STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कैदीको रगतले सुत्केरीको ज्यान बच्यो

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ८, आइतबार

सल्यानमा कैदीले दान दिएको रगतबाट  एक सुत्केरीको ज्यान जोगाइएकोे छ । रोल्पा जिल्ला गङ्गादेव गाउँपालिका–७की २१ वर्षीया मनिषा केसी ओलीको यहाँस्थित जिल्ला अस्पतालमा उपचारको समयमा रगत अभाव भएपछि कैदी पूजा घर्तीले रक्तदान गर्नुभएको हो  । “अस्पतालमा रगत अभावका कारण सुत्केरीको उपचार हुन समस्या भएको समाचार सुनेपछि मैले रक्तदान गरेकी हूँ, ” पूजाले भन्नुभयो ।
गत शुक्रबारदेखि नै घरमै व्यथा लागेको मनिषालाई शनिबार बिहान जिल्ला अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । पेटमा रहेको बच्चाको मृत्यु भइसकेकाले शल्यक्रिया गरेर निकालिएको चिकित्सक प्रदीप शर्माले जानकारी दिनुभयो । “जिल्लामा ब्लड बैंक छैन शल्यक्रिया गर्नुपरेमा रक्त समूह मिल्ने व्यक्तिलाई फोन गरेर अस्पतालमा बोलाएर रगत झिक्छौ ।”  उहाँले भन्नुभयो । 
Categorized in राष्ट्रिय