STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चलचित्र पत्रकार संघमा समीर बलामी अध्यक्ष निर्वाचित

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ बैशाख ६, आइतबार

चलचित्र पत्रकार संघ नेपालको २७औँ साधारण सभा तथा १०औँ महाधिवेशन अन्तर्गत शनिवार राति सम्पन्न निर्वाचनबाट  संघको अध्यक्षमा समिर बलामी पुनः निर्वाचित हुनुभएको छ ।

शनिवार राति भएको मतदानमा कुल १४० जना सदस्यले मतदान गरेका थिए । अध्यक्षको पदमा निर्वाचित समिर बलामीले सबैभन्दा बढी ९५ मत पाएर निर्वाचित हुँदा उहाँका निकततम प्रतिस्पर्धि जीवन पराजुलीले ४२ मत पाउनुभयो ।

अध्यक्ष पदमा दोस्रो पटक निर्वाचित पत्रकार बलामीले नयाँ कार्यसमितिले चलचित्र पत्रकारिताको व्यावसायिकता, मर्यादा र साख अभिवृद्धिका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिनुभएको छ । अध्यक्ष बलामीले संघलाई थप सुदृढ र प्रभावकारी बनाउँदै चलचित्र क्षेत्रसँग सम्बन्धित पत्रकारहरूको हकहितमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

संघको उपाध्यक्ष (संगठन) मा रघुनाथ सापकोटा निर्वाचित हुनुभएको छ । रघुनाथले ७३ मत पाएर विजयी हुँदा उहाँका प्रतिस्पर्धि नवीन गिरीले ६२ मत पाउनुभएको छ । उपाध्यक्ष (कार्यक्रम) मा कुमार आचार्य निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै, उपाध्यक्ष (महिला)मा दीपज्योती थापा निर्वाचित हुनुभएको छ । थापाले ७५ मत पाउँदा सुष्मा कार्कीले ६२ मत पाउनुभयो ।

निकै कडा प्रतिस्पर्धा भएको महासचिव पदमा गोपीकृष्ण चापागाईं निर्वाचित हुनुभयो । चापागाईँले ५४ मत पाउँदा उहाँका निकटतम प्रतिस्पर्धि मनिष कार्कीले ४४ मत पाउनुभयो । चार जना उम्मेदवारमध्ये सीपी जैसीले १९ तथा पवन भट्टराईले १८ मत पाउनुभयो ।

संघको सचिवमा मदन रिजाल निर्वाचित हुनुभयो । उहाँले ९४ मत पाउँदा उहाँका निकटतम प्रतिस्पर्धि सुरेन्द्र थापा मगरले ४५ मत पाउनुभयो । सचिव (समावेशी) मा महम्मद जलिम निर्विरोध निर्वाचित हुनुभयो ।

कोषाध्यक्षमा मनिष अञ्जान दाहाल निर्वाचित हुनुभयो । उहाँले ७४ मत पाउँदा प्रतिस्पर्धि निशा बजगाईँले ६५ मत पाउनुभयो । त्यस्तै, सह कोषाध्यक्षमा अर्जुन गुरागाईं निर्वाचित हुनुभयो । उहाँले ६२ मत पाउँदा उहाँका प्रतिस्पर्धि भोला सुवेदी प्रनपले ४२ मत पाउनुभयो ।

सदस्य पदका सबै उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुने सदस्यहरूमा सुशिल नेपाल, सालिकराम न्यौपाने, नवीन चापागाईं, दीपराज क्षेत्री, दिनेश थापा, सोजना बिक लोहार, युबर्ण पौडेल (पूजा) तथा रतनबहादुर चन्द निर्वाचित हुनुभएको छ ।

Categorized in राष्ट्रिय