STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ बैशाख ९, सोमबार

    नगरप्रमुखद्वारा कुमालको अभिभावकत्व ग्रहण

    तनहुँको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले अभिभावक विहीन एक बालिकालाई अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराउनुभएको छ ।  नगरप्रमुख न्यौपानेले व्यास नगरपालिका–७ कलेस्ती निवासी झरना कुमालको अभिभावक बन्दै सोही ठाउँको क्यामिन माध्यमिक विद्यालयमा भर्ना गराउनुभएको हो । कुमाल कक्षा २ बाट उत्तीर्ण भई ३ मा भर्ना भएकी छन् । विद्यालयमा आइतबार उपस्थित भई नगरप्रमुख न्यौपानेले कुमालको अभिभावकत्व...

  • २०७६ बैशाख ९, सोमबार

    बहुप्राविधिक महाविद्यालय निर्माण हुँदै

    सम्झौता भएको १० वर्षपछि नेपाल–भारतमैत्री बहुप्राविधिक महाविद्यालय स्थापनार्थ भवनलगायतका पूर्वाधार निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।  विसं २०६६ मा हेटौँडामा बहुप्राविधिक  महाविद्यालय स्थापना सम्झौता भए पनि भारतीय पक्षको ढिलासुस्तीले महाविद्यालय स्थापनाको कार्यमा ढिलाइ भएको थियो । दुई देशको सम्झौताअनुसार नेपाल पक्षले हेटौँडामा जग्गा उपलब्ध गराए पनि भारतीय पक्षले चासो नदिँदा उक्त महाविद्यालयको...

  • २०७६ बैशाख ८, आइतबार

    सहकारीलाई सूचनामैत्री बनाउनु आवश्यक ः सांसद बस्नेत

    प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सहकारीलाई सूचनामैत्री बनाएर लैजानुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ ।  दक्षिणकाली महिला तथा बचत ऋण सहकारी लि।ले आजोजना गरेको ‘सूचना प्रविधिमा महिलाको पहुँच’ विषयक दुईदिने तालीमको समापन अवसरमा उहाँले सूचना प्रविधिको प्रयोग नै आर्थिक विकास र समृद्धिको आधार भएको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का युवा नेता एवं पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद...

  • २०७६ बैशाख ८, आइतबार

    महायज्ञमा रु ३० लाख र सात क्वीन्टल धातु सङ्कलन

    चितवनको देवघाटमा अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माणका लागि काठमाडौँको पशुपतिमा जारी महायज्ञमा शनिबारसम्म रु ३० लाख नगद र करीब सात क्वीन्टल धातु सङ्कलन भएको छ । यही वैशाख १ गतेबाट शुरु भएको धार्मिक कार्यक्रममा ‘पशुपति महामहोत्सव तथा अष्टधातु सङ्कलन श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ’ आर्थिक तथा धातु सङ्कलनसहित तीन करोड बेलपत्र चढाउने र एक करोड बत्ती प्रज्वलन गर्ने कार्यक्रमसमेत छ । वैशाख...

  • २०७६ बैशाख ८, आइतबार

    प्राधिकरण र राष्ट्र बैंकबीच सम्झौता

    मोबाइल वित्तीय सेवाको विकास तथा नियमनका लागि आवश्यक सहकार्य तथा समन्वय गर्न नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल राष्ट्र बैंकबीच समझदारी भएको छ ।  राष्ट्र बैंकको भूमिकासहितको सो सम्झदारी पत्रमा बैंकको तर्फबाट गर्भनर डा चिरञ्जीवी नेपाल र प्राधिकरणको तर्फबाट कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनालले हस्ताक्षर गर्नुभएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिनुभयो ।    मोबाइल वित्तीय सेवाको विकास...

  • २०७६ बैशाख ८, आइतबार

    दृश्यावलोकन स्तम्भ निर्माणका लागि समय थप

    काठमाडौँ भ्यू टावर दृश्यावलोकन स्तम्भ निर्माणको काम अपेक्षा अनुरुप अघि बढ्न नसकेपछि काठमाडौँ महानगरपालिकाले एक वर्ष समय थप गरेको छ । निर्माण कम्पनीले अहिलेसम्म ५० प्रतिशत काम सकिसक्नुपर्ने भए पनि हालसम्म जमीनमुनिकै काम गरिरहेकाले ठेकेदारको माग अनुरुप समय थप गरिएको कामपाले जानकारी गराएको छ । निर्माणको कामअन्र्तगत अहिले जमीनमुनिको काम भइरहेको छ । जमीनमुनिको ८० प्रतिशत काम सकिएपनि अन्य काम शुरु नै...

