-
२०८२ बैशाख ८, सोमबार
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा
काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार अपराह्न करिब ५ बजेतिर भेटेर उनले राजीनामा दिएकी हुन्। स्वास्थ्यका कारण मन्त्री भट्टराईले राजीनामा दिएको उनको सचिवालयले जानकारी दिएको छ। ‘मन्त्रीज्यूले आफ्नो स्वास्थ्य अवस्थाका कारण राजीनामा दिनुभएको हो,’ उनका स्वकीय सचिव अशेष पोखरेलले भने, ‘उहाँले प्रधानमन्त्रीज्यूलाई...
-
२०८२ बैशाख ८, सोमबार
ग्रामिण चलचित्र महोत्सवमा प्रदिप खड्का , जीतु नेपाल र केकी अधिकारी उत्कृष्ट ठहरियो
रसुवा जिल्लाको धुन्चेमा शनिवार सम्पन्न चौथो नेपाल ग्रामिण चलचित्र महोत्सवमा लोकप्रिय अभिनेता जीतु नेपालले फिल्म ‘ज्वाईसाब’ बाट उत्कृष्ट अभिनेताको अवार्ड अवार्ड जितेका छन् । समारोहमा अभिनेत्री केकी अधिकारीले फिल्म ‘बोक्सीको घर’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । रसुवा धुन्चेको गोसाईकुण्ड गाउँपालिकामा गत वैशाख ४ गते बिहीवारदेखि प्रारम्भ भएर वैशाख ६ गते शनिवार सम्पन्न भएको महोत्सवमा अभिनेता...
-
२०८२ बैशाख ८, सोमबार
कलाकार पहारी र उप्रेती लगायत पत्रकार सुबेदीले पाउने भए हरितारा चलचित्र पुरस्कार
वि.सं . २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारानानी) ले आफू तथा आफ्ना श्रीमान् हरि शमशेरको नाममा अक्षयकोष राखि स्थापना गरिएको हरितारा चलचित्र पुरस्कार चलचित्र क्षेत्रकै पहिलो पुरस्कार हो । हरितारा चलचित्र पुरस्कारको संरक्षक मनोज शमशेर जबराको अध्यक्षतामा हालै बसेको बैठकले वि.सं .२०८० र ०८१ सालको गरी दुइ वर्षको हरितारा चलचित्र पुरस्कार विशिष्ट चलचित्रकर्मी अभिनेता टिका पहारी तथा अभिनेत्री...
-
२०८२ बैशाख ६, शनिबार
विश्वप्रसिद्ध एनिमेशन कम्पनी पिक्सरका पूर्व लाइटिङ्ग डाइरेक्टरसंग अन्तरक्रिया हुने
Animation and VFX Artists Association of Nepal (AVAAN) को आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा आगामी वैशाख ८ गते सोमबार काठमाडौंमा विशेष कार्यक्रम ‘PIXAR TO PIXELS: Evening with Jeremy Vickery’ आयोजना हुने चलचित्र विकास बोर्डले सामाजिक सन्जालमार्फत सुचना सार्वजनिक गरेको छ । कार्यक्रममा विश्वप्रसिद्ध एनिमेशन कम्पनी PIXAR का पूर्व लाइटिङ्ग डाइरेक्टर Jeremy Vickery विशेष अतिथिका रूपमा सहभागी...
-
२०८२ बैशाख ५, शुक्रबार
कमजोर नगर प्रमुख : कीर्तिपुर पर्यटक सूचना तथा सेवा केन्द्र बेवारिस
घर–गृहस्थीमा, परिवारको प्रमुख व्यक्ति कमजोर भएको अवस्थामा आफ्ना सम्पूर्ण परिवार नै विच्चलीमा पर्ने तथ्य त सबैले जानेको र बुभेको नै विषय हो । यस्तै अवस्था कीर्तिपुर नगरपालिकामा भइरहेको अवस्था छ । कीर्तिपुर नगरपालिकाले नयाँबजार १० वडास्थित खेलमैदानमा कीर्तिपुर पर्यटक सूचना तथा सेवा केन्द्र निर्माण कार्य सम्पन्न गरिसकेको छ । तर उक्त कीर्तिपुर पर्यटक सूचना तथा सेवा केन्द्र नगरपालिकाले संचालनमा ल्याउन...
