STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रिय

  • २०७५ चैत्र ११, सोमबार

    नेपाल र जापानबीच श्रमिक पठाउने समझदारी

    नेपाल र जापान सरकारबीच नेपाली कामदारलाई जापानमा रोजागारीको अवसर उपलब्ध गराउने सम्बन्धी ‘सहयोग समझदारी’ भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा आज नेपाली श्रमिक जापान पठाउनेसम्बन्धी सो समझदारी पत्रमा श्रम मन्त्रालयका निमित्त सचिव डा रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत मासामिसी साइगोले हस्ताक्षर गर्नुभयो । हस्तारक्षरसँगै नेपाली कामदारलाई जापानको श्रम...

  • २०७५ चैत्र ११, सोमबार

    भेडापालेर राम्रो आम्दानी

    उमेरले ७२ काट्नुभएका कृष्णमुरारी श्रेष्ठको दिन प्राय भेडिगोठमै बित्ने गरेको छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा देउरालीका श्रेष्ठले भेडा पाल्न थाल्नुभएको ३६ वर्ष भयो । बिहान र बेलुकी घरको धन्दा गर्नु र दिनभर गोठमा रहेका भेडालाई चाराउनका लागि नजिकैकको जङ्गलमा पग्नु उहाँको पेशा हो । गोठभर भेडा पालेर त्यसैबाट हुने आम्दानीले गुजारा गर्दै आउनुभएका कृष्णमुरारी भेडा बिक्री गरेर मासिक रु ४० हजार...

  • २०७५ चैत्र १०, आइतबार

    बालश्रममा प्रयोग गरिएका ८४ बालबालिकालाई पुनःमिलन

    बालश्रममा प्रयोग गरिएका रोल्पाका ८४ बालबालिकालाई परिवारमा पुनःमिलन गराइएको छ । परिवारको आर्थिक अवस्था कमजोर भई काठमाडाँैका विभिन्न इँटाभट्टा, होटल–रेष्टुराँ तथा गाडीमा काम गर्दै आएका त्यस्ता बालबालिकालाई फिर्ता गरी परिवारमा पुनःस्थापना गरिएको हो । परिवारमा पुनःस्थापनापछि उनीहरुमध्ये अधिकांश विद्यालय भर्ना भएको पाइएको सेभ द चिल्ड्रेन रोल्पाले जानकारी दिएको छ । “विद्यालय उमेरका त्यस्ता बालबालिका...

  • २०७५ चैत्र १०, आइतबार

    पशुपति महायज्ञका लागि प्रचार अभियान

    काठमाडौँको पशुपतिमा शुरु हुनलागेको विराट ज्ञान महायज्ञको प्रचारप्रसार अभियानसँगै भेटघाट कार्यक्रम तीव्र पारिएको छ । विभिन्न उपसमिति बनाएर प्रचारप्रसारका कार्यक्रम तीव्र पारिएको हो । चितवन, तनहुँ र देवघाटको सङ्गम देवघाटमा सुन्दर पार्कसहित अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माण गर्न आर्थिक तथा धातु सङ्कलन गर्ने उद्देश्यले आगामी वैशाखमा हुनलागेको महायज्ञका विषयमा शनिबार वन तथा वातावरण...

  • २०७५ चैत्र १०, आइतबार

    बममाथि सुतेर वार्ताको कल्पना गरिन्न ः सरकारका प्रवक्ता

    सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले हिंसात्मक गतिविधिलाई प्रोत्साहन दिई गरिने पत्रकारिता प्रेस स्वतन्त्रताको मर्यादाभित्र नरहने बताउनुभएको छ । नेपाल प्रेस इन्स्टिच्यूट र नेपाल प्रेस काउन्सिलको सहकार्यमा आयोजित पत्रकारिता प्रशिक्षणको ३५औँ समूहको उद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले सञ्चार क्षेत्रमाथि प्रश्न गर्दै भन्नुभयो, “अन्यायविरुद्ध बोल्ने पत्रकारिताको धर्म हो तर...

  • २०७५ चैत्र १०, आइतबार

    प्रहरी पूर्वउपरीक्षक विष्टलाई धरौटीमा रिहा आदेश

    कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसुर र यातनाविरुद्धको कसुर मुद्दामा जिल्ला अदालतले आज पूर्वप्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई रु १० लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश जारी गरेको छ । पाँच दिनअघि जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक विष्टको गत शुक्रबार अदालतमा बयानपछि...

