STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ चैत्र २१, बिहिबार

    काठमाडौँको प्रदूषण नियन्त्रण गर्न हप्ताको दुई दिन सार्वजनिक बिदा दिन सुझाव

    काठमाडौँ - वातावरण प्रदूषणको हालको अवस्थाबारे सहरी विकास मन्त्रालयमा छलफल भएको छ । प्रदूषण बढिरहेका बेला यसलाई कसरी रोक्ने र असर कम गर्ने विषयमा सरोकारवाला र विज्ञहरूसँग कार्यवाहक प्रधानमन्त्री समेत रहेका सहरी विकासमन्त्री प्रकाशमान सिंहले बिहीबार छलफल गरेका हुन् ।  छलफलमा विज्ञहरूले प्रदूषण कम नहुँदासम्म हप्ताको दुई दिन सार्वजनिक बिदा दिन र जोर–बिजोर गरेर सवारी साधन चलाउन सरकारलाई सुझाव दिएका...

  • २०८१ चैत्र २१, बिहिबार

    कुलमानको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, खुल्यो हितेन्द्रलाई काम गर्ने बाटो

    काठमाडौं - नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यको नियुक्तिविरुद्ध निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा उक्त मुद्दाको बिहीबार अपरान्ह सुनवाइ सकिएपछि कुलमानको पक्षमा अन्तरिम आदेश नदिएको हो । यससँगै सरकारद्वारा...

  • २०८१ चैत्र २१, बिहिबार

    सेतो मच्छिन्द्रनाथको जात्रा चैत २३ देखि

    काठमाडौँ - सेतो मच्छिन्द्रनाथको जात्रा यही चैत २३ गतेदेखि सुरु हुँदैछ । स्थानीय भाषामा जनबहाः द्यः पनि भनिने यस देवतालाई बौद्धहरूले आर्यावलोकितेश्वर वा करुणामयको रुपमा पुज्छन् ।  हरेक वर्ष पौष शुक्ल पक्ष अष्टमीका दिन महास्नान गराई मनाउन सुरु गरिने जात्राको व्यवस्थापन यस वर्ष पनि जनबहाःद्यः रथ जात्रा व्यवस्थापन समितिले गरिरहेको छ । समितिले पछिल्लो १३ वर्षदेखि रथजात्राको व्यवस्थापन गरिरहेको छ ।...

  • २०८१ चैत्र २१, बिहिबार

    मेयर बालेनले तालाबन्दी गरेपछि ढोका फोडेरै गुरागाईं मनपा पसे, मेयरलाई अगाडि आउन उपमेयर डंगोलको चुनौती

    काठमाडौं - काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा उपस्थित हुने थाहा पाएपछि मेयर बालेन्द्र शाह (बालेन)को निर्देशनमा नगरप्रहरीले उनको कार्यकक्षमा ताला लगाइदियो ।  उनी चढ्ने गाडीमा ह्विललक लगाएर गुरागाईंलाई कार्यालय छिर्न नदिन मुख्य गेटमै नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेको टोली तैनाथ भयो । तीन महिनादेखि तलब नपाएको भन्दै महानगरकै कर्मचारीहरू आन्दोलनमा उत्रिए ।...

  • २०८१ चैत्र २०, बुधबार

    तराई मधेस जागरण अभियान पुनः सुरू भयो : अध्यक्ष दाहाल

    बाँके - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टीले केही समय स्थगित गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियान पुनः सुरू गरिएको बताएका छन् ।  बाँकेको कोहलपुरमा आज अनेमसङ्घ क्रान्तिकारी लुम्बिनीको दोस्रो प्रदेश सम्मेलन उद्घाटन गर्दै प्रचण्डले अभियान नवलपरासीबाट सुरू गर्नुपर्ने भए पनि महिलाको प्रदेश सम्मेलनसँगै लुम्बिनीबाट अभियान सुरू गरिएको जानकारी दिए ।  अध्यक्ष...

  • २०८१ चैत्र २०, बुधबार

    लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन

    लुम्बिनी - बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना, विश्वविद्यालय अनुदान आयोगको सहयोग र ग्लोबल युनिभर्सिटी नेटवर्कको सहकार्यमा लुम्बिनीमा अन्तरराष्ट्रिय उपकुलपति र १८औँ न्यूज (पूर्व, पश्चिम, उत्तर, दक्षिण) सम्मेलन सुरु भएको हो । सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले चौथो औद्योगिक...

