राष्ट्रिय
-
२०७६ बैशाख १०, मंगलबार
शीतभण्डार स्थापना
समग्र कृषि क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ नर्सहीमा शीतभण्डार स्थापना गर्ने कामको शुरुआत भएको छ । स्थानीय तहको २५ प्रतिशत रु एक करोड २५ लाख र बाँकी ७५ प्रतिशत रकम प्रदेश सरकारको लगानीमा शीतभण्डार स्थापनाका लागि काम अघि बढाइएको हो । पाँच सय मेट्रिकटन क्षमताको बन्ने शीतभण्डार निमार्णका लागि कूल एक बिघा १७ कठ्ठा क्षेत्रफल जग्गा गाउँपालिकाले व्यवस्थापना...
-
२०७६ बैशाख १०, मंगलबार
आलेख ः अपहेलित छ लमजुङ दरबार
सोह्रौं शताब्दीमा निर्माण भएको भनेर दाबी गरिँदै आइएको लमजुङ दरबार नेपालकै पुरानो दरबार हो । बाइसे चौबीसे राज्य अस्तित्वमा रहेका बेला गोरखा दरबार, पाल्पा दरबार, नुवाकोट दरबार, भक्तपुर दरबार जस्तै यो दरबार बनेको थियो । शासक र राज्य व्यवस्था फेरिएसँगै पुराना दरबारहरुको महत्व घट्दै गयो । मुलुककै पुरानो मानिएको बेंसीशहर नगरपालिका–३ गाउँशहरमा रहेको लमजुङ दरबार पनि उपेक्षित रह्यो र अहिले यो जीर्ण...
-
२०७६ बैशाख १०, मंगलबार
पाँच वर्षदेखि अलपत्र विष्णुमती कोरिडोर
भूकम्पअघि नै कालोपत्र गर्ने गरी ठेक्का गरिएको विष्णुमती कोरिडोरको करीब छ किमी सडकको काम अहिलेसम्म नसकिँदा बालाजु–टेकु बाटो अवरुद्ध भएको छ । डल्लु पुलबाट टेकुपुलसम्मको यो सडक बन्द हुँदा बालाजुबाट कालीमाटी निस्कने यात्रु चक्रपथ घुमेर जान बाध्य छन् । अरु साना सडक पनि बेलाबखत अबरूद्ध हुने भएकाले यात्रु मारमा पर्ने गरेको काठमाडौँ महानगरपालिका–१९ का अध्यक्ष शशीलाल श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।...
-
२०७६ बैशाख १०, मंगलबार
विद्युत् सेवा नियमित गर्न माग
दिनहुँ पटकपटक विद्युत् सेवा अवरुद्ध हुँदै जान थालेपछि गुल्मीमा अघोषित लोडसेडिङ हटाउनुपर्ने माग राख्दै स्थानीय उपभोक्ताले नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुखलाई तीनदिने ‘अल्टिमेटम’ दिएका छन् । नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रको पटकपटकको लापरवाहीका कारण आम गुल्मेली जनता विद्युत् उपभोगबाट वञ्चित बनेको र लोडसेडिङको मार खेप्नुपरेको भन्दै गुल्मी उद्योग वाणिज्य सङ्घ र...
-
२०७६ बैशाख १०, मंगलबार
असहाय वृद्ध दम्पतीलाई घर उपहार
दाङको घोराही उपमहानगरपालिका–१२ सिस्नेरीमा बस्दै आएका असहाय वृद्ध दम्पतीका लागि घर निर्माण गरिदिइएकोे छ । सन्तान र आफन्त कोही नभएका असहाय वृद्ध दम्पतीलाई विभिन्न व्यक्तिको सहयोगमा घर निर्माण गरिइएको हो । घोराही बजारदेखि करीब १५ किलोमिटर उत्तर पश्चिममा पर्ने विकट क्षेत्र सिस्नेरीस्थित जीर्ण घरमा वस्दै आएका ६० वर्षीय तीर्थराम महरा र ५८ वर्षीया रमा महराको सुरक्षित आवास निर्माणका लागि ए–वान...
-
२०७६ बैशाख १०, मंगलबार
ठेकेदारले काम नगर्दा मध्य भोटेकोशी समस्यामा
आगामी असारदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण व्यवसायीको लापरवाहीका कारण समस्यामा परेको छ । निर्माण व्यवसायीले समयमा काम नगर्दा आयोजनाको भौतिक प्रगति मात्रै ४२ प्रतिशत हुन पुगेको छ । निर्माण सम्पन्न हुने बेलामा भौतिक प्रगति ५० प्रतिशतभन्दा कम हुनु दुर्भाग्यपूर्ण रहेको प्रवद्र्धक संस्थाको भनाइ छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी मध्य...
