-
२०८२ चैत्र २०, शुक्रबार
सरकारी विज्ञापनबारे सरकारकाे निर्णयप्रति असहमति - चलचित्र पत्रकार संघ
सरकारी विज्ञापन केवल सरकारी सञ्चार माध्यममार्फत मात्र प्रवाह गर्ने सरकारको निर्णयप्रति चलचित्र पत्रकार सङ्घ नेपालले आपत्ति प्रकट गरेको छ । सङ्घले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको यो निर्णयप्रति पूर्ण असहमति जनाएको हो । सङ्घका महासचिव रघुनाथ सापकोटाद्वारा शुक्रबार जारी विज्ञप्तिमा सरकारको यो कदमले लोकतान्त्रिक मूल्य र मान्यतामा रहेर नागरिकलाई सुसूचित गर्दै आएका निजी सञ्चारमाध्यममाथि प्रत्यक्ष...
-
२०८२ चैत्र १९, बिहिबार
निफकाे नवाैं संस्करण इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शनसँगै सुरू
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा आयाेजित नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) काठमाडौंमा बिहीबारबाट सुरु भएको छ । चैत २३ सम्म पाँच दिन चल्ने निफमा हिशान्त फराहमन्दद्वारा निर्देशित इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शन गर्दै निफ सुरू गरिएको हो । सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा भएको उद्घाटन समारोहमा नेपाल सरकारकी सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेत...
-
२०८२ चैत्र १९, बिहिबार
संस्कृति तथा सम्पदा संरक्षण अभियानमा पत्रकार
नेवाः पत्रकार राष्ट्रिय दबूले काठमाडौं महानगरपालिकासंग सहकार्य गरी हनुमानढोका दरबार क्षेत्र अन्तर्गत बिहीबार राजधानीमा आयोजना गरेको सम्पदा संरक्षणमा पत्रकारिताको भूमिका विषय विचार गोष्ठीका सहभागीहरुले संस्कृति तथा सम्पदा संरक्षण गर्न पत्रकारहरुले तथ्यमा आधारित रिपोर्टिङ गरी सचेतना फैलाउनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले ले सम्पदामा भइरहेको अतिक्रमण, ढिलासुस्ती तथा...
-
२०८२ चैत्र १९, बिहिबार
चलचित्रकर्मिहरुले सिके प्रोस्थेटिक मेकअप
चलचित्र विकास बोर्डको आयोजना तथा लाइट बेन्डर्सको संयोजनमा सञ्चालन गरिएको नेपाली चलचित्र क्षेत्रको प्राविधिक क्षमता अभिवृद्धितर्फ महत्वपूर्ण मानिएको प्रोस्थेटिक मेकअप तालिम सम्पन्न भएको छ । उक्त तालिमका २६ जना सहभागीलाई बुधबार प्रमाणपत्र प्रदान गरिएको हो । तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा अध्यक्ष दिनेश डिसीको साथमा चर्चित कलाकार गौरि मल्ल र बिपिन कार्की विशेष अतिथिका रूपमा सहभागी...
-
२०८२ चैत्र १९, बिहिबार
चलचित्रमा गीतको भूमिकाबारे बिकास बाेर्डमा बहस
गीतकार संघ नेपालको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा ‘चलचित्रमा गीतको भूमिका तथा गीतकारको हक अधिकार सम्बन्धी कार्यशाला’ सम्पन्न भएको छ । बुधबार चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यतामा बोर्डकै सभाहलमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा पूर्व मन्त्री तथा वरिष्ठ कवि-गीतकार एसपी कोइराला, वरिष्ठ गायिका मीरा राणा, संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी,...
-
२०८२ चैत्र १८, बुधबार
क्रिटिक्स अवार्ड २०८१' मा शाम्बाला उत्कृष्ट घाेषित
चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन) ले विगत लामो समयदेखि नेपाली चलचित्रको गुणात्मक विकास र समीक्षात्मक चेतलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रदान गर्दै आएको 'क्रिटिक्स अवार्ड' को वर्ष २०८१ को नतिजा बुधबार सार्वजनिक गरेको छ । समाजका सदस्यहरूले वर्षभरि प्रदर्शनमा आएका चलचित्रहरूको सूक्ष्म अध्ययन, विश्लेषण र मूल्याङ्कनका आधारमा १० विधामा उत्कृष्ट स्रष्टाहरू छनोट गरेको हो । यस वर्ष एक भव्य समारोहका...
