STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मौसम बदलीसँगै वर्षा

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २२, शुक्रबार

देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँदा अधिकांश भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिएको छ । साथै तराईका सिमाना र पश्चिमी पहाडका केही स्थानमा हल्का हावाहुरी चल्ने तथा उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार पनि अधिकांश भागको मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनका साथ हल्कादेखि मध्यम वर्षा र बिहानको समयमा तराईमा हल्का हावाहुरी चल्ने महाशाखाले प्रक्षेपण गरेको छ । त्यस्तै आइतबार केही स्थानमा मेघ गर्जनसहित वर्षा र मध्य तथा पश्चिमका थोरै स्थानमा हल्का हावाहुरी चल्ने सम्भावना रहेको जानकारीसहित महाशाखाले तीन दिनको मौसमी अवस्थाको पूर्वानुमान गरेको छ ।
Categorized in राष्ट्रिय