STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

  • २०८१ जेठ ३, बिहिबार

    सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’

    भैरहवा- प्रत्येक वर्ष सगरमाथा दिवसका (मे २९) मा आयोजना हुने ‘एभरेष्ट म्याराथन’को सुरुवातमा प्रज्ज्वलित गरिने विश्व शान्ति दीपको ज्योति बुद्ध जन्मस्थल लुम्बिनीबाट आज सगरमाथा आधार शिविरतर्फ पठाइएको छ। एभरेष्ट म्याराथनको आयोजक संस्था हिमालय एक्सपिडिसनले एक कार्यक्रम गरी लुम्बिनीमा रहेको शान्ति दीपको ज्योति लुम्बिनी विकास कोषका आध्यात्मिक सल्लाहकार भिक्षु मैत्रीयमार्फत दक्षिण एसियामा म्याराथनका...

  • २०८१ जेठ ३, बिहिबार

    सरकारले बेवास्ता गरेको भन्दै डा. गोविन्द केसीले तोडे अनशन

    काठमाडौं - डा..गोविन्द केसीले अनसन तोडेका छन् । बैशाख २९ गतेदेखि  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामासहित चार बुँदे माग राख्दै आमरण अनशन सुरु गरेका थिए ।  पशुपति क्षेत्रमा अनशन सुरु गरेका केसीको स्वास्थ्यमा समस्या आएपछि उनलाई शिक्षण अस्पताल महाराजगञ्ज लागिएको थियो ।  त्रिवि शिक्षण अस्पतालमा विहिबार पत्रकार सम्मेलन गर्दै केसीले आफ्नो २२औँ अनसन तोडेका हुन् । उनले सरकारले आफ्नो अनसन...

  • २०८१ जेठ ३, बिहिबार

    सन्दीपको निलम्बन फुकुवा, सबै प्रकारका खेलमा सहभागिता जनाउन पाउने

    काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ। उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले उनको निलम्बन फुकुवा गरेको हो। निलम्बन फुकुवा भएसँगै लामिछानेले सबै प्रकारका घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन पाउने भएका छन्। 

  • २०८१ जेठ ३, बिहिबार

    संसदीय छानविन समिति नबन्ने रास्वपाको घोषणा

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अब संसदीय छानविन समिति नबन्ने घोषणा गरेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानविनको माग गर्दै संसदीय समितिको माग राख्दै कांग्रेसले धकेलाधकेलको स्थिती बनाएपछि समिति नबन्ने घोषणा गरेको हो । रास्वपाका सांसद मनिष झाले भने, ‘हामीले सहमतिको लागि धेरै प्रयास गर्यौं तर, अब समिति बन्दैन । त्यो शर्तमा बन्छ हामी २३ महिना मात्रै...

  • २०८१ जेठ ३, बिहिबार

    संसदमा झडपको स्थिति, सांसदहरूबीच धकेलाधकेल र भनाभन

    काठमाडौं- प्रतिपक्षी दलले संसद् अवरुद्ध गरेको समयमा सभामुखले कार्यसूची अगाडि बढेपछि नेपाली कांग्रेसले संसदीय मर्यादाको नारा लगाएको छ। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले नाराबाजी सुरु गरेपछि सभामुख देवराज घिमिरेले कार्यसूची पढ्न थाले।  त्यसपछि कांग्रेस सांसदले ‘संसदीय मर्यादा कायम गर, जबरजस्ती बन्द गर’ भन्दै नाराबाजी गरे। यस्तै ‘संसदीय छानबिन समिति गठन गर, सहकारी ठगलाई कारबाही गर’ जस्ता...

  • २०८१ जेठ ३, बिहिबार

    दिपेन्द्रसिंह ऐरीको आइसीसी टी–२० वरियता ‘टप टेन’मा

    काठमाडौं - नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी आइसीसीको टी–२० को अलराउण्डर वरियतामा टप टेनमा परेका छन् ।  आइसीसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा एक स्थान सुधार गर्दै १०औँ स्थानमा उक्लिएका हुन् । दिपेन्द्र आइसीसीको वरियतामा शिर्ष १० मा पर्ने पहिलो खेलाडी समेत बनेका छन् ।  टी–२० को अलराउण्डर वरियताको शीर्ष स्थानमा बंगलादेशका अल हसन रहेका छन् भने दोस्रो स्थानमा श्रीलंकाका वानिन्दु हसरंगा रहेका छन्...

