STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शताब्दी पुरुष सत्यमोहन जन्म जयन्तीको अवसरमा पूर्णप्रसाद ब्राह्मणबारे कृति सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ बैशाख ३१, बिहिबार

वानीरा फाउन्डेसनले आज एक समारोह बीच राजधानी काठमाडौँमा शताब्दी पुरुष डा.सत्यमोहन जोशीको एक सय सातौँ जयन्ती मनाएकाे छ ।

सोही अवसरमा महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले नरेन्द्रराज प्रसाईद्वारा लिखित 'सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण' नामक कृतिको लोकार्पण गर्नुभयो । उक्त कृति ४२ वर्षअघि नरेन्द्रराज प्रसाईले पूर्णप्रसाद ब्राह्मणसित लिएको अन्तर्वार्तामा आधारित छ । 'सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण' नइ एकेडेमीको १९३ ओैँ कृति हो ।

साे  कार्यक्रममा 'सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण'नामक कृति माथि डा.त्रिपाठी र प्रा.केशव सुवेदीले बृहत् समीक्षा गर्नुभएको थियो ।

सो अवसरमा प्रमुख अतिथि डा.त्रिपाठीले पूर्णप्रसाद ब्राह्मण विषयक विद्याविरिधि गर्ने प्रा.डा.नुरापति पोखरेललाई सम्मान गर्नुभयो ।

वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा कावेरी जोशी, दिनेश शर्मा, सदस्यसचिव नरेन्द्रराज प्रसाई र कार्यक्रम संयोजक भगवती बस्नेतले शताब्दी पुरुष डा.सत्यमोहन जोशीको महिमा र नव कृतिबारे मन्तव्य प्रकट गर्नुभयो ।

 

 

Categorized in साहित्य-कला