-
२०८२ चैत्र १८, बुधबार
पहिलो रंगीन नेपाली फिल्मकाे प्रदर्शन र दस महिला चलचित्रकर्मि सम्मान गर्ने उदघाेष
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चलचित्र विकास बोर्डद्वारा आयोजित चार दिने ‘महिला चलचित्र महोत्सव’ मंगलबार भव्य रूपमा उद्घाटन भएको छ। महिला सशक्तीकरणलाई केन्द्रमा राखेर आयोजना गरिएको यस महोत्सवमा महिला विषयमा आधारित चलचित्र ‘कुमारी’ र ‘जीवन काँडाकी फूल’ प्रदर्शन, अन्तरक्रिया, सम्मान तथा विशेष सांस्कृतिक कार्यक्रम समावेश गरिएको छ भने पहिलो दिन बुधबार पहिलो नेपाली रंगीन चलचित्र कुमारी काे...
-
२०८२ चैत्र १६, सोमबार
स्वतन्त्र संसार महर्जनका योगदानलाई सम्मान र सम्झना स्वरुप गाला नाइट सम्पन्न
नेपालभाषाकाे गीतसंगीत क्षेत्रका अमर कलाकार स्वतन्त्र संसार महर्जनको सम्झनामा “गाला नाइट” नामक संगीत कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथिको रूपमा नेपाल चलचित्र बिकास बोर्डको अध्यक्ष दिनेश डिसि रहेका थिए भने कार्यक्रमको आयोजना रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले गरेको थियो। सनराइज क्याफे एण्ड ब्यांक्वेटमा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वरिष्ठ र लोकप्रिय...
-
२०८२ चैत्र १५, आइतबार
झपट पुरस्कार समारोहमा चार स्रष्टा पुरस्कृत
झपट पुरस्कार व्यवस्था समितिले आयाेजना गरेकाे एक समारोहका बीच चार स्रष्टालाई ४५औं झपट पुरस्कार प्रदान गरेको छ । समितिका अध्यक्ष अरुण राणाको सभापतित्वमा भएको साे कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा.डा. वासुदेव त्रिपाठीले पुरस्कृत व्यक्तित्वहरूलाई सम्मानपत्र तथा पुरस्कार राशि प्रदान गरे । जनही एक एक लाख रुपियाँकाे पुरस्कार सनत रेग्मी र राजेन्द्र थापालाई तथा डा. गोपालप्रसाद शर्मा र डा. कान्छी...
-
२०८२ चैत्र १५, आइतबार
वर्ल्ड नेवाः डेकाे अवसरमा पत्रकार द्वय स्थापित र असंबरे लगायत पुरस्कृत
विश्वभर रहेका नेवाः समुदायले संयुक्त रुपमा प्रत्येक वर्षको इस्वी संवतको मार्च महिनाको अन्तिम शनिबार मनाउँदै आइरहेको हलिं नेवाः दिवस अर्थात वर्ल्ड नेवाः डेकाे अवसरमा साहित्य एवं पत्रकारिता क्षेत्रका अग्रज रमेशकाजी स्थापितलाई ‘भिम तुलसी नेपालभाषा पत्रकारिता सिरपाः’ तथा संचार जगतमा उल्लेखनीय योगदान गर्नुहुने पत्रकार जनजातिखबर का संरक्षक विजयरत्न तुलाधर असंबरेलाई ‘हरिश्चन्द्र लुमन्ति सिरपाः’ प्रदान...
-
२०८२ चैत्र १५, आइतबार
ओली र लेखकलाई आज अदालतमा पेस गरिँदै
काठमाडौँ - शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई प्रहरीले आज आइतबार अदालत पेस गर्न लागेको छ । शनिबार अदालत बिदा हुने भएकाले उनीहरूलाई प्रहरीले आइतबार अदालतमा पेस गर्न लागेको हो । प्रहरीको थुनामा राखेर अनुसन्धान गर्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ हुँदै जिल्ला अदालत काठमाडौँ पेस गरिने छ । प्रहरीले ओली र...
-
२०८२ चैत्र १५, आइतबार
आज चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ - हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा मध्यम वर्षासहित हिमपात भइरहेको छ। आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। देशका पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा...


