STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मिथिलामा वासन्ती छठ सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २९, शुक्रबार

महोत्तरीसहितका मिथिलामा श्रद्धा र निष्ठापूर्वक वासन्ती छठपर्व आज सम्पन्न गरिएको छ । आज चैत शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर यसपालिको वासन्ती चैती छठ सम्पन्न गरिएको हो । शारदीय छठकै विधिमा मनाइने वासन्ती छठका व्रतालुले आज पवित्र जलाशयमा बनाइएको घाटमा उदाउँदो सूर्यलाइ अघ्र्य दिएर पर्व सम्पन्न गरेका हुन् । चैत शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म मुख्य चार दिनको विधि हुने यो पर्वमा चौथीका दिन नहायखाय, पञ्चमीका दिन खरना, षष्ठीका दिन निराहार व्रत बसेर सझुकाअरख र सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर भोरकाअरख विधि गरेर यो पर्व सम्पन्न गरिन्छ । छठपर्व कात्तिक शुक्लपक्ष र चैत शुक्लपक्षमा गरी दुई पटक मनाइन्छ । कात्तिक शुक्लपक्षमा मनाइने छठलाई शारदीय कैतकी र चैतमा मनाइने यो पर्वलाइ वासन्ती चैती भनिने चलन छ । मिथिलामा शारदीय छठ जतिको उल्लास र सहभागिता वासन्ती छठमा नदेखिए पनि पछिल्ला एक दशकयता चैतमा पनि छठ मनाउनेको सङ्ख्या बढ्दै गएको छ । रोगव्याधी नलाग्ने, सन्तान सुख प्राप्त हुने र कल्याणदायक हुने विश्वासमा सूर्यको उपासना गरिने यो पर्व मिथिलाको लोकसंस्कृतिको अभिन्न अङ्ग नै मानिन्छ ।
Categorized in राष्ट्रिय