राष्ट्रिय
-
२०७६ बैशाख ९, सोमबार
धर्मका नाममा राजनीति गर्नेलाई प्रतिबन्ध ः मन्त्री राई
शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले संविधानविपरीत धर्मका नाममा राजनीति गर्नेलाई प्रतिबन्ध लगाइने बताउनुभएको छ । नेपाल ख्रिस्टीयन महासङ्घले पुनरुत्थान इस्टर पर्वका अवसरमा आइतबार यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सबैले आ–आफ्ना धर्म मान्न पाउने स्वतन्त्रता भए पनि धर्मका नाममा केही तत्व सल्बलाइरहेको बताउनुभयो । “धर्मका नाममा राजनीति गर्नेलाई पाखा लगाउनुपर्छ, संविधानका दृष्टिमा सबै जातजाति,...
-
२०७६ बैशाख ९, सोमबार
बालुवा र गिट्टी छान्दै ज्येष्ठ नागरिक
साठी वर्षीया हेमादेवी केसी प्रचण्ड गर्मीलाई समेत बेवास्ता गर्दै शनिबार महाकाली नदीको किनारमा बालुवा÷गिट्टी छानिरहेको अवस्थामा भेटिनुभयो । परिवारको आश्रयमा रमाउँदै विश्राम लिनुपर्ने बेलामा नदीको तातो बालुवासित सङ्घर्ष गर्नु उहाँकोे बाध्यता हो । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली किनारमा झुपडी बस्दै आउनुभएका हेमादेवीले बालुवा र गिट्टी सङ्कलन गरेर बिक्री गर्दै आएको नौ वर्ष भयो ।...
-
२०७६ बैशाख ९, सोमबार
छन्द दिवसका अवसरमा ‘नमोबुद्ध साहित्य गोष्ठी’
पुराना पुस्ताका आख्यानकारले नयाँ पुस्तालाई साधना र गहन अध्ययनबाट मात्रै सो विधामा लाग्नुपर्ने सुझाव दिएका छन् । छन्द दिवसको अवसर पारेर नमोबुद्ध नगरपालिका र रोशी वाङ्मय प्रतिष्ठान भकुण्डेको संयुक्त आयोजनामा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेमा भएको ‘नमोबुद्ध साहित्य गोष्ठी’ कार्यक्रममा साहित्यकार एवं निबन्ध तथा उपन्यासकार रेशम विरही र विप्लव प्रतीकले यस्तो सुझाव दिनुभएको हो ।...
-
२०७६ बैशाख ९, सोमबार
कैदीबन्दीको समयलाई सदुपयोग गर्नुपर्ने
कारागार शाखा कास्की, पोखरामा कारखानाको अभावमा कैदीबन्दीको रुपमा रहेका युवाको जनशक्ति खेर हुँदै गइरहेको देखिएको छ । सो कारागारमा मुढा निर्माण र महिला झोला बुन्ने कामबाहेक अन्य साना उद्योग केही नरहेकाले कारागारका युवालाई समय बिताउन कठिनाइ भएको छ । कुनै व्यावसायिक कार्य नभएकाले आयआर्जन पनि गर्न नसक्ने अवस्था रहेको छ । उक्त कारागारमा ७५५ जना कैदीबन्दी रहेकामा अधिकांश कैदीबन्दी २०देखि ४० वर्षको...
-
२०७६ बैशाख ९, सोमबार
ट्राफिक प्रहरीले चालकलाई गर्ने व्यवहार नम्र हुनुपर्छ ः महानिरीक्षक
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई देशभरिकै नमूना र अनुकरणीय बनाउनुपर्ने बताउनुभएको छ । महानिरीक्षक खनालले आइतबार महानगरीय ट्राफिक प्रहरी महाशाखाका ट्राफिक अधिकृतलाई सम्बोधन गर्दै देशभरकै नमूना ट्राफिक व्यवस्थापन गर्नुपर्ने बताउनुभएको हो । “ट्राफिक प्रहरीले चालकलाई गर्ने व्यवहार नम्र र शालिन हुनुपर्छ, हाम्रो सेवाले जनतालाई मुस्कुराउँदै जाने वातावरण बनाउनुपर्छ”,...
-
२०७६ बैशाख ९, सोमबार
विद्यार्थीको चाप बढेपछि भर्ना रोकियो
“विद्यार्थीको सङ्ख्या बढाउँछौँ अङ्ग्रेजी माध्यममा पढाइ शुरु गर्दैछौँ भन्दा कहाँबाट विद्यार्थी ल्याउँछौ भनेर आशङ्का व्यक्त गरियो । अहिले भर्ना नै रोक्नुपरेको छ ।” यो भनाइ हो चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित राष्ट्रिय आधारभूत विद्यालय फिस्लिङका शिक्षक भविश्वर गुरुङको । यस शैक्षिक सत्र २०७६ बाट नर्सरी केजी र कक्षा १ मा विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेको छ । नर्सरी केजी र कक्षा १...
