STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मातातिर्थ औंसीको पूर्वसन्ध्यामा आमाको महिमा सहितकाे म्युजिक भिडियो

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ बैशाख ३, बिहिबार

गायक तथा सङ्गीतकार ईश्वर अमात्यले मातातिर्थ औंसीको पूर्वसन्ध्यामा   "यःमा"(मेरी आमा) बोलको म्यूजिक भिडियो सार्वजनिक गरेको छ । अग्ज सिने पत्रकार विजयरत्न असंबरेको प्रमुख आतिथ्यतामा सिटी सेन्टरको फुड कोर्टमा बिहीबार सार्वजनिक गरिएको हो।

आमाको सङ्घर्षको परिधिमा तयार भएको म्यूजिक भिडियोमा सुजना बज्राचार्यले प्रमुख भूमिका निर्वाह गर्नुभएको छ । बाल कलाकारमा समाइरा खड्गीले खेल्नुभएको छ।

ईश्वर अमात्यको सङ्गीतमा तयार भएको उक्त गीतको शब्द कृष्णबहादुर नापित त्रिशुलीले रच्नुभएको हाे भने सङ्गीत संयोजन सुरेन्द्र श्रेष्ठको रहेको उक्त गीतलाई जोशना अमात्यले स्वर दिनुभएको छ । 

म्यूजिक भिडियोमाथि समीक्षा गर्नुहुदैँ वरिष्ठ पत्रकार विजयरत्न असंबरेले म्यूजिक भिडियो भने चित्रलाई मात्र पदार्पण गर्नु होइन, गीत भावना र दर्शकको मनसम्म पुग्न सक्नुपर्छ, भन्नुभयो ।

यस भिडियोमा गीतको भावना र एक महिलाको सङ्घर्षलाई सन्तुलित रूपमा पदार्पण गर्न सफल भएकोमा म्यूजिक भिडियोका टिम धन्यवादको पात्र भएको पनि बताउनुभयो । दर्जनभन्दा बढी म्युजिक भिडियो  निर्देशन गरिसक्नु भएका निर्देशक दर्शनबीर ले यसमा आफनो कुशलता प्रस्तुत गरेको बताउदैँ कथा अनुसार दृश्य कैद गर्न छायाँकारको मिहिनत रहेको र सम्पादन पक्ष सवल रहेको बताउनुभयो ।

उजय शाही प्रोडक्सन म्यानेजर रहेको यस गीत दर्शनवीर शाक्यको परिकल्पना र निर्देशनमा तयार भएको म्यूजिक भिडियोको छायाङ्कन र सम्पादन मनोजरत्न शाहीले गर्नुभएको हो ।

Categorized in साहित्य-कला