  • २०७५ चैत्र १०, आइतबार

    ‘एक वर्षमा सय कानून’

    प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको एक वर्षका अवधिमा संविधानबमोजिम १२६ नयाँ कानून निर्माण हुनु संसदीय इतिहासकै पहिलो घटना भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसबीचमा १२६ कानून निर्माण, १३ ऐन संशोधन र केही ‘केही नेपाल ऐन संशोधन’ हुनु संसदीय इतिहासमै पहिलो भएको जिकिर गर्नुभयो । उहाँले यसबीचमा केन्द्र, प्रदेश र स्थानीय तहबीच सुसम्बन्ध र...

  • २०७५ चैत्र १०, आइतबार

    मंकाः खलमा जनकवि

    जनकवि दुर्गालाल श्रेष्ठको अध्यक्षतामा पाँच सदस्यीय नेपाल भाषा मंकाः खलः पुनः गठन भएको छ । शुक्रबार बसेको खलःका सदस्यको भेलाले खलःलाई पुनः गठन गरी अगाडि लैजाने निर्णय गरेको छ । सो संस्थाका सदस्यमा गणेश सायमी, मल्ल के। सुन्दर, किरण श्रेष्ठ र राजा शाक्य रहनुभएको छ ।

  • २०७५ चैत्र १०, आइतबार

    महायज्ञमा रु १० करोड सङ्कलन

    सामुदायिक अस्पताल निर्माणका लागि आयोजित श्रीमतभागवत् ज्ञान महायज्ञमा रु १० करोड भन्दाबढी रकम सङ्कलन भएको छ । विकट गाउँ मुक्लिमा सुविधासम्पन्न अस्पताल निर्माण गर्ने उद्देश्यले आयोजित महायज्ञमा रु १० करोड ७७ लाख ४२ हजार ६५८ सङ्कलन भएको हो । कतिपय दाताले नगद तथा चेक प्रदान गरेका गरेका थिए भने धेरैले तोकिएबमोजिमको रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । थुलुङ दूधकोशी गाउँपालिकाको केन्द्र मुक्लिमा...

  • २०७५ चैत्र १०, आइतबार

    विभिन्न सडकमा चिह्न लगाइने

    सडक विभागले काठमाडौँ उपत्यकाका विभिन्न सडकमा चिह्न लगाउने भएको छ । जेब्राक्रसिङ, डिभाइडरलगायत सडक चिह्न आवश्यक भएका स्थानमा सडक चिह्न लगाउन लागिएको विभागले जनाएको छ । काठमाडाँैका चक्रपथलगायत मुख्य सडकहरुलाई लक्षित गरेर सडक चिह्न लगाउन लागिएको विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले बताउनुभयो । विभागले सडक रङ्गाउनका लागि रु दुई करोडको ठेक्का सम्झौता गरिसकेको छ । नयाँ विस्तार भएका सडकसँगै पुराना...

  • २०७५ चैत्र १०, आइतबार

    ‘तीन अग्रज ‘नेवा अधिकार सिरपाः’ बाट सम्मान

      नेपाल भाषाका वरिष्ठ समालोचक प्राडा माणिकलाल श्रेष्ठ, जनकवि दुर्गालाल श्रेष्ठ र मानव अधिकारवादी नेता मल्ल के सुन्दरलाई यस वर्षको ‘नेवा अधिकार सिरपाः’बाट सम्मान गरिएको छ । नेवा अधिकार सिरपा गुठीले उहाँहरुलाई यस वर्षको ‘नेवा अधिकार सिरपाः’ बाट सम्मान गरेको छ । नेपाल भाषाका प्रसिद्ध समालोचक डा श्रेष्ठ ‘समालोचनाया सिद्धान्त’ पुस्तकका लेखक हुनुहुन्छ । अस्वस्थताका बाबजुद पनि उहाँ अस्पतालबाट...

  • २०७५ चैत्र १०, आइतबार

    काठमाडौँ सुनचाँदी व्यवसायी सङ्घको १६ औँ वार्षिक साधारणसभा सम्पन

    वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले सभ्य, सुसंस्कृत समाज र संस्कृतिको विकास विना नेपाल समृद्ध बन्न नसक्ने बताउनुभएको छ । काठमाडौँ सुनचाँदी व्यवसायी सङ्घको १६ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले पुर्खाले बनाएको सुनको झ्याल, ढोका, धारा, मन्दिरलगायत सांस्कृतिक सम्पदाको संरक्षण गरेर पर्यटक आगमन वृद्धि गर्न सकेमात्र नेपाल समृद्ध बन्ने भएकाले सरकारको ध्यान त्यसतर्फ जानुपर्ने...

Pages