STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विक्रमबाबा मेला शुरु

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २२, शुक्रबार

चितवन राष्ट्रिय निकुञ्जभित्रको कसरामा विक्रमबाबा मेला शुरु भएको छ । रुखमुनि हरेक वर्षको चैते दशैँमा मेला लाग्ने गर्दछ । स्थानीय केरुङ्गा र पटिहानी मध्यवर्ती सामुदायिक वनले मेलाको व्यवस्थापन गर्ने गरेको छ । मेला व्यवस्थापन समितिका संयोजक रामप्रसाद चालिसेका अनुसार आजबाट आगामी वैशाख ६ गतेसम्म मेला लाग्ने छ । मेलामा आउनेका लागि शौचालय, खानेपानी, पार्कीङ्, सडक मर्मतसम्भार एवं व्यवस्थापन गरिएको छ । स्वंयमसेवक परिचालन गरेर मेला व्यवस्थित बनाइएको उहाँले बताउनुभयो । परापूर्वकालदेखि थारु जातिले पूजा गर्दैआएको विक्रमबाबाको पूजा हाल आएर सबै जातजातिले एक भएर चैते दशैँका अवसरमा आंैसीदेखि पूर्णिमासम्म पूजाआजा गरेर मनाउने गर्दछन् । विक्रमबाबामा पूजाआजा गर्नाले सन्तान नभएकालाई सन्तान प्राप्त हुने र सन्तान हुनेको सन्तान दीर्घायु हुने जनविश्वास रहेको छ । मनमा चिताएका कुरा पूरा हुने विश्वास पनि रही आएको छ । मेलामा होटल, खुद्रा सामाग्री, कपडालगायतका स्टल छन् । मेलामा वनभोज खाने ठाउँ समेत छ । मेलामा १०६ पूजा सामग्री पसल, ९४ फेन्सी र ६४ होटल रहेका चालिसेले बताउनुभयो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले ठाउँ÷ठाउँमा सिसी क्यामरा र स्पायी क्यामेरा राखेर अनुगमन गरिएको बताउनुभयो । ठूलो सङ्ख्यामा मानिसको आवागमन हुने भएकाले सुरक्षामा उच्च सतर्कता अपनाइएको उहाँले बताउनुभयो । यसैवर्षको जनबरी १ तारीखबाट निकुञ्जमा प्लाष्ट्रिक प्रवेशमा कडाइ गरिएकाले कपडाका झोला प्रयोग गर्न निकुञ्जले अनुरोध गरेको छ । गतवर्ष झण्डैं चार लाखले विक्रमबाबाको दर्शन गरेको अनुमान गरिएको थियो । विक्रमबाबामा बोकाको बलि र परेवा छाड्ने गरिन्छ । मेला भर्न नेपाल, भारत तथा अन्य देशबाट समेत भक्तजन आउने गरेको मेला आयोजकले जनाएको छ ।
Categorized in राष्ट्रिय