STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ बैशाख ९, सोमबार

    विधेयक सर्वसम्मत रुपमा पारित

    प्रदेश नं ५ को प्रदेशसभाले प्रदेश नं ५ प्रदेश पर्यटनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक आज सर्वसम्मत रुपमा पारित गरेको छ । सभामुख पूर्णबहादुर घर्तीले प्रदेश नं ५, प्रदेश पर्यटनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक निर्णयार्थ प्रदेशसभामा प्रस्तुत गर्नुभएपछि विधेयक पारित भएको थियो ।  भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले सभामा उक्त विधेयक पारित गरियोस् भन्ने प्रश्ताव प्रस्तुत गर्नुभएको थियो...

  • २०७६ बैशाख ९, सोमबार

     उपत्यकामा ‘नो हर्न’ कार्यान्वयन फितलो

    काठमाडौँ उपत्यकामा ध्वनि प्रदूषण बढेको भन्दै सवारी साधनलाई हर्न बजाउन निषेध गरेपनि त्यसको कार्यन्वयन फितलो देखिएको छ ।  काठमाडौँ महानगरपालिकाले २०७४ वैशाख १ गतेबाट काठमाडौँ उपत्यकामा ध्वनि प्रदूषण नियन्त्रणको अभ्यास शुरु गरेको हो । दुई वर्ष बितिसक्दासम्म सडकको मुख्य स्थानमा प्रशस्तै मात्रामा सवारी साधनहरुले ध्वनि प्रदूषण गरिरहेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको अग्रसरतामा कामपा र यातायात...

  • २०७६ बैशाख ९, सोमबार

    धर्मका नाममा राजनीति गर्नेलाई प्रतिबन्ध ः मन्त्री राई

    शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले संविधानविपरीत धर्मका नाममा राजनीति गर्नेलाई प्रतिबन्ध लगाइने बताउनुभएको छ । नेपाल ख्रिस्टीयन महासङ्घले पुनरुत्थान इस्टर पर्वका अवसरमा आइतबार यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सबैले आ–आफ्ना धर्म मान्न पाउने स्वतन्त्रता भए पनि धर्मका नाममा केही तत्व सल्बलाइरहेको बताउनुभयो । “धर्मका नाममा राजनीति गर्नेलाई पाखा लगाउनुपर्छ, संविधानका दृष्टिमा सबै जातजाति,...

  • २०७६ बैशाख ९, सोमबार

    बालुवा र गिट्टी छान्दै ज्येष्ठ नागरिक

    साठी वर्षीया हेमादेवी केसी प्रचण्ड गर्मीलाई समेत बेवास्ता गर्दै शनिबार महाकाली नदीको किनारमा बालुवा÷गिट्टी छानिरहेको अवस्थामा भेटिनुभयो । परिवारको आश्रयमा रमाउँदै विश्राम लिनुपर्ने बेलामा नदीको तातो बालुवासित सङ्घर्ष गर्नु उहाँकोे बाध्यता हो ।   कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली किनारमा झुपडी बस्दै आउनुभएका हेमादेवीले बालुवा र गिट्टी सङ्कलन गरेर बिक्री  गर्दै आएको नौ  वर्ष भयो ।...

  • २०७६ बैशाख ९, सोमबार

    छन्द दिवसका अवसरमा ‘नमोबुद्ध साहित्य गोष्ठी’

    पुराना पुस्ताका आख्यानकारले नयाँ पुस्तालाई साधना र गहन अध्ययनबाट मात्रै सो विधामा लाग्नुपर्ने सुझाव दिएका छन् । छन्द दिवसको अवसर पारेर नमोबुद्ध नगरपालिका र रोशी वाङ्मय प्रतिष्ठान भकुण्डेको संयुक्त आयोजनामा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेमा भएको ‘नमोबुद्ध साहित्य गोष्ठी’ कार्यक्रममा साहित्यकार एवं निबन्ध तथा उपन्यासकार रेशम विरही र विप्लव प्रतीकले यस्तो सुझाव दिनुभएको हो ।...

  • २०७६ बैशाख ९, सोमबार

    कैदीबन्दीको समयलाई सदुपयोग गर्नुपर्ने

    कारागार शाखा कास्की, पोखरामा कारखानाको अभावमा कैदीबन्दीको रुपमा रहेका युवाको जनशक्ति खेर हुँदै गइरहेको देखिएको छ । सो कारागारमा मुढा निर्माण र महिला झोला बुन्ने कामबाहेक अन्य साना उद्योग केही नरहेकाले कारागारका युवालाई समय बिताउन कठिनाइ भएको छ । कुनै व्यावसायिक कार्य नभएकाले आयआर्जन पनि गर्न नसक्ने अवस्था रहेको छ ।   उक्त कारागारमा ७५५ जना कैदीबन्दी रहेकामा अधिकांश कैदीबन्दी २०देखि ४० वर्षको...

