relans
ni new 83
nib 2082 5

कफी खेतीतर्फ आकर्षित हँुदै कालीमाटीका घर्ती

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ९, सोमबार

तनहुँको भानु नगरपालिका–१० कालीमाटीका एकबहादुर घर्तीले व्यावसायिक रुपमा कफी खेती गर्नुभएको छ । करीब ६०० कफीका बिरुवा लगाएर किसान घर्तीले आम्दानी गर्न थाल्नुभएको हो । 
चार वर्षदेखि कफी खेती शुरु गर्नुभएका घर्तीले गत वर्षदेखि कफीले उत्पादन दिन शुरु गरेको बताउनुभयो । ‘‘गत वर्ष करीब ७० किलो कफी उत्पादन भएका थियो’’ उहाँले भन्नुभयो, ‘‘सबै बिरुवाले एकै चोटी उत्पादन नदिँदा सोचेअनुरुप भएन तर यस वर्ष उत्पादन बढ्ने विश्वास लिएको छु ।’’  
उत्पादित कफी प्रतिकिलो रु ६०० मा बिक्री गर्ने गरेको छ । उहाँले भन्नुभयो, “उत्पादन भएको कफी काठमाडाँैमा लगेपछि सजिलैसँग बिक्री हुन्छ ।  आफूले गाउँमा कफी खेती शुरु गर्न थालेपछि त्यसबाट प्रभावित भई यहाँका झण्डै १५÷१६ जनाले धेरथोर कफी खेती गर्न थालेका छन् । 
कृषि ज्ञान केन्द्र तनहुँको सिफारिसमा गत वर्ष काठमाडाँैस्थित बागवानी अनुसन्धान केन्द्र कीर्तिपुरमा एक हप्ताको नर्सरीमा बिरुवा उत्पादन गर्ने तालीम लिएपछि उहाँले कफी खेती गर्न शुरु गर्नुभएको हो । उहाँले भन्नुभयो, “तालीमपश्चात् एक रोपनी क्षेत्रफलमा करीब २२ हजार कफीका बिरुवा उत्पादन गरेको छु ।’’ 
तरकारी तथा फलफूल खेतीका लागि नगरपालिकाले आवश्यक पर्ने औजार र बीउ अनुदानमा उपलब्ध गराएका छ । भानु नगरपालिका–१० का वडाध्यक्ष गोविन्दराज सिलवालले भन्नुभयो, “गाउँका अन्य कफी खेती किसानले आवश्यक सामग्रीको माग गरे त्यसको लागि व्यवस्था मिलाउछौँ ।” 
 
Categorized in राष्ट्रिय
ppp 2