STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ बैशाख ६, शुक्रबार

    हाम्रै माटो मलिलो छ, यहीँ सुन फल्छ

    लमही नगरपालिका–३ टिकलीगढमा अवस्थित १२ बिगाहा जमीनमा यतिखेर गोलभेँडा, लौका, भिण्डी, करेला, काँक्रो, खुर्सानी, सिमी, बन्दा, फूलकोभीलगायतका धेरै तरकारी लटरम्म फलेका छन् ।  यति धेरै जमीनमा फरक फरक प्लटमा छुट्टाछुट्टै तरकारी लटरम्म फलेको देख्दा त्यहाँ पुग्ने जो सुकै पनि लोभिन्छ । अनि दङ्ग हुनुहुन्छ तरकारी किसान श्रीधर पुन पनि । पसिना र पौरखले लहलह छन् उहाँको बारीमा धेरै थरिका तरकारी ।  व्यावसायिक...

  • २०७६ बैशाख ६, शुक्रबार

    उन्नत जातको स्याउ खेती शुरु

    बाजुराको गौमूल गाउँपालिकाले उन्नत जातको स्याउ खेती शुरु गरेको छ । गाउँ कार्यपालिकाको निर्णयअनुसार हावापानी अनुकूल विदेशी प्रविधिबाट उत्पादन गरिएको उन्नत जातको स्याउ खेती गर्न ०।२५ हेक्टरमा शुरु गरिएको कृषि शाखा प्रमुख रमेश विकले बताउनुभयो । कृषि विकास शाखाले परीक्षणका लागि पहिलोपटक उक्त खेती शुरु गरेको छ । फुजी, गाला र गोल्डेन जातको स्याउ खेतीको शुरुआत गर्न थालिएको हो । गौमूलमा स्थानीय जातका...

  • २०७६ बैशाख ६, शुक्रबार

    ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ता

    सरकारले काठमाडौँ उपत्यकामा काम गर्ने ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ता दिने भएको छ । धुलो, धुँवा र अन्य कार्यालयमा भन्दा बढी समय सेवामा खटिनुपर्ने भएकाले ट्राफिक प्रहरीलाई सरकारले भत्ता दिन लागेको हो । भत्ताको व्यवस्थासहित ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका–२०७५ समेत स्वीकृत भएको छ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक प्रहरीमा कार्यरत कार्यालय सहयोगी...

  • २०७६ बैशाख ६, शुक्रबार

    आचारसंहिता हास्यव्यङ्ग्यको पुलिन्दा होइन– प्रधानसेनापति

    नेपाली सेनाले आर्थिक अपारदर्शीता, ‘चेनआफ कमाण्ड’ उल्लङ्घन र अनुशासन विपरीत गतिविधिका सम्बन्धमा सङ्गठनभित्र कठोर नीति अवलम्बन गर्ने भएको छ ।‘सैनिक सदाचारको उत्साह’ भन्ने नाराका साथ आजदेखि शुरुभएको सैनिक आचारसंहिता सप्ताह शुभारम्भ गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले आचारसंहिता हास्यव्यङ्ग्यको पुलिन्दाजस्तो नभएकाले यसको पालना नगर्र्नेलाई कारवाहीको दायरामा ल्याइने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो...

  • २०७६ बैशाख ६, शुक्रबार

    जात्रामा काम गर्ने सेवक जुटाउन समस्या

    गुठी संस्थानलाई रातो मछिन्द्रनाथको जात्राको तयारीका लागि आवश्यक पर्ने जनशक्ति जुटाउन गाह्रो पर्न थालेको छ । पहिले सेवक९गुठी भाषामा रकमे भनिन्छ० सँग पर्याप्त समय भए पनि अहिले उनीहरु व्यस्त हुँदा काममा लगाउन गाह्रो पर्न थालेको गुठी संस्थान ललितपुर शाखाले जनाएको छ । ललितपुरका विभिन्न समुदायको सहभागितामा जात्रा हुने गरेको छ । मछिन्द्रनाथको जात्राको तयारीदेखि भोटो देखाउँदासम्म उनीहरुका लागि फरक÷फरक...

  • २०७६ बैशाख ६, शुक्रबार

    शिक्षालाई सीप र श्रमसँग जोड्नुपर्छ

    नेपालको शिक्षा नीतिलाई सीप र श्रमसँग जोड्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । सञ्चार केन्द्र नेपालले बिहीबार आयोजना गरेको ‘नेपालको वर्तमान शिक्षा प्रणाली र आजको आवश्यक शिक्षा नीति’ विषयक अन्तरक्रिया कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटीइभिटी का सदस्य सचिव पुष्परमण वाग्लेले अब नेपालको शिक्षा प्रणाली उत्पादनसँग जोडिने र दक्ष जनशक्ति उत्पादन गर्ने हुनुपर्ने बताउनुभयो । अब...

