STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चौध थान हतियार बुझाइए

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १०, मंगलबार

कास्की जिल्ला प्रहरी कार्यालयमा १४ थान हतियार बुझाइएको छ । गृहमन्त्रालयबाट इजाजत नलिएका, नवीकरण नगरिएका र हकवालाबाट नामसारी नगरिएका त्यस्ता हतियार बुझाउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेपछि सम्बन्धित व्यक्तिले सो सङ्ख्याका हतियार बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्रमान गुरुङले बताउनुभयो । हकवालाले बुझाएका हतियारमा अधिकांश भरुवा बन्दुक रहेका छन् । तीमध्ये चारवटा इजाजत नभएका र अरूको इजाजत नवीकरण नगरिएको उहाँको भनाइ थियो ।
Categorized in राष्ट्रिय