STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

धोबिखोलामा पुलको शिलान्यास

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २२, शुक्रबार

काठमाडौँ महानगरपालिका–४ र ७ आनन्दनगर र गङ्गाहिटी जोड्ने पुलको शिलान्यास गरिएको छ । आज एक कार्याक्रमबीच प्रदेश नं ३ का प्रदेशसभा सदस्य नारायण सिलवालले पुलको शिलान्यास गर्नुभएको हो । चाबहिल गोपिकृष्ण हल नजिकैको पुलमा सवारी साधनको चाप बढेपछि सजिलै सवारी पास गराउन वैकल्पिक मार्गका रूपमा धोबिखोलामा पुलःनिर्माण गर्न लागिएको प्रदेशसभा सदस्य नारायण सिलवालले जानकारी दिनुभयो । बीस मिटर लम्बाइको हुने उक्त पुलःनिर्माणका लागि रु दुई करोड लागत लाग्ने उहाँले बताउनुभयो । उहाँले पुलःनिर्माण पश्चात सवारी आवागमन र पैदलयात्रीलाई सुविधा हुने बताउनुभयो । पुलःनिर्माणका लागि बजेट व्यवस्थापन सहयोग पु¥याएकामा प्रदेश सरकार र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईलाई उहाँले धन्यवाद समेत दिनुभएको थियो । वडा नं ४ का अध्यक्ष मोहनकुमार विष्ट, वडा नं ७ का अध्यक्ष शुद्ध डङ्गोल, टोल सुधार समितिका अध्यक्ष लगायत उपस्थित हुनुहुन्थ्यो ।
Categorized in राष्ट्रिय