STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सदरमुकाम जोड्ने सडक निर्माण

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २२, शुक्रबार

बाँकेको जानकी गाउँपालिकालाई सदरमुकाम नेपालगञ्जसँग जोड्ने मुख्य सडक निर्माण कार्य शुरु गरिएको छ । वडा नं ६ गनापुरस्थित पिप्रहवा चोकदेखि वडा नं ४ खजुराखुर्दको नहरचोक हुँदै नेपालगञ्ज–गुलरिया हुलाकी सडकमा जोड्ने गरी सडक निर्माणकार्य शुरु गरिएको गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले बताउनुभयो । “गनापुरको भित्रसम्म उद्योग खुलेका छन्, साँघुरो र कच्ची सडक भएका कारण मालबाहक सवारीसाधन हिँड्न कठिनाई हुँदै आएको छ”, उहाँले भन्नुभयो, “यो सडक निर्माणले गाउँपालिकामा रहेका उद्योगका सवारीसाधनसँगै सर्वसाधारणलाई आवागमनमा सजिलो हुनेछ ।” गनापुरको पूर्वी क्षेत्रमा रहेका उद्योगले नेपालगञ्ज, कोहलपुर सडक प्रयोग गर्दै आए पनि पश्चिमतर्फ भित्रीभागमा रहेका उद्योगलाई सो सडक निर्माणपछि सवारी साधन आवागमनमा सहज हुनेछ । सिक्टा सिँचाइको नहरसमेत यही सडकको किनारबाट निर्माण हुँदैछ । सिक्टाको नहरबाट तीन मिटर र स्थानीय जग्गधनीबाट चार मिटर जमीन प्राप्त गरी सात मिटर चौडाइ हुनेगरी सडक निर्माण शुरु गरिएको गाउँपालिकाका इञ्जिनीयर निसार खानले बताउनुभयो । उहाँका अनुसार, गाउँपालिकाको रु डेढ करोड र संसद विकास कोषको रु डेढ करोड गरी रु तीन करोडको लागतमा सात किलोमिटर लम्बाइको सो सडक निर्माण शुरु गरिएको हो ।
Categorized in राष्ट्रिय