STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

छाप्रो र पालमुनिको स्वास्थ्य सेवा हट्यो

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ११, बुधबार

विनाशकारी भूकम्पले क्षति पुगेका अधिकांश स्वास्थ्य सस्थाका सेवा अस्थायी भवनबाट सञ्चालन हुन थालेका छन् । भूकम्प गएको चार वर्षपछि  बल्ल  पाल, टेण्ट र छाप्रोमा स्वास्थ्य सेवा  सञ्चालन गर्नुपर्ने बाध्यता हटेको हो । 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भूकम्पले क्षति पुगेका अधिकांश स्वास्थ्य भवनको अस्थायी पुनःनिर्माण कार्य सम्पन्न भएको जनाएको छ । विसं २०७२ को विनाशकारी भूकम्पले ३१ जिल्लाका करीब एक हजार १०० स्वास्थ्यका संरचनालाई क्षति पु¥याएको थियो । भत्किएका ती अधिकांश संरचनाको  मर्मत  तथा अस्थायी भवन ९प्रि फ्याव० निर्माण कार्य सम्पन्न भएका छन् । अस्थायी भवन निर्माण सम्पन्न भएसँगै स्थायी संरचनाका कार्यसमेत अगाडि बढेको छ । 
स्वास्थ्यकर्मीले पालमुनि स्वास्थ्य सेवा दिनुपर्दा अत्यन्त कठिनाइ झेल्दै आएका थिए । बिरामीले सास्ती पाइरहेका थिए । परामर्शदाताको ढिलासुस्ती, ठेकेदारको कम्पनीको लापरवाही, सहयोगी राष्ट्रिय÷अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्थाका आ–आफ्नै स्वार्थ, पुनःनिर्माण गर्न मापदण्डअनुसारका जमीन अभाव, जमीनको स्वामित्वसमेत नहुनुजस्ता कारणले अस्थायी भवन तयार हुन लामो समय लागेको थियो ।
उसो त मन्त्रालयले गत वर्षदेखि प्राथमिक स्वास्थ्य संस्था सञ्चालनको जिम्मा स्थानीय निकायलाई हस्तान्तरण गरिसकेको छ । मन्त्रालयद्वारा प्रकाशित ‘भूकम्पपछिको स्वास्थ्य सस्था पुनःनिर्माण तथा पुनः स्थापना प्रतिवेदन २०७५’ मा क्षति पुगेका स्वास्थ्य संस्था  छाप्रो, टेण्ट र पालमुनिबाट सञ्चालन हुनुपर्ने बाध्यता नरहेको जनाइएको छ ।
प्रतिवेदनमा भनिएको छ, “स्वास्थ्य संस्था पाल, टेण्ट र छाप्रोमा सञ्चालन हुनुपर्ने बाध्यता समाप्त भएको छ ।” तर भूकम्पले क्षति पुगेका १०० स्वास्थ्य संस्थाको मर्मत कार्यमा अझै ढिलासुस्ती रहेको प्रतिवेदनमा रहेको छ । 
भूकम्प अति प्रभावित १४ जिल्लाका ४०० र प्रभावित १७ जिल्लाका १३५ स्वास्थ्य संस्था पूर्णरुपले क्षति पुगेको थिए । तीमध्ये अति प्रभावित जिल्लाका अधिकांश स्वास्थ्य संस्थाको मर्मत, अस्थायी प्रि–फ्याव संरचना तथा केहीको त स्थायी संरचनाको पुनःनिर्माणसमेत सम्पन्न भइसकेका छन् ।  
भूकम्पमा परी १८ जना स्वास्थ्यकर्मीको अकालमा मृत्यु भएको थियो । भूकम्पपश्चात् स्वास्थ्य सेवा प्रदान गर्न चार हजार स्वास्थ्यकर्मी परिचालन भएका थिए । भूकम्पपछि तयार पारिएको विस्तृत अध्ययन प्रतिवेदनमा भूकम्पले क्षति पु¥याएको स्वास्थ्य सेवाको पुनःस्थापना गर्न करीब रु १४ अर्बको प्रक्षेपण गरिएको थियो ।
भूकम्पले क्षति भएका स्वास्थ्य संस्था अस्थायी तथा स्थायीरुपमा पुनःनिर्माण गर्न सरकारले हालसम्म ७० वटा विभिन्न सहयोगी संस्थासित सम्झौता गरेको छ  । तत्काल सेवा सञ्चालन, मर्मत, प्रि–फ्याव तथा  स्थायी भवन निर्माण तथा चिकित्सकीय उपकरण सहयोग सम्झौताभित्र रहेका थिए । 
 
औषधि, चिकित्सकीय उपकरण, जनशक्ति व्यवस्थापन, पोषण, खानेपानी, सुरक्षित मातृत्व, परिवार नियोजनलगायतका क्षेत्रमा सम्झौता भएका दातृ निकायले सहयोग गरेका थिए । 
 
अर्कोतर्फ जापान सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा प्रसूति तथा वीरअस्पतालको भुइँतलाको कार्य सम्पन्न भएका छन् । जर्मन बैक केएफडब्लुको सहयोगमा गोरखा, रामेछाप, दोलखा र रसुवा जिल्ला अस्पतालको स्थायी भवन निर्माण कार्य अगाडि बढेको जनाइएको छ । 
Categorized in राष्ट्रिय