  • २०७६ बैशाख ६, शुक्रबार

    रसुवागढीका स्वास्थ्यकर्मीलाई प्रशिक्षण

    उत्तरी नाका रसुवागढीबाट ओहोरदोहोर गर्ने पर्यटकको स्वास्थ्य परीक्षणमा सहजता ल्याउन सीमा क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई बिहीबार पहिलो प्रशिक्षण दिइएको छ । स्वास्थ्य सेवा विभागको आयोजनामा नेपाल–चीनबीच रसुवागढी नाकाबाट ओहोरदोहोर गर्ने पर्यटकको स्वास्थ्य परीक्षणमा थप सहयोग पु¥याउन त्यहाँ स्थापित हेल्थडेस्क, टिमुरे स्वास्थ्यचौकी, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालका प्राविधिक कर्मचारीलाई दुई दिने...

  • २०७६ बैशाख ६, शुक्रबार

    स्ट्रेचर वितरण

    सिलिचोङ गाउँपालिकाको दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच बढाउन स्टे«चर वितरण गरिएको छ ।उक्त गाउँपालिका समन्वय समितिले स्ट्रेचर खरीदका लागि गत असोज महीनादेखि रकम सङ्कलन अभियान गरी उठेको सहयोगबाट स्टेचर खरीद गरेको हो ।  सो अभियानमार्फत देश तथा विदेशमा रहेका सिलिचोङवासीबाट आठ लाख ४१ हजार रकम सङ्कलन भएको र  त्यसबाट १२३ थान स्ट्रेचर खरीद गरिएको समितिका अध्यक्ष संयोगान्त कुलुङले जानकारी दिनुभयो ।...

  • २०७६ बैशाख ६, शुक्रबार

    जिल्ला प्रशासनमा हतियार बुझाइयो

    मोरङ जिल्ला प्रशासन कार्यालय विराटनगरमा बिहीबारसम्ममा विभिन्न १७ थान हात हतियार बुझाइएको छ । गृहमन्त्रालयको निर्देशनबमोजिम हातहतियार बुझाउने बिहीबार अन्तिम दिनसम्ममा उक्त हतियार बुझाइएको हो । गृह मन्त्रालयले विसं २०७५ चैत १ गतेदेखि ३५ दिने सूचना निकालेर विभिन्न हातहतियार बुझाउन निर्देशन गरे बमोजिम उक्त हतियार बुझाइएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओलीले बताउनुभयो । बुझाइएका...

  • २०७६ बैशाख ६, शुक्रबार

    शरणार्थीका लागि विभिन्न कार्यक्रम

    पूर्वी नेपालका भुटानी शरणार्थी शिविरमा रहेका साढे छ हजार शरणार्थीको समस्या समाधानका लागि विभिन्न कार्यक्रम सञ्चालनमा ल्याइएको छ । झापा र मोरङको दुईवटा शिविरमा बस्दै आएका शरणार्थीको नेपाल सरकार र शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चाायुक्तको कार्यालयले आंशिक रुपमा स्वदेश फिर्ती, तेस्रो मुलुक पुनार्वास र परिचयपत्रका लागि छानबिन प्रक्रिया थालनी गरेको हो । भुटानी शरणार्थीको समस्या समाधानका...

  • २०७६ बैशाख ६, शुक्रबार

    चिराइतो खेतीबारे तालीम

    अपी हिमाल गाउँपालिकामा किसानलाई चिराइतो खेती उत्पादनसम्बन्धी तालीम दिइएको छ । उच्च  हिमाली क्षेत्रको सो ठाउँमा चिराइतो उत्पादन हुने भएकाले किसानलाई ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना र उक्त गाउँपालिकाले संयुक्तरूपमा सो तालीम दिएको हो । तालीममा चिराइतोको बीउ उत्पादन, नर्सरी निर्माण, तथा बिक्री वितरणबारे जानकारी दिइएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका जीविकोपार्जन अधिकृत राजेन्द्रप्रसाद...

  • २०७६ बैशाख ६, शुक्रबार

    नेपालमा उत्पादन प्रवद्र्धन गर्न ताइवानी उत्साहित

    ताइवान एक्स्टर्नल ट्रेड डेभलपमेन्ट काउन्सिलको नेतृत्वमा आएको व्यापारिक प्रतिनिधिमण्डल र नेपाली व्यवसायीबीच उच्चस्तरीय अन्तरक्रिया सम्पन्न भएको छ । ताइवानका प्रतिष्ठित उत्पादक तथा आपूर्तिकर्ताहरू सम्मिलित सो प्रतिनिधिमण्डलले काठमाडौँको दरबारमार्गस्थित याक एण्ड यती होटलमा नेपाली व्यवसायीहरूसँग हालै प्रत्यक्ष भेटघाट गरी व्यापारिक सम्भावनाबारे अन्तक्रिया गरेका छन् । काउन्सिलको नेतृत्वमा नेपाल आएका...

Pages