-
२०८३ बैशाख ८, मंगलबार
लिच्छविकालीन बाघभैरव मन्दिरको सांस्कृतिक मार्गमा गम्भीर असर
कीर्तिपुर । कीर्तिपुर नगरपालिका १ वडा अवस्थित बाघभैरव मन्दिर (आःजु द्यः) जाने ऐतिहासिक–पुरातात्विक एवं सांस्कृतिक रुपमा महत्वपूर्ण सिँढी बाटो (आःजु द्यःया तं) छेक्ने रोक्ने तथा लोप हुनेगरी उक्त ऐतिहासिक सम्पदालाई हानी नोक्सानी पुग्ने गरी कीर्तिपुर नगरपालिका १ वडाले ढुंगाको सिमेन्टेट पर्खाल् निर्माण गरेको सम्बन्धमा विरोध जनाउँदै नेवाः देय् दबू कीर्तिपुर नगर समिति, स्यस्यः समाज कीर्तिपुर नगर समिति...
-
२०८३ बैशाख ८, मंगलबार
मदनकृष्णलाई ‘ललितरत्न’ उपाधि प्रदान गर्दै नगरिक अभिनन्दन
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको अवसरमा ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले ‘ललितरत्न’ उपाधिले विभूषित गर्दै सम्मान गरेको छ । अक्षयतृतीयको दिन वरिष्ठ कलाकारको श्रेष्ठको जन्मदिन मनाउँदै पाटन दरवार क्षेत्रमा आयोजित नागरिक अभिनन्दन तथा सांस्कृतिक–सांगीतिक कार्यक्रममा उक्त उपाधि प्रदान गरेको छ । कलाकार समितिका साथै समाजसेवी सरीता महर्जन, शाक्य बज्राचार्य समाज, नेपालभाषा मंकाः खलः यल...
-
२०८३ बैशाख ७, सोमबार
नृत्यकलाविद वीणा जोशी राजभण्डारी र ई. बदन लाल न्याछ्योँ जोशी रिसर्च ईन्ष्टिच्यूटबाट सम्मानित
संस्कृति शिरोमणी हरिराम जोशी बाट स्थापित जोशी रिसर्च ईन्ष्टिच्यूटको आयोजनामा आइतवार सम्पन्न एक समारोहबीच कदम पुरस्कार एवं हरिराम जोशी संस्कृति पुरस्कार २०८३ प्रदान गरिएको छ । २०२४ मै स्थापित जोशी रिसर्च ईन्ष्टिच्यूटका संस्थापक इतिहास शिरोमणि हरिराम जोशीकी अर्धाङ्गिनी स्वर्गिय कदम बाबा जोशीको स्मरणमा स्थापित कदम पुरस्कार २०८२ बाट वीणा जोशी राजभण्डारी सम्मानित हुनुभएकी छिन । त्यस्तै हरिराम जोशी...
-
२०८३ बैशाख ७, सोमबार
चारजनालाई ‘वानीरा पुरस्कार’
वानीरा फाउन्डेसनका संरक्षक इन्जिनियर शङ्कर गिरिले राजधानी काठमाडौँमा स्थापित वानीरा सभागृहमा आज एक समारोहमाझ ‘नेपाली भाषासाहित्यको सिर्जनामा साढे सात दशकदेखि निरन्तर साधनारत एवम् नेपाली भाषाको श्रीवृद्धिका लागि समेत समर्पित श्री माधव खनाल ‘भावुक’लाई २०८२ सालको ‘वानीरा प्रज्ञा पुरस्कार’ समर्पण गर्नुभयो । समारोहमा ई.गिरिले ‘आफ्नै स्रोत र साधनबाट विगत चार दशकअघिदेखि कम्प्युटरमा नेपाली लिपिको...
-
२०८३ बैशाख ६, आइतबार
चलचित्र पत्रकार संघमा समीर बलामी अध्यक्ष निर्वाचित
चलचित्र पत्रकार संघ नेपालको २७औँ साधारण सभा तथा १०औँ महाधिवेशन अन्तर्गत शनिवार राति सम्पन्न निर्वाचनबाट संघको अध्यक्षमा समिर बलामी पुनः निर्वाचित हुनुभएको छ । शनिवार राति भएको मतदानमा कुल १४० जना सदस्यले मतदान गरेका थिए । अध्यक्षको पदमा निर्वाचित समिर बलामीले सबैभन्दा बढी ९५ मत पाएर निर्वाचित हुँदा उहाँका निकततम प्रतिस्पर्धि जीवन पराजुलीले ४२ मत पाउनुभयो । अध्यक्ष पदमा दोस्रो पटक निर्वाचित...
-
२०८३ बैशाख ६, आइतबार
ख्यालिजुजु मदनकृष्ण श्रेष्ठलाई ललितरत्न उपाधी सहित नागरिक अभिनन्दन गरिने
ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको अवसर पारी सर्वाेच्च सम्मान स्वरुप ललित रत्न उपाधी सहित नागरिक अभिनन्दन गरिने भएको छ । वरिष्ठ कलाकार श्रेष्ठलाई पाटन दरवार क्षेत्रमा परम्परागत शैलीमा बाजागाजासहित स्वागत गरिने १६ वडाका अध्यक्ष निर्मलरत्न शाक्यले बताउनु भएको छ । उनका अनुसार नेवार परम्परानुसार जन्मदिनको सगुन प्रदान गरिनेछ भने कलाकार समितिले ‘...
