राष्ट्रिय
-
२०७६ बैशाख ८, आइतबार
पाँच वर्षपछि गाउँ उज्यालो
हुम्लाको सिमकोट गाउँपालिका–७ टुलिङ्गका स्थानीयले पाँच वर्षपछि उज्यालो देख्न पाएका छन् । हिल्दुम वितरण केन्द्रले विसं २०७० मा टुलिङ्ग गाउँका ३१ घरधूरीलाई अन्धकारमुक्त बनाउने लक्ष्य राखेता पनि हिल्दुम वितरण केन्द्रका कर्मचारीकै लापरवाहीका कारण त्यहाँ स्थानीयले शनिबार साँझबाट मात्र उज्यालो देख्न पाएका छन् । टुलिङ्ग गाउँका स्थानीयलाई अन्धकारबाट उज्यालो बनाउनका लागि पहिलो किस्ता रु ९० हजार र दोस्रो...
-
२०७६ बैशाख ८, आइतबार
दुई विधेयक पारित
प्रदेश नं ५, प्रदेशसभाको आजको बैठकले दुई विधेयक सर्वसम्मतिले पारित गरेको छ । जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति गर्न बनेको विधेयक बैठकले पारित गरेको हो । सभामुख पूर्णबहादुर घर्तीले दुई विधेयक निर्णयार्थ प्रस्तुत गरेपछि बैठकले त्यसलाई पारित गरेको छ । जिल्लासभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न...
-
२०७६ बैशाख ८, आइतबार
प्रेस फोरममा निराला चयन
सङ्घीय समावादी फोरम नेपालका भातृ सङ्गठन सङ्घीय प्रेस फोरम नेपाल महोत्तरीको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । महोत्तरीको रामगोपालपुरमा शनिबार सम्पन्न भएको जिल्ला अधिवेशनले सङ्घको अध्यक्षमा अनिलकुमार निरालालाई चयन गरेकोछ । त्यस्तै सङ्घको उपाध्यक्षमा पुरुषोत्तमकुमार यादव, महिला उपाध्यक्षमा उषाकुमारी यादव, सचिवमा मञ्जितकुमार राम, कोषाध्यक्षमा सुशीलकुमार यादव, सदस्यमा तुलसीकुमार मण्डल, देवकुमार...
-
२०७६ बैशाख ८, आइतबार
दमकलविहीन स्थानीय तह
जुम्लाका सात स्थानीय तह दमकलविहीन बनेका छन् । जुम्लाको एकमात्र चन्दननाथ नगरपालिकामा दमकल भए पनि चलाउने चालक नहुँदा थन्किएको छ । अन्य सात गाउँपालिकामा भने दमकल छैन । जिल्ला आपत्कालीन कार्य सञ्चालन के न्द्र जुम्लाको तथ्याङ्कअनुसार जिल्लामा बाह्रै महीना आगलागीको उच्च जोखिममा देखिएको छ । आगलागीका घटना भए त्यसलाई निभाउन पर्याप्त स्रोत साधन नहुँदा धनजनको क्षति धेरै हुने गरेको छ । स्थानीय सरकारले...
-
२०७६ बैशाख ८, आइतबार
मानव बेचबिखनको सुक्ष्म अध्ययन आवश्यक
मुलुकमा दिनहुँ बढ्दै गएको मानव बेचबिखनको सुक्ष्म अध्ययन आवश्यक रहेको औँल्याइएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लालीगुराँस युवा क्लबद्वारा शनिबार आयोजित ‘मानव बेचबिखन विरुद्व’ एकदिने अन्तरक्रिया कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बढ्दो मानव बेचबिखनको सुक्ष्म अध्ययन आवश्यक रहेको बताउनुभयो । “मानव बेचबिखन धेरै प्रकारले हुने गर्छ”, उपप्रमुख ढकालले भन्नुभयो, “यसको...
-
२०७६ बैशाख ८, आइतबार
सहकारीलाई सूचनामैत्री बनाउनु आवश्यक ः सांसद बस्नेत
प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सहकारीलाई सूचनामैत्री बनाएर लैजानुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ । दक्षिणकाली महिला तथा बचत ऋण सहकारी लि।ले आजोजना गरेको ‘सूचना प्रविधिमा महिलाको पहुँच’ विषयक दुईदिने तालीमको समापन अवसरमा उहाँले सूचना प्रविधिको प्रयोग नै आर्थिक विकास र समृद्धिको आधार भएको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का युवा नेता एवं पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद...