  • २०७६ बैशाख ८, आइतबार

    कैदीको रगतले सुत्केरीको ज्यान बच्यो

    सल्यानमा कैदीले दान दिएको रगतबाट  एक सुत्केरीको ज्यान जोगाइएकोे छ । रोल्पा जिल्ला गङ्गादेव गाउँपालिका–७की २१ वर्षीया मनिषा केसी ओलीको यहाँस्थित जिल्ला अस्पतालमा उपचारको समयमा रगत अभाव भएपछि कैदी पूजा घर्तीले रक्तदान गर्नुभएको हो  । “अस्पतालमा रगत अभावका कारण सुत्केरीको उपचार हुन समस्या भएको समाचार सुनेपछि मैले रक्तदान गरेकी हूँ, ” पूजाले भन्नुभयो । गत शुक्रबारदेखि नै घरमै व्यथा लागेको मनिषालाई...

  • २०७६ बैशाख ८, आइतबार

    राष्ट्रपतिको समुपस्थितिमा पद तथा गोपनीयताको शपथ

    राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वोच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा शपथ लिनेमा नवनियुक्त न्यायाधीश प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा मनोजकुमार शर्मा हुनुहुन्छ ।  उहाँहरुमध्ये ढुङ्गाना र माथेमा उच्च...

  • २०७६ बैशाख ८, आइतबार

    वित्तीय विवरण सार्वजनिक गर्दै वाणिज्य बैंक

    वाणिज्य बैंकले धमाधम तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । शनिबार सिटिजन बैंकले तेस्रो त्रैमासको विवरण सार्वजनिक गरेको थियो । सो बैंकले चैतमसान्तस्म्म रु एक अर्ब छ करोड ९६ लाख एक हजार बराबरको खुद नाफा आर्जन गरेको छ । यस्तै आज माछापुच्छ्रे« बैंकले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको विवरणअनुसार नाफा बढेर रु एक अर्ब २४ करोड ८ लाख १८ हजार ३२९ पुगेको छ । गत...

  • २०७६ बैशाख ८, आइतबार

    खाद्य संस्थानको चामल कारागारमा बढी खपत

    गण्डकी प्रदेशका पहाडी जिल्लामा चामल आपूर्ति गर्दै आइरहेका नेपाल खाद्य संस्थाको पोखारा शाखामा हाल ५०० क्विन्टल चामल मौज्दात  छ ।  यहाँबाट पहाडी जिल्ला खासगरी मनाङ र मुस्ताङ जिल्लामा सर्वसाधारणका लागि र अन्य जिल्लाका कारागारमा चामल आपूर्ति हुँदै आएको छ । गण्डकी प्रदेशअन्तर्गत स्याङ्जा, पर्वत, कास्कीका कारागारका साथै पोखराको सराङकोटस्थित बाल सुधारगृहमा चामल बिक्री गर्दै आइरहेको सो शाखाका सूचना...

  • २०७६ बैशाख ८, आइतबार

    नेपाल एग्रो लघुवित्तको साधारण शेयर खुल्यो

    नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयरको बिक्री आजदेखि शुरु भएको छ । सो संस्थाले रु एक करोड ६१ लाख ७७ हजार ८०० बराबरको एक लाख ६१ हजार ७७८ कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो । कूल जारी पूँजीको ३२।५ प्रतिशत साधारण शेयर बिक्री गर्न लागिएको बताइएको छ । साधारण शेयर बिक्री बन्द छिटोमा यही वैशाख ११ गते र ढिलोमा आगामी जेठ ६ गते हुने छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल...

  • २०७६ बैशाख ८, आइतबार

    मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार सडक कालोपत्रको शिलान्यास

    सदरमुकामबाट टक्सार विमानस्थलसम्मको सडक कालोपत्र गर्नका लागि शिलान्यास गरिएको  छ । सडकको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शनिबार  शिलान्यास गर्नुभएको हो ।   प्रदेश सरकारको कार्यक्रमअनुसार पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत रु १३ करोड ५३ लाख ५८ हजार २२७ लागतमा सडक कालोपत्र गरिने पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले जानकारी दिनुभयो ।   पाँच किलोमिटर लम्बाइ रहेको सो...

Pages