STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

धार्मिक क्षेत्र कोप्चेघाट जाने सडकमा सिँढी निर्माण

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १०, मंगलबार

भक्तजनलाई मध्यनजर गर्दै पाल्पा, रामपुर नगरपालिका–६ स्थित कालीगण्डकीको कोप्चेघाटसम्म जाने सिँढी निर्माण गरिएको छ । खानेपानी धारो हँुदै कोप्चेघाटसम्म २३० मिटरको लम्बाइ रहेको सो क्षेत्रमा सिँढी निर्माणकार्य भएको छ । नगरपालिकाको रु तीन लाखको बजेटमा सिँढी निर्माण गर्ने काम भएको उपभोक्ता समितिका अध्यक्ष शङ्कर पोखरेलले बताउनुभयो । “श्रद्धालु भक्तजनलाई नदी स्नान गर्न आवतजावतमा सहजता दिलाउन सिँढी निर्माण गरिएको छ, ९५ प्रतिशत सिँढी निर्माण गर्ने काम बाँकी छ”, उहाँले भन्नुभयो । कोप्चेघाट यस क्षेत्रकै धार्मिक तथा ऐतिहासिक महत्व बोकेको महत्वपूर्ण घाट हो । पौराणिक समयमा ऋषिमुनिले स्नान गरेको हुँदा यो क्षेत्रमा एकादशी, वैशाखे सङ्क्रान्तिका अवसरमा नदी स्नान गर्नेको घुइँचो लाग्छ । पौराणिक र ऐतिहासिकतालाई जोगाउँदै नदीसम्म पुग्न सडक समस्या रहेकाले भक्तजनलाई नदी स्नान गर्न सजिलो होस् भनेर सिँढी निर्माण गरिएको नगरपालिकाका विशेष समन्वय समितिका सदस्य दिवाकर देवकोटाले बताउनुभयो ।
Categorized in राष्ट्रिय