STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राससले प्रवाह गर्ने सेवा गुणस्तरीय हुनुपर्छ ः अध्यक्ष श्यामल

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १२, बिहिबार

राष्ट्रिय समाचार समिति रासस का कार्यकारी अध्यक्ष हरिहर अधिकारी श्यामल ले राससले प्रवाह गर्ने सेवा गुणस्तरीय र प्रभावकारी हुनुपर्नेमा जोड दिनुभएको छ ।
 
विराटनगरस्थित रासस प्रदेश नं १ को कार्यालय अवलोकनका क्रममा कर्मचारीलाई निर्देशन दिँदै उहाँले सो कुरा बताउनुभएको हो । राससकर्मीले खोजमूलक तथा समाजलाई सकारात्मक दिशातर्फ अघिबढाउने खालका समाचारमा विशेष ध्यान दिन सुझाव  दिँदै अध्यक्ष अधिकारीले  समाचार प्रवाहका माध्यमबाट अब रासस जनताकै हो भन्ने बनाउने गरी चासोका साथ काम गर्न र  उपलब्ध साधन तथा स्रोतलाई अधिकतम प्रयोगमा ल्याई सेवालाई प्रभावकारी बनाउनुपर्छ भन्नुभयोे ।  प्रदेश नं १ कार्यालयप्रमुख मोहम्मद सदरुलले कार्यालयको विद्यमान अवस्थाबारे जानकारी गराउनुभएको थियो ।
Categorized in राष्ट्रिय