  • २०८१ चैत्र २०, बुधबार

    उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको व्यापार बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर

    काठमाडौँ - नेपाल उद्योग वाणिज्य महासङ्घ र थाइल्यान्डको थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्य तथा व्यापार अभिवृद्धि सम्बन्धी आपसी सहकार्यका लागि समझदारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक थाइल्याण्ड भ्रमणका क्रममा बुधबार महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र थाई बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलले समझादरीपत्रमा हस्ताक्षर गरेका हुन् । यो समझदारीले नेपाल र...

  • २०८१ चैत्र २०, बुधबार

    प्रधानमन्त्रीले भेटे थाइल्याण्डका राजा

    बैंकक - थाइल्यान्डका राजा महा बजिरालोङकर्नसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज भेटवार्ता गरेका छन् । थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहेका प्रधानमन्त्री ओलीले राजा बजिरालोङकर्नसँग बैंककस्थित एम्फोर्न राजदरबारमा शिष्टाचार भेटवार्ता गरेका हुन् । राजदम्पत्तीले प्रधानमन्त्री...

  • २०८१ चैत्र २०, बुधबार

    यी हुन् फोर्ब्सका नयाँ १५ अर्बपति, एक नम्बरमा एलन मस्क

    काठमाडौं - विश्वप्रसिद्ध पत्रिका फोब्सले सन् २०२५ को लागि विश्वका अर्बपतिको वार्षिक सूची सार्वजनिक गरेको छ । फोब्सले बुधबार सार्वजनिक गरेको सूचीमा एक अर्ब डलर भन्दा धेरै सम्पत्ति भएका २९३३ जनाको नाम सार्वजनिक गरिएको हो ।  उक्त सूचीको सबैभन्दा माथिल्लो स्थानमा अमेरिकी अर्बपति व्यापारी एलन मस्क रहेका छन् । अमेरिकी सरकारी प्रभावकारिता विभाग (डज) का प्रमुख समेत रहेका उनी ३०० अर्ब डलरसहित पहिलो...

  • २०८१ चैत्र २०, बुधबार

    २५ करोड रूपैयाँ विदेशी मुद्राको मालिक रक्तचन्दन तस्कर

    काठमाडौं - गत चैत ४ गते काठमाडौंको टोखा नगरपालिका झोरबाट ट्रकमा बरादम भएको करिब २५ करोड रूपैयाँ बराबरको विदेशी मुद्राको मालिक सिन्धुपाल्चोकका विवादास्पद व्यवसायी नारायण पौडेल रहेको खुलेको छ । प्रहरीले दुई साताको अनुसन्धानपछि २५ करोड बराबरको अमेरिकी डलर र युरोको मालिक पौडेल भएको खुलेको हो । यसअघि पनि पटक-पटक रक्तचन्दन तस्करीलगायतका कारोबारमा विवादमा परेका पौडेलको परिवार नै तस्करीमा संलग्न रहेको छ...

  • २०८१ चैत्र २०, बुधबार

    पत्रकार सुरेश रजकको शव पोस्टमार्टमपछि ढल्कोमा गरियो अन्त्येष्टि

    चैत १५ गते राजावादीको प्रदर्शनक क्रममा काठमाडौँको तीनकुनेमा भएको भवन आगलागीमा परेका मृतक पत्रकार सुरेश रजकको दाहसंस्कार गरिएको छ। बुधबार त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेसँगै ढल्कोमा अन्तिम दाहसंस्कार गरिएको हो। अन्त्येष्टिमा परिवारका सदस्यसँगै उनका शुभचिन्तक, पत्रकारहरू पुगेका थिए। त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेर उनलाई गोली नलागेको पहिचान भएसँगै आजै पोस्टमार्टम गरिएको थियो। रजकलाई...

  • २०८१ चैत्र २०, बुधबार

    तीनकुने घटना : मृतकका परिवारलाई १०–१० लाख रुपैयाँ दिने सरकारको निर्णय

    काठमाडौं - सरकारले तीनकुने घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई १०–१० लाख रुपैयाँ दिने भएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट मृतक सुरेश रजक र सविन महर्जनको परिवारलाई १०–१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ । राजावादीले चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो । पत्रकार रजकको आगोमा जलेर र कीर्तिपुरका...

Pages