-
२०८२ बैशाख १, सोमबार
महानायक राजेश हमालले उद्घाटन गरे सिटी सेन्टरमा 18 D सिनेमा
नयाँ वर्षको विशेष अवसर पारेर काठमाण्डौँको सिटी सेन्टरमा अत्याधुनिक प्रविधिमा आधारित 18 D सिनेमा सञ्चालनमा आएको छ। यस सिनेमाको औपचारिक उद्घाटन सोमबार महानायक राजेश हमालले रिबन काटेर गरे । उद्घाटन समारोहमा सहभागी हमालले आफैंले पनि 18 D सिनेमाको अनुभव लिए। पत्रकारहरूसँगको कुराकानीमा उनले भने ” १८ डी प्रविधिबाट हरेक दृश्यमा आफू समावेशजस्तै महसुस भयो, यस्तो रोमाञ्चक अनुभव पहिले कहिल्यै भएको थिएन।”...
-
२०८१ चैत्र २९, शुक्रबार
शिक्षक र शिक्षा मन्त्रालयबीच छलफल
काठमाडौं - आन्दोलनरत शिक्षकहरू र शिक्षा मन्त्रालयबीच शुक्रबार पनि छलफल भएको छ । आजको वार्तामा शिक्षामन्त्री विद्या भट्टराई सहभागी नभएको बताइएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीको नेतृत्वमा शिक्षकहरुसंग छलफल भएको हो । छलफलमा दुवै पक्षले आ-आफ्ना कुराहरू राखे । शिक्षा मन्त्रालयले बोलाएपछि हिजो (बिहीबार) पहिलो छलफल भएको थियो । आज पुनः छलफलमा बस्ने गरी हिजोको...
-
२०८१ चैत्र २९, शुक्रबार
गण्डकी विश्वविद्यालयको कुलपतिमा तिवारी नियुक्त
काठमाडौं - गण्डकी विश्वविद्यालयको कुलपतिमा इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई ५ वर्षका लागि कुलपति नियुक्त गरेका हुन् । सिफारिस समितिले उनीसहित ३ जनाको नाम सिफारिस गरेको थियो । उनीसहित प्राडा विश्वकल्याण पराजुली र प्राडा सरोज कोइरालाको नाम सिफारिसमा परेको थियो । मुख्यमन्त्री पाण्डेले तिवारीलाई रोजेका हुन् । उनी पोखरा विश्वविद्यालय स्कुल अफ सोसल...
-
२०८१ चैत्र २९, शुक्रबार
काठमाडौँ महानगरले प्रकाशन गर्यो कक्षा ८ को अन्तिम नतिजा
काठमाडौँ - काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले शुक्रबार आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षाको नतिजा प्रकाशन गरेको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धर, सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झासहितको वैठकमा परीक्षा समितिले नतिजाको विश्लेषण गर्दै नतिजा प्रकाशन गरेको हो । त्यस अवसरमा परीक्षा समितिका संयोजक केशव ज्ञवालीले नतिजा सम्बन्धी प्रस्तुतिकरण गर्नुभएको थियो । ज्ञवालीका अनुसार ३...
-
२०८१ चैत्र २९, शुक्रबार
प्रसाईंलाई अन्ततः पक्राउ
काठमाडौँ - विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अन्ततः प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले प्रसाईंलाई भारतको असामबाट पक्राउ गरेको दाबी कतिपयले गरेका छन् भने प्रहरीले भने झापाबाट पक्राउ गरेको जनाएको छ । बिहीबार (चैत २८) साँझ ब्युरोको टोलीले प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई असामको बास्काबाट पक्राउ गरेको थियो । तर, नेपाल र भारतबीच सुपुर्दगी सन्धि नभएका कारण...
-
२०८१ चैत्र २९, शुक्रबार
जनबहाःद्यः (सेतो मछिन्द्रनाथ)को मूर्ति मन्दिरमा पुनःस्थापना
काठमाडौँ - २०७२ सालको विनाशकारी भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनर्निर्माणपछि पुनः जनबहाल मन्दिरमा प्रतिष्ठा गरिएको छ। ५ दिने सेतो मछिन्द्रनाथ जात्राको समापनसँगै २०८१ चैत्र २७ गते मन्दिरमा विधिवत् रूपमा मूर्ति पुनः स्थापना गरिएको हो। नेवार समुदायको गहिरो आस्थासँग जोडिएको यो पुनः स्थापना धार्मिक मात्र नभई सांस्कृतिक दृष्टिले समेत ऐतिहासिक क्षण भएको जनाइएको छ। ...