-
२०८३ बैशाख ५, शनिबार
युद्धविराम अवधिभर होर्मुज जलमार्ग पूर्णरुपमा खुला गर्ने इरानको घोषणा, इन्धन सङ्कट समाधान हुने अपेक्षा
काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघचीले लेबनानमा भएको युद्धविराम अवधिभर होर्मुज जलघाँटी “पूर्ण रूपमा खुला” रहने बताएका छन्। उनका अनुसार, यो १० दिनको युद्धविराम अवधिमा सबै व्यावसायिक जहाजहरूलाई उक्त जलमार्गबाट आवतजावत गर्न अनुमति दिइएको छ। अराघचीले एक्स (ट्वीटर)मा भनेका छन्– लेबनानमा भएको युद्धविरामअनुसार, होर्मुज जलघाँटी हुँदै सबै व्यावसायिक जहाजहरूको आवागमनलाई युद्धविरामको बाँकी...
-
२०८३ बैशाख ३, बिहिबार
मातातिर्थ औंसीको पूर्वसन्ध्यामा आमाको महिमा सहितकाे म्युजिक भिडियो
गायक तथा सङ्गीतकार ईश्वर अमात्यले मातातिर्थ औंसीको पूर्वसन्ध्यामा "यःमा"(मेरी आमा) बोलको म्यूजिक भिडियो सार्वजनिक गरेको छ । अग्ज सिने पत्रकार विजयरत्न असंबरेको प्रमुख आतिथ्यतामा सिटी सेन्टरको फुड कोर्टमा बिहीबार सार्वजनिक गरिएको हो। आमाको सङ्घर्षको परिधिमा तयार भएको म्यूजिक भिडियोमा सुजना बज्राचार्यले प्रमुख भूमिका निर्वाह गर्नुभएको छ । बाल कलाकारमा समाइरा खड्गीले खेल्नुभएको छ। ईश्वर अमात्यको...
-
२०८३ बैशाख ३, बिहिबार
वैशाख ८ देखि सुर्खेतमा चौथो कर्णाली चलचित्र कार्यशाला हुने
कर्णाली प्रदेशमा चलचित्र उत्पादन र कथा विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले चौथो कर्णाली चलचित्र कार्यशाला आगामी वैशाख ८ देखि १३ गतेसम्म वीरेन्द्रनगर, सुर्खेतमा आयोजना हुने भएको छ । कार्यशाला केवी इन्टरटेनमेन्ट प्रालिले चौथोपटक आयोजना गर्न लागेको हो । गत वर्ष चैत ४ देखि ९ गतेसम्म तेस्रो संस्करण पनि सुर्खेतमै सम्पन्न भएको थियो । यसपटक भने अघिल्ला कार्यशालामा एडभान्स कोर्स सिकेका विद्यार्थी तथा...
-
२०८३ बैशाख १, मंगलबार
पाँचौ अमिन नेशनल म्युजिक अवार्डमा शुद्ध लक्ष्मी श्रेष्ठ र जय लक्ष्मी सिद्धि पुरस्कृत
नेपाल संगीत उद्योग संघद्वारा आयोजित “५औं AMIN National Music Award 2026 Grand Finale” भव्य रूपमा सम्पन्न भएको छ। राजधानीस्थित नेपाल चलचित्र विकास बोर्ड, चाबहिलमा सम्पन्न उक्त कार्यक्रममा नेपाली संगीत क्षेत्रका विभिन्न विधामा उत्कृष्ट स्रष्टा तथा कलाकारहरूलाई सम्मान गरिएको थियो। यसै अवसरमा दिपक विवश आँशुको शब्द तथा संगीतमा रहेको “आँखैमा गाजल ओठमा लाली” बोलको गीतले विशेष सफलता हात पारेको छ। उक्त...
-
२०८२ चैत्र ३०, सोमबार
चलचित्र पत्रकारलाई लाग्यो चुनाव
चलचित्र विधामा कार्यरत पत्रकारहरूलाई संगठित बनाउन स्थापना गरिएको चलचित्र पत्रकार संघमा यतिबेला चुनावी रौनकले छोएको छ । चलचित्र पत्रकार संघ नेपालको दशौं महाधिवेशन आगामी वैशाख ५ गतेलाई तय भएसँगै विभिन्न पदमा चलचित्र पत्रकारहरूले उम्मेदवारी घोषणा गर्न थालेका छन् । यसपटक सबैभन्दा रोचक प्रतिस्पर्धा अध्यक्ष र महासचिव पदमा हुने देखिन्छ । यी दुई पदमा आकांक्षी धेरै देखिएका छन् । अध्यक्ष पदमा...
-
२०८२ चैत्र ३०, सोमबार
आशा भोसले रहेनन्
काठमाडौं - भारतीय चर्चित गायिका आशा भोसलेको निधन भएको छ । आइतबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालका चिकित्सकले गायिका भोसलेको निधन भएको पुष्टि गरे । आशा भोसलेलाई कार्डियक अरेस्ट भएपछि शनिबार अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनी दशकौँसम्म गायन क्षेत्रमा सक्रिय रहिन् । उनी ९२ वर्षकी थिइन् । हिन्दी सिनेमालगायत उनले अनेक नेपाली चलचित्रमा पनि पाश्व गायन गरेका थिए । उनले चिनोको तिहार गीत -...


