STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शववाहन हस्तान्तरण

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १०, मंगलबार

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा गठित क्यान्सर सेवा समाजलाई चितवन इँटा उद्योग व्यवसायी सङ्घले शववाहन हस्तान्तरण गरेको छ । सङ्घका अध्यक्ष नारायणप्रसाद सापकोटाले सोमबार एक समारोहका बीच शववाहनको साँचो अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आचार्यलाई हस्तान्तरण गर्नुभएको हो । सोही अवसरमा आचार्यले क्यान्सर सेवा समाजका अध्यक्ष चिजकुमार मास्केलाई साँचो हस्तान्तरण गर्नुभएको थियो । अस्पतालको नाममा रहने शववाहनले आजदेखि सेवा शुरु गर्नेछ । सङ्घले रु १० लाख १२ हजार ४०० मा खरीद गरेको शववाहनले क्यान्सर अस्पतालसँगै जिल्लामा सेवा दिनेछ । सङ्घका अध्यक्ष सापकोटाका अनुसार जिल्लामा रहेका दुई शववाहनले मात्रै जिल्लामा विभिन्न कारणबाट मृत्यु भएकालाई अन्त्येष्टिका लागि लैजान असहज भइरहेका बेला सङ्घले शववाहन प्रदान गरेको बताउनुभयो । टाटा सुमो मोडलको सो शववाहन खरीदका लागि सरकारले भन्सार छुटको व्यवस्था मिलाएको थियो । एम्बुलेन्सको रूपमा ल्याइएको सो गाडीलाई यहाँ ल्याएर मर्मतसम्भार गरी शववाहनको रूपमा परिणत गरिएको हो । कार्यक्रममा प्रदेश नं ३ का प्रदेशसभा सदस्य घनश्याम दाहाल, अस्पतालका कार्यकारी निर्देशक आचार्य, क्यान्सर सेवा समाजका अध्यक्ष मास्केलगायतले बोल्नुभएको थियो । कार्यक्रममा विभिन्न सामाजिक सङ्घ संस्थाका प्रमुख एवं प्रतिनिधि सहभागी रहेका थिए । जिल्लामा हाल शववाहनको पर्याप्तता नहुँदा शव एम्बुलेन्स र निजी सवारीमा बोक्नुपर्ने बाध्यता रहेको छ ।
Categorized in राष्ट्रिय