-
२०७६ बैशाख १०, मंगलबार
रिप, रिङको अभावमा सुरुङको काम रोकियो
जाजरकोट नलगाड नगरपालिका–७ दल्लीमा निर्माण हुन थालेको नलगाड जलविद्युत् कम्पनीको सुरुङमार्गको काम रोकिएको छ । तीन सय ४५ मिटर लामो भूमिगत सुरुङ निर्माण गरी माटोको अवस्था पत्ता लगाउन विगत ३५ महीनादेखि काम शुरु भएकामा अहिले रिप, रिङ सुरुङभित्र माटो, ढुङ्गा अड्याउने साधन नहुँदा काम रोकिएको छ । एकतीस महीनाभित्र डिपिआर विस्तृत योजना प्रतिवेदन तयार पारेर कम्पनीलाई दिनुपर्ने हो तर निर्धारित अवधिमा छ महीना...
-
२०७६ बैशाख ९, सोमबार
ट्रेड युनियन सभापतिमा विक
नेपाल ट्रेड युनियन काङ्ग्रेस तानसेनको नगर अधिवेशनले सभापतिमा भरत विकलाई चयन गरेको छ । सभापति विकसहित १२ सदस्यीय नगरस्तरीय कार्यसमिति चयन भएको हो । खुला उपसभापतिमा माधवप्रसाद भट्टराई, महिला उपसभापति बीना शर्मा, सचिव कमल खत्री, सहसचिवमा मञ्जुकुमारी घिमिरे, कोषाध्यक्षमा जानकी अधिकारी, सदस्यमा गिरिधारीप्रसाद पाण्डे, सुनिलबहादुर थापा, सुमित्रा केसी, राधिका थापा, मञ्जु पोखरेल, कृष्ण चालिसे चयन...
-
२०७६ बैशाख ९, सोमबार
भेरी बबई डाइभर्सन स् दुई प्रदेशबीच मतभेद शुरु– १
राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण सम्पन्न नहुँदै दुई प्रदेशबीच मतभेद शुरु हुन थालेको छ । आयोजनाबाट पाउने लाभका विषयमा कर्णाली र प्रदेश नं ५ बीच मतभेद देखिन थालेको हो । आयोजनाको बाँधस्थल र विद्युत्गृह दुवै सुर्खेतमा पर्दछन् । भेरीगङ्गा नगरपालिका–५ चिप्लेमा १४ मिटर अग्लो बाँध बनाई १२ किमी लामो सुरुङमार्फत भेरीगङ्गाकै वडा नं–११ हात्तीखोलस्थित बबईमा भेरीको पानी खसालिँदैछ...
-
२०७६ बैशाख ९, सोमबार
नगरप्रमुखद्वारा कुमालको अभिभावकत्व ग्रहण
तनहुँको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले अभिभावक विहीन एक बालिकालाई अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराउनुभएको छ । नगरप्रमुख न्यौपानेले व्यास नगरपालिका–७ कलेस्ती निवासी झरना कुमालको अभिभावक बन्दै सोही ठाउँको क्यामिन माध्यमिक विद्यालयमा भर्ना गराउनुभएको हो । कुमाल कक्षा २ बाट उत्तीर्ण भई ३ मा भर्ना भएकी छन् । विद्यालयमा आइतबार उपस्थित भई नगरप्रमुख न्यौपानेले कुमालको अभिभावकत्व...
-
२०७६ बैशाख ९, सोमबार
बहुप्राविधिक महाविद्यालय निर्माण हुँदै
सम्झौता भएको १० वर्षपछि नेपाल–भारतमैत्री बहुप्राविधिक महाविद्यालय स्थापनार्थ भवनलगायतका पूर्वाधार निर्माण प्रक्रिया अगाडि बढाइएको छ । विसं २०६६ मा हेटौँडामा बहुप्राविधिक महाविद्यालय स्थापना सम्झौता भए पनि भारतीय पक्षको ढिलासुस्तीले महाविद्यालय स्थापनाको कार्यमा ढिलाइ भएको थियो । दुई देशको सम्झौताअनुसार नेपाल पक्षले हेटौँडामा जग्गा उपलब्ध गराए पनि भारतीय पक्षले चासो नदिँदा उक्त महाविद्यालयको...
-
२०७६ बैशाख ९, सोमबार
श्रीलङ्का आक्रमणमा मृत्यु हुनेको संख्या २९० पुग्यो
श्रीलङ्काको राजधानी कोलम्बोका तीन वटा पाँचतारे होटल र दुई वटा गिर्जाघर चर्च मा आइतबार भएका शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या सोमबार मध्यान्हसम्म २९० जना पुगेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भारतीय, अमेरिकी, बेलायती, जापानी समेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलङ्काको विदेश मन्त्रालयले जनाएको छ । बिस्फोटबाट करिब ५०० व्यक्ति घाइते भएका छन् । प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा २४...


