राष्ट्रिय
-
२०७६ बैशाख १०, मंगलबार
चीनले बिआरआईमार्फत गरीबी निवारणका अनुभव साझेदारी गर्ने
चीनले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ एक क्षेत्र एक मार्ग मार्फत गरीबी निवारणको आफ्नो अनुभवलाई विश्वसामु साझेदारी गर्दै उपयोग गर्न चाहेको छ । यसै साता बेइजिङमा आयोजना हुने ‘अन्तरराष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च कार्यक्रम’मा यसको प्रत्यक्ष अनुभव हुने अपेक्षा विशेषज्ञले गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी उक्त मञ्चका साथै तीन प्रमुख कार्यक्रममा भाग लिन चीनको राजकीय भ्रमणका...
-
२०७६ बैशाख १०, मंगलबार
विप्लव समूहका जिल्ला जनपरिषद् प्रमुखसहित दुई पक्राउ
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई गोरखाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्लाका जनपरिषद् प्रमुख विष्णु रिजाल र विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ईश्वर पाण्डे रहेका छन् । प्रहरीले जनपरिषद् प्रमुख रिजाललाई सोमबार जिल्लाको गण्डकी गाउँपालिका–७ घ्याल्चोकबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका रिजाललाई राजद्रोहअन्तर्गत मुद्दा दर्ता गरी कारवाही...
-
२०७६ बैशाख १०, मंगलबार
एउटै सडकमा तीन सरकारको लगानी
एउटै सडकमा तीन तहका सरकारले लगानी गरेको पाइएको छ । तनहँुको प्रसिद्ध धार्मिक तीर्थस्थल छाब्दीबाराही जाने मोटरमार्ग कालोपत्रेका लागि सङ्घीय, प्रदेश र स्थानीय तहले बजेट विनियोजन गरेका हुन् । दमौलीदेखि छाब्दीसम्मको सात किमि कच्चीसडक कालोपत्रेका लागि ब्यास नगरपालिकाले रु दुई करोड, सङ्घीय र प्रदेश सरकारले रु एक÷एक करोड बजेट विनियोजन गरेका छन् । तीनवटै तहका सरकारको छुट्टाछुट्टै बजेटमा उक्त मार्गको तीन...
-
२०७६ बैशाख १०, मंगलबार
पथरी शनिश्चरेमा तनाब, दुई राउण्ड अश्रुग्यास प्रहार
मोरङको पथरी शनिश्चरे नगरपालिका–१ मा २९ वर्षीया रीना बस्नेतको रहस्यमय अवस्थामा शव फेला परेपछि अपराधी पत्ता लगाउन माग गर्दै आएका आन्दोलित स्थानीयवासी र प्रहरीबीच आज दिउँसो झडप भएको छ । आन्दोलित पक्षले पथरी शनिश्चरेस्थित इलाका प्रहरी कार्यालयमा ढुङ्गा प्रहार गरेर प्रवेशद्वार तोडफोड गर्न खोजेपछि भिडलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी...
-
२०७६ बैशाख १०, मंगलबार
शीतभण्डार स्थापना
समग्र कृषि क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ नर्सहीमा शीतभण्डार स्थापना गर्ने कामको शुरुआत भएको छ । स्थानीय तहको २५ प्रतिशत रु एक करोड २५ लाख र बाँकी ७५ प्रतिशत रकम प्रदेश सरकारको लगानीमा शीतभण्डार स्थापनाका लागि काम अघि बढाइएको हो । पाँच सय मेट्रिकटन क्षमताको बन्ने शीतभण्डार निमार्णका लागि कूल एक बिघा १७ कठ्ठा क्षेत्रफल जग्गा गाउँपालिकाले व्यवस्थापना...
-
२०७६ बैशाख १०, मंगलबार
घरजग्गा व्यवसाय गणना हुँदै
केन्द्रीय तथ्याङ्क विभागले मुलुकमा पहिलोपटक ‘घरजग्गा खरीद बिक्री व्यवसाय गणना’ गर्ने भएको छ । यसबाट राष्ट्रिय अर्थतन्त्रमा पारेको प्रभावको विश्लेषण गर्न मुलुकभर सर्भेक्षण तथा गणनाको तयारी भइरहेको विभागले जनाएको छ । प्रचलित कानूनअनुसार घरजग्गा खरीद बिक्री व्यवसायमा संलग्न कम्पनीलाई गणनामा समावेश गरिने छ । यस व्यवसायले सिर्जना गरेको रोजगारी, कूल गार्हस्थ्य उत्पादनमा पु¥याएको योगदानले राष्ट्रिय...
