । सन्तान र आफन्त कोही नभएका असहाय वृद्ध दम्पतीलाई विभिन्न व्यक्तिको सहयोगमा घर निर्माण गरिइएको हो । घोराही बजारदेखि करीब १५ किलोमिटर उत्तर पश्चिममा पर्ने विकट क्षेत्र सिस्नेरीस्थित जीर्ण घरमा वस्दै आएका ६० वर्षीय तीर्थराम महरा र ५८ वर्षीया रमा महराको सुरक्षित आवास निर्माणका लागि ए–वान...
-
२०७६ बैशाख १०, मंगलबार
ठेकेदारले काम नगर्दा मध्य भोटेकोशी समस्यामा
आगामी असारदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण व्यवसायीको लापरवाहीका कारण समस्यामा परेको छ । निर्माण व्यवसायीले समयमा काम नगर्दा आयोजनाको भौतिक प्रगति मात्रै ४२ प्रतिशत हुन पुगेको छ । निर्माण सम्पन्न हुने बेलामा भौतिक प्रगति ५० प्रतिशतभन्दा कम हुनु दुर्भाग्यपूर्ण रहेको प्रवद्र्धक संस्थाको भनाइ छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी मध्य...
-
२०७६ बैशाख १०, मंगलबार
शववाहन हस्तान्तरण
विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा गठित क्यान्सर सेवा समाजलाई चितवन इँटा उद्योग व्यवसायी सङ्घले शववाहन हस्तान्तरण गरेको छ । सङ्घका अध्यक्ष नारायणप्रसाद सापकोटाले सोमबार एक समारोहका बीच शववाहनको साँचो अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आचार्यलाई हस्तान्तरण गर्नुभएको हो । सोही अवसरमा आचार्यले क्यान्सर सेवा समाजका अध्यक्ष चिजकुमार मास्केलाई साँचो हस्तान्तरण गर्नुभएको थियो । अस्पतालको...
-
२०७६ बैशाख १०, मंगलबार
एक वर्षदेखि ट्रमा सेन्टर अलपत्र
एक वर्षअघि निर्माण भएको ट्रमा सेन्टर आवश्यक उपकरण र बजेटको अभावमा अझै सञ्चालनमा आउन सकेको छैन । अमेरीकी राजदूतावासले सशस्त्र प्रहरी बलको विपत् व्यवस्थापन तालीम शिक्षालय कुरिनटारमा उक्त ट्रमा सेन्टर निर्माण गरी हस्तान्तरण गरेको थियो । पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा हुने दुर्घटनाका घाइतेलाई लक्ष गरी निर्माण गरिएको उक्त सेन्टर २५ श्ययाको छ । शिक्षालयका समादेशक सशस्त्र प्रहरीका वरिष्ठ...
-
२०७६ बैशाख १०, मंगलबार
ठेकेदारले काम नगर्दा मध्य भोटेकोशी समस्यामा
आगामी असारदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण व्यवसायीको लापरवाहीका कारण समस्यामा परेको छ । निर्माण व्यवसायीले समयमा काम नगर्दा आयोजनाको भौतिक प्रगति मात्रै ४२ प्रतिशत हुन पुगेको छ । निर्माण सम्पन्न हुने बेलामा भौतिक प्रगति ५० प्रतिशतभन्दा कम हुनु दुर्भाग्यपूर्ण रहेको प्रवद्र्धक संस्थाको भनाइ छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी मध्य...
-
२०७६ बैशाख १०, मंगलबार
तीन करोड दान
जिल्लाका पाँच र ललितपुरको एउटा रोटरी क्लबले यहाँ निर्माण गर्न लागेको स्पाइनल इञ्जुरी हस्पिटल तथा पुनःस्थापना केन्द्रका लागि स्थानीय उदयकुमार पियाले रु तीन करोड प्रदान गर्ने हुनुभएको छ । सोमबार साँझ यहाँ आयोजित एक कार्यक्रममा उहाँले रोटरी क्लबका तर्फबाट चितवन रोटरी क्लबका अध्यक्ष कपिलबाबु खनाललाई रु ५० लाखको चेक हस्तान्तरण गर्नुभएको छ । सोही समारोहमा केन्द्र स्थापनाका लागि विभिन्न चरणमा रु तीन...
-
२०७६ बैशाख १०, मंगलबार
चौध थान हतियार बुझाइए
कास्की जिल्ला प्रहरी कार्यालयमा १४ थान हतियार बुझाइएको छ । गृहमन्त्रालयबाट इजाजत नलिएका, नवीकरण नगरिएका र हकवालाबाट नामसारी नगरिएका त्यस्ता हतियार बुझाउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेपछि सम्बन्धित व्यक्तिले सो सङ्ख्याका हतियार बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्रमान गुरुङले बताउनुभयो । हकवालाले बुझाएका हतियारमा अधिकांश भरुवा बन्दुक रहेका छन् । तीमध्ये चारवटा इजाजत नभएका र...
-
२०७६ बैशाख १०, मंगलबार
काठमाडौँमा पाँच हजार साना उद्योग दर्ता
देशको आर्थिक समृद्धिको मेरुदण्डको रूपमा रहेको साना तथा घरेलु उद्योग दर्ताको क्रम बढ्दो छ । सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई अगाडि बढाएसँगै काठमाडौँ जिल्लामा पनि साना तथा घरेलु उद्योग दर्ता गर्ने क्रम बढेको हो । घरेलु तथा साना उद्योग कार्यालय काठमाडौँका अनुसार चालू आर्थिक वर्षमा मात्र चार हजार ७०७ नयाँ उद्योग दर्ताका लागि आवेदन परेको छ । कार्यालयका सूचना अधिकारी सुनिता तुम्बाहाम्फे...
-
२०७६ बैशाख १०, मंगलबार
वन विज्ञान पढ्न २२ जिल्लाबाट विद्यार्थी
तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारमा गत मङ्सिर २ गतेदेखि सञ्चालनमा आएको कालीगण्डकी प्राविधिक शिक्षालयमा वन विज्ञान पढ्न विभिन्न २२ जिल्लाबाट विद्यार्थी आएका छन् । शिक्षालयका प्रमुख गोविन्द पौडेलका अनुसार तनहुँ, लमजुङ, स्याङ्जा, कालीकोट, बझाङ, अछाम, कैलाली, दैलेख, जुम्ला, रुकुम, दार्चुला, बाजुरा, महोत्तरी, जाजरकोट, सल्यान, हुम्ला लगायतका जिल्लाबाट विद्यार्थी अध्ययनका लागि आएका छन् । चालीस जनाको...
-
२०७६ बैशाख १०, मंगलबार
धार्मिक क्षेत्र कोप्चेघाट जाने सडकमा सिँढी निर्माण
भक्तजनलाई मध्यनजर गर्दै पाल्पा, रामपुर नगरपालिका–६ स्थित कालीगण्डकीको कोप्चेघाटसम्म जाने सिँढी निर्माण गरिएको छ । खानेपानी धारो हँुदै कोप्चेघाटसम्म २३० मिटरको लम्बाइ रहेको सो क्षेत्रमा सिँढी निर्माणकार्य भएको छ । नगरपालिकाको रु तीन लाखको बजेटमा सिँढी निर्माण गर्ने काम भएको उपभोक्ता समितिका अध्यक्ष शङ्कर पोखरेलले बताउनुभयो । “श्रद्धालु भक्तजनलाई नदी स्नान गर्न आवतजावतमा सहजता दिलाउन सिँढी निर्माण...