  • २०७६ बैशाख ९, सोमबार

    ट्राफिक प्रहरीले चालकलाई गर्ने व्यवहार नम्र हुनुपर्छ ः महानिरीक्षक

    प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई देशभरिकै नमूना र अनुकरणीय बनाउनुपर्ने बताउनुभएको छ । महानिरीक्षक खनालले आइतबार महानगरीय ट्राफिक प्रहरी महाशाखाका ट्राफिक अधिकृतलाई सम्बोधन गर्दै देशभरकै नमूना ट्राफिक व्यवस्थापन गर्नुपर्ने बताउनुभएको हो । “ट्राफिक प्रहरीले चालकलाई गर्ने व्यवहार नम्र र शालिन हुनुपर्छ, हाम्रो सेवाले जनतालाई मुस्कुराउँदै जाने वातावरण बनाउनुपर्छ”,...

  • २०७६ बैशाख ९, सोमबार

    विद्यार्थीको चाप बढेपछि भर्ना रोकियो

    “विद्यार्थीको सङ्ख्या बढाउँछौँ अङ्ग्रेजी माध्यममा पढाइ शुरु गर्दैछौँ भन्दा कहाँबाट विद्यार्थी ल्याउँछौ भनेर आशङ्का व्यक्त गरियो । अहिले भर्ना नै रोक्नुपरेको छ ।” यो भनाइ हो चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित राष्ट्रिय आधारभूत विद्यालय फिस्लिङका शिक्षक भविश्वर गुरुङको । यस शैक्षिक सत्र २०७६ बाट नर्सरी केजी र कक्षा १ मा विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेको छ । नर्सरी केजी र कक्षा १...

  • २०७६ बैशाख ८, आइतबार

    दोस्रो किस्ता नपाएपछि एघार सय दलितका घर अलपत्र

    जनता आवास कार्यक्रमबाट निर्माण हुन लागेका डोल्पाका एक हजार एक सय घर अलपत्र परेका छन् । त्रिपुरासुन्दरी नगरपलिका–१ त्रिपुराकोट रल्लीस्थित राजा रानी क्षेत्रमा निर्माण हुन लागेका जनता आवासका बस्ती पूर्ण रुपमा निर्माण नभई अलपत्र परेका छन् । पहिलो किस्ता रकम दिएर पाँचवर्षे योजना बनाइ जनता आवास कार्यक्रम सञ्चालन गरिएको थियो । तर पहिलो किस्ताको रकम दिएर, दोस्रो किस्ता नदिँदा यहाँ निर्माण भएका आधा घर...

  • २०७६ बैशाख ८, आइतबार

    संस्कृत शिक्षाप्रति आकर्षण बढ्दै

    विद्यार्थीको अभावमा देशका विभिन्न स्थानका संस्कृत विद्यालय बन्द हुने अवस्थामा पुगेपछि पोखरास्थित संस्कृत माध्यमिक विद्यालयमा भने विद्यार्थी तथा अभिभावकको आकर्षण बढ्दो छ । केहीवर्ष अघिसम्म विद्यार्थीको सङ्ख्या न्यून हुँदै गएको यस विद्यालयमा पछिल्ला वर्षमा भने विद्यार्थी बढ्दै गएका छन् । भाषा पाठशालाका रुपमा स्थापित पोखराको संस्कृत माविले यस क्षेत्रकै शिक्षाको विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै...

  • २०७६ बैशाख ८, आइतबार

    एक दशकदेखि महिला बन्दी गृह निर्माण अलपत्र

    साबिकको धौलागिरि अञ्चलका चार जिल्ला पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई समेट्ने गरी निर्माण थालिएको एक मात्र महिला बन्दी गृह झण्डै एक दशकदेखि अलपत्र अवस्थामा छ । दश वर्ष अगाडि रु ७२ लाखको योजनामा बन्दी गृह निर्माणको काम शुरु गरिएको थियो । तत्कालीन अवस्थामा रु १४ लाख मात्र बजेट आएपछि सोही रकमले मात्र निर्माण थालिएको बन्दी गृह नै अलपत्र परेको हो । रु १४ लाखमा गृह निर्माणस्थल सम्याउने, जग राख्ने र...

  • २०७६ बैशाख ८, आइतबार

    स्थानीयवासीसँग विकास योजना माग

    काठमाडौँ महानगरपालिकाले सबै वडाका बासिन्दासँग आगामी आर्थिक वर्षको विकास योजना लिएर आउन आग्रह गरेको छ । आआफ्नो वडाको विकासका लागि आवश्यक माग लिएर आउन सबै वडालाई यही वैशाख १२ गतेसम्मको समय दिइएको छ ।   आगामी आव २०७६÷०७७ का लागि तयार गरिने वार्षिक बजेट, नीति तथा कार्यक्रममा सबै नागरिकको भावना समेट्न नागरिकसँग विकास योजना माग गरिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।   उहाँका...

Pages