-
२०७६ बैशाख ८, आइतबार
महायज्ञमा रु ३० लाख र सात क्वीन्टल धातु सङ्कलन
चितवनको देवघाटमा अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माणका लागि काठमाडौँको पशुपतिमा जारी महायज्ञमा शनिबारसम्म रु ३० लाख नगद र करीब सात क्वीन्टल धातु सङ्कलन भएको छ । यही वैशाख १ गतेबाट शुरु भएको धार्मिक कार्यक्रममा ‘पशुपति महामहोत्सव तथा अष्टधातु सङ्कलन श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ’ आर्थिक तथा धातु सङ्कलनसहित तीन करोड बेलपत्र चढाउने र एक करोड बत्ती प्रज्वलन गर्ने कार्यक्रमसमेत छ । वैशाख...
-
२०७६ बैशाख ८, आइतबार
प्राधिकरण र राष्ट्र बैंकबीच सम्झौता
मोबाइल वित्तीय सेवाको विकास तथा नियमनका लागि आवश्यक सहकार्य तथा समन्वय गर्न नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल राष्ट्र बैंकबीच समझदारी भएको छ । राष्ट्र बैंकको भूमिकासहितको सो सम्झदारी पत्रमा बैंकको तर्फबाट गर्भनर डा चिरञ्जीवी नेपाल र प्राधिकरणको तर्फबाट कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनालले हस्ताक्षर गर्नुभएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिनुभयो । मोबाइल वित्तीय सेवाको विकास...
-
२०७६ बैशाख ८, आइतबार
दृश्यावलोकन स्तम्भ निर्माणका लागि समय थप
काठमाडौँ भ्यू टावर दृश्यावलोकन स्तम्भ निर्माणको काम अपेक्षा अनुरुप अघि बढ्न नसकेपछि काठमाडौँ महानगरपालिकाले एक वर्ष समय थप गरेको छ । निर्माण कम्पनीले अहिलेसम्म ५० प्रतिशत काम सकिसक्नुपर्ने भए पनि हालसम्म जमीनमुनिकै काम गरिरहेकाले ठेकेदारको माग अनुरुप समय थप गरिएको कामपाले जानकारी गराएको छ । निर्माणको कामअन्र्तगत अहिले जमीनमुनिको काम भइरहेको छ । जमीनमुनिको ८० प्रतिशत काम सकिएपनि अन्य काम शुरु नै...
-
२०७६ बैशाख ८, आइतबार
कैदीको रगतले सुत्केरीको ज्यान बच्यो
सल्यानमा कैदीले दान दिएको रगतबाट एक सुत्केरीको ज्यान जोगाइएकोे छ । रोल्पा जिल्ला गङ्गादेव गाउँपालिका–७की २१ वर्षीया मनिषा केसी ओलीको यहाँस्थित जिल्ला अस्पतालमा उपचारको समयमा रगत अभाव भएपछि कैदी पूजा घर्तीले रक्तदान गर्नुभएको हो । “अस्पतालमा रगत अभावका कारण सुत्केरीको उपचार हुन समस्या भएको समाचार सुनेपछि मैले रक्तदान गरेकी हूँ, ” पूजाले भन्नुभयो । गत शुक्रबारदेखि नै घरमै व्यथा लागेको मनिषालाई...
-
२०७६ बैशाख ८, आइतबार
राष्ट्रपतिको समुपस्थितिमा पद तथा गोपनीयताको शपथ
राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वोच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा शपथ लिनेमा नवनियुक्त न्यायाधीश प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा मनोजकुमार शर्मा हुनुहुन्छ । उहाँहरुमध्ये ढुङ्गाना र माथेमा उच्च...
-
२०७६ बैशाख ८, आइतबार
वित्तीय विवरण सार्वजनिक गर्दै वाणिज्य बैंक
वाणिज्य बैंकले धमाधम तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । शनिबार सिटिजन बैंकले तेस्रो त्रैमासको विवरण सार्वजनिक गरेको थियो । सो बैंकले चैतमसान्तस्म्म रु एक अर्ब छ करोड ९६ लाख एक हजार बराबरको खुद नाफा आर्जन गरेको छ । यस्तै आज माछापुच्छ्रे« बैंकले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको विवरणअनुसार नाफा बढेर रु एक अर्ब २४ करोड ८ लाख १८ हजार ३२९ पुगेको छ । गत...