-
२०७६ बैशाख ९, सोमबार
‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ को उपलब्धि सार्वजनिक
कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ को उपलब्धि सार्वजनिक गरेको छ । पर्यटन मन्त्रालयले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी पर्यटन वर्ष शुभारभ्म र समापनका बीचमा भएका उपलब्धि सार्वजनिक गरेको हो । पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको कर्णाली प्रदेश सरकारले ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ मा चार लाख ५४ हजार ८६४ आन्तरिक र २१ हजार २९१...
-
२०७६ बैशाख ९, सोमबार
तरकारी खेतीमा वडाध्यक्ष
बिहानीको झिसमिसेमै तरकारीले भरिएका झोलासहित होटल र तरकारी पसल पुग्नुहुन्छ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का वडाध्यक्ष दिलबहादुर बुढाको दैनिकी बनेको छ । खेतमा तरकारी रोप्नेदेखि गोडमेल गर्ने, उत्पादित तरकारी टिप्ने र बजारमा बिक्री गर्नेसम्मका कार्यका लागि तन्नेरी झै पाँच दशक काटी सक्नुभएका वडाध्यक्ष बुढा आफै खटिनुहुन्छ । स्थानीय झलारी, कलुवापुर र वनसमिति बजारका होटल र तरकारी पसलमा उहाँले...
-
२०७६ बैशाख ९, सोमबार
ललितपुर महानगरपालिकामा भवन अभाव
जिल्लाका विषयगत कार्यालयका कर्मचारी समायोजन भएर आइरहे पनि ती कार्यालयका भवन नहुँदा ललितपुर महानगरपालिकामा भवन अभाव रहेको छ । कर्मचारी आइरहे पनि भवन पर्याप्त नहुँदा कर्मचारी व्यवस्थापन गर्न कठिन रहेको महानगरले जनाएको छ । महानगरपालिकाको क्षेत्रभित्र रहेका कुनै पनि विषयगत कार्यालयको भवन महानगर मातहतमा नआएको प्रवक्ता राजु महर्जनले बताउनुभयो । उहाँका अनुसार विषयगत कार्यालयबाट ५८ कर्मचारी समायोजन...
-
२०७६ बैशाख ९, सोमबार
सन्दर्भ विश्व पुस्तक दिवस ः अझै बनेन पुस्तक नीति
‘पुरानो कोट लगाउ, नयाँ पुस्तक किन’– हेनरी डेभिड थोरो । पुस्तकको महत्वलाई राम्ररी बुझेका राजनीतिक विचारक थोरोको उक्त भनाइलाई अहिले पनि धेरैले आत्मसात् गर्ने गरेका छन् । विश्वमा पुस्तक पढ्ने संस्कृति बढ्दै गएको छ र प्रकाशन गर्ने संस्थाहरुले पनि वर्षमा लाखौँ पुस्तक प्रकाशित गर्ने गरेका छन् । नेपालमा अहिलेसम्म पुस्तक प्रकाशनसम्बन्धी नीति बन्न सकेको छैन । नीतिकै अभावमा नेपालमा उत्कृष्ट पुस्तक...
-
२०७६ बैशाख ९, सोमबार
सभापति देउवाद्वारा दुःख व्यक्त
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले श्रीलङ्काको कोलम्बोमा भएको शृङ्खलाबद्ध बम विष्फोटनमा परी सयांँै मानिसको मृत्यु र घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको निन्दा र भत्र्सना गर्नुभएको छ । उहाँले विज्ञप्तिमार्फत सो घटनाले सम्पूर्ण विश्वलाई नै शोक विह्वल र स्तब्ध बनाएको उल्लेख गर्दै विश्वको जुनसुकै कुनामा हुने मानवताविरुद्धका यस्ता आतङ्ककारी घटनाको काङ्ग्रेस सदैव घोर निन्दा र...
-
२०७६ बैशाख ९, सोमबार
जग्गा दान
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिकाका स्थानीयवासीले इलाका प्रशासन कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र, बसपार्क र खेलमैदान निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका छन् । लामो समयदेखि भाडाको घरमा सञ्चालन भइरहेको इलाका प्रशासन कार्यालयको भवन निर्माणका लागि स्थानीयवासी गोपीकृष्ण लयालु, शम्भु दाहाल र मदन दाहालले निुःशुल्क जग्गा उपलब्ध गराउनुभएको हो । यस्तै सीमित जग्गामा निर्माण...