-
२०७६ बैशाख १०, मंगलबार
गहुँ उत्पादनमा कमि
महोत्तरी जिल्लामा यसपालि गहुँको उत्पादन निकै घटेको छ । बाली तयार भएर काट्ने बेलामा आएको हावाहुरी र असिनापानीले नोक्सान गरेपछि गहुँको उत्पादनमा कमि आएको हो । जिल्लाको ३० हजार हेक्टर क्षेत्रफलमा लगाइएको गहुँ बालीबाट ६५ हजार मेट्रिकटन उत्पादन हुने लक्ष राखिएको थियो । तर गत चैतको मध्यदेखि नै आएको हावाहुरी र असिनापानीले गहुँ बाली खेतबारीमै लडाएर नोक्सान हुँदा ३५ हजार मेट्रिकटन मात्र उत्पादन हुने...
-
२०७६ बैशाख ९, सोमबार
जग्गा दान
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिकाका स्थानीयवासीले इलाका प्रशासन कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र, बसपार्क र खेलमैदान निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका छन् । लामो समयदेखि भाडाको घरमा सञ्चालन भइरहेको इलाका प्रशासन कार्यालयको भवन निर्माणका लागि स्थानीयवासी गोपीकृष्ण लयालु, शम्भु दाहाल र मदन दाहालले निुःशुल्क जग्गा उपलब्ध गराउनुभएको हो । यस्तै सीमित जग्गामा निर्माण...
-
२०७६ बैशाख ९, सोमबार
सभापति देउवाद्वारा दुःख व्यक्त
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले श्रीलङ्काको कोलम्बोमा भएको शृङ्खलाबद्ध बम विष्फोटनमा परी सयांँै मानिसको मृत्यु र घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको निन्दा र भत्र्सना गर्नुभएको छ । उहाँले विज्ञप्तिमार्फत सो घटनाले सम्पूर्ण विश्वलाई नै शोक विह्वल र स्तब्ध बनाएको उल्लेख गर्दै विश्वको जुनसुकै कुनामा हुने मानवताविरुद्धका यस्ता आतङ्ककारी घटनाको काङ्ग्रेस सदैव घोर निन्दा र...
-
२०७६ बैशाख ९, सोमबार
कफी खेतीतर्फ आकर्षित हँुदै कालीमाटीका घर्ती
तनहुँको भानु नगरपालिका–१० कालीमाटीका एकबहादुर घर्तीले व्यावसायिक रुपमा कफी खेती गर्नुभएको छ । करीब ६०० कफीका बिरुवा लगाएर किसान घर्तीले आम्दानी गर्न थाल्नुभएको हो । चार वर्षदेखि कफी खेती शुरु गर्नुभएका घर्तीले गत वर्षदेखि कफीले उत्पादन दिन शुरु गरेको बताउनुभयो । ‘‘गत वर्ष करीब ७० किलो कफी उत्पादन भएका थियो’’ उहाँले भन्नुभयो, ‘‘सबै बिरुवाले एकै चोटी उत्पादन नदिँदा सोचेअनुरुप भएन तर यस वर्ष...
-
२०७६ बैशाख ९, सोमबार
अञ्चल अस्पतालमा औषधि अभाव
कञ्चनपुरको महाकाली अञ्चल अस्पतालबाट विपन्न र असहायलाई वितरण गरिने निःशुल्क औषधि अभाव भएको छ । औषधि अभाव हुँदा दैनिकजसो बिरामी रित्तोहात फर्किन बाध्य छन् । बजेट अभावका कारण औषधि खरीदमा समस्या भएपछि लक्षित वर्गलाई औषधि वितरण बन्द गरिएको महाकाली अञ्चल अस्पताल प्रशासनले जनाएको छ । अञ्चल अस्पतालभित्र रहेको सामाजिक सेवा केन्द्र एकाइमार्फत् गरीब, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला...
-
२०७६ बैशाख ९, सोमबार
भेरी बबई डाइभर्सन स् दुई प्रदेशबीच मतभेद शुरु– १
राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण सम्पन्न नहुँदै दुई प्रदेशबीच मतभेद शुरु हुन थालेको छ । आयोजनाबाट पाउने लाभका विषयमा कर्णाली र प्रदेश नं ५ बीच मतभेद देखिन थालेको हो । आयोजनाको बाँधस्थल र विद्युत्गृह दुवै सुर्खेतमा पर्दछन् । भेरीगङ्गा नगरपालिका–५ चिप्लेमा १४ मिटर अग्लो बाँध बनाई १२ किमी लामो सुरुङमार्फत भेरीगङ्गाकै वडा नं–११ हात्तीखोलस्थित बबईमा भेरीको पानी खसालिँदैछ...


