सहकारीलाई सूचनामैत्री बनाउनु आवश्यक ः सांसद बस्नेत
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ८, आइतबार
प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सहकारीलाई सूचनामैत्री बनाएर लैजानुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ ।
दक्षिणकाली महिला तथा बचत ऋण सहकारी लि।ले आजोजना गरेको ‘सूचना प्रविधिमा महिलाको पहुँच’ विषयक दुईदिने तालीमको समापन अवसरमा उहाँले सूचना प्रविधिको प्रयोग नै आर्थिक विकास र समृद्धिको आधार भएको बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का युवा नेता एवं पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले भन्नुभयो, “वर्तमान समयमा जो व्यक्तिसँग सूचना र प्रविधिको धेरै ज्ञान छ, त्यो व्यक्ति नै संसारमा सबैभन्दा बढी धनी हुन्छन्, त्यसैले सबै सहकारीलाई सूचना प्रविधिमैत्री बनाउँदै लैजानुपर्छ ।”
सूचनाको प्रयोगमार्फत् सहकारीले उत्पादन वृद्धि गरी व्यापारको व्यापक विस्तार गर्दै रोजगारीमूलक बनाउनुपर्नेमा जोड दिँदै उहाँले उत्पादनलाई उद्योग र उद्योगलाई प्रविधिमैत्री बनाई देशको आर्थिक वृद्धिदरलाई उच्चतहमा पु¥याउन सहकारीको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो ।
तालीममा सहभागी ४० महिलालाई हातमा भएको मोबाइलको प्रविधिले कसरी सूचना प्रवाह गर्न सकिन्छ भन्नेबारेमा तालीम दिइएको संस्थाका अध्यक्ष सुशीला सुवेदीले जानकारी दिनुभयो । कार्यक्रममा सहभागीलाई सांसद बस्नेतले प्रमाणपत्रसमेत प्रदान गर्नुभयो ।
Categorized in राष्ट्रिय