  • २०८१ जेठ ३, बिहिबार

    स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार, अवस्था गम्भीर

    स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ। उनलाई घाइते अवस्थामा अस्पताल भर्ना गरिएको उपसभामुखले पुष्टि गरेका छन्। राजधानी ब्रातिस्लाभाभन्दा १५० किलोमिटर टाढा ह्यान्लोभामा एक सरकारी बैठकका क्रममा उनीमाथि गोली प्रहार भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। ५९ वर्षीय फिकोको पेटमा गोली लागेको जनाइएको छ। उनलाई लक्षित गरी चार गोली चलाइएको खबर छ। पेट, हात र खुट्टामा चोट लागेका उनलाई...

  • २०८१ जेठ ३, बिहिबार

    गृहमन्त्रीविरुद्ध नेविसंघ प्रदर्शनमा

    काठमाडौं - सहकारी ठगीमा गृहमन्त्री रवि लामिछाने संलग्न भएको भन्दै प्रतिपक्षी नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ सडक प्रदर्शनमा उत्रिएको छ ।  उक्त संघले गृहमन्त्री उपर छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै सडक आन्दोलनमा उत्रिएको हो ।  नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले सहकारी पीडितले न्याय पाउनुपर्ने भन्दै आज (बुधबार) बिहान त्रिचन्द्र क्याम्पस अगाडिको सडक प्रदर्शनमा उत्रिएका हुन्...

  • २०८१ जेठ ३, बिहिबार

    पेट्रोलको मूल्य लिटरमै ७ रुपैयाँ घट्यो

    काठमाडौं- नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेसनबाट बुधबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोलमा ७ तथा डिजेल रमट्टितेल लिटरमा ५ रुपैयाँ घटाइएको हो। नयाँ मूल्य बुधबार मध्यरातदेखि लागू हुने छ।  यसअघि पेट्रोल प्रतिलिटर १७८ तथा डिजेल र मट्टितेल लिटरमा १५९ रुपैयाँ थियो। अब पेट्रोल उपत्यकामा १७१ र डिजेल र मट्टितेल लिटरको १५४ रुपैयाँ पर्ने निगमका प्रवक्ता मनोज...

  • २०८१ जेठ ३, बिहिबार

    क्रिकेटर सन्दीप निर्दोष ठहर

    काठमाडौं - क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो । गौशाला २६ ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो ।  उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए ।  मंगलबार र बुधबारको बहसपछि उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव...

  • २०८१ जेठ ३, बिहिबार

    सन्देशमुलक लघु चलचित्र " भावना ” को विश्वव्यापी प्रिमियर

    गीत संगीत र चलचित्र जगतमा लामो समयदेखि सकृय रहँदै आउनु भएका कलाकर्मि स्वतन्त्रसंसारं महर्जनको संसार्स क्रियशन्सको प्रस्तुति स्वरुप तयार भएको लघु चलचित्र " भावना ” को प्रिमियर शो सोमबार सम्पन्न भएको छ । प्रिमियर पश्चात सो चलचित्र सन्सार्स अनलाइट टिभि मार्फत विश्वव्यापी रुपमा सार्वजनिक गरिएको छ । विद्यालयमा अध्यययनरत बालिका प्रति हुने विभिन्न खालको यौन दुर्व्यवहारलाई कथामा पिरोलिएको यो लघु...

  • २०८१ जेठ १, मंगलबार

    प्राइम बहुउद्देश्यीय सहकारीको डेढ अर्ब रकम हिनामिना

    काठमाडौं- कास्की प्रहरीले बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पोखराको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ८ जना सञ्चालकलाई पक्राउ गरेको छ। ती सञ्चालकहरूले १ अर्ब ५४ करोड १५ लाख रुपैयाँ अपचलन गरेको भेटिएको छ। यो ठगी गृहमन्त्री रवि लामिछाने जोडिएको पोखराको सूर्यदर्शन सहकारीको भन्दा ठूलो हो। सूर्यदर्शनले पोखराका १९ हजार बचतकर्ताको १ अर्ब ५३ करोड रुपैयाँ ठगी गरेको मुद्दा जिल्ला अदालतमा...

Pages