STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आँधीपीडितलाई इक्यानको सहयोग

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २६, मंगलबार

नेपाल शैक्षिक परामर्श सङ्घ इक्यान ले बारा र पर्साका आँधीपीडितका लागि रु पाँच लाख दुई हजार ५७६ सहयोग गरेको छ ।  इक्यानले सङ्घका विभिन्न सदस्यबाट रकम सङ्कलन गरी प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई आज सहयोग कोषका लागि रकम हस्तान्तरण गरिएको सङ्घका कार्यवाहक अध्यक्ष महेशबाबु तिमल्सिनाले भन्नुभयो । विपद्का समयमा सबैले पीडितका लागि सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
पीडितका लागि विभिन्न क्षेत्रबाट थुप्रै सहयोग सङ्कलन भइरहेको मुख्यमन्त्री राउतले जानकारी दिनुभयो । उहाँले आआफ्ना क्षेत्रबाट सबैलाई सहयोग गर्न आग्रहसमेत गर्नुभएको छ ।
Categorized in राष्ट्रिय