-
२०८२ चैत्र १५, आइतबार
कुमार बेन (व्यञ्जनकार) बने प्रम बालेनका प्रमुख सल्लाहकार
काठमाडौं - नेपालका नयाँ प्रधानमन्त्री बालेन शाहले पदभार ग्रहण गरेसँगै आफ्नो सचिवालय र सल्लाहकार टोलीको संरचना सार्वजनिक गरेका छन्। शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएपछि पद तथा गोपनीयताको शपथ लिएर पदबहाली गरेका शाहले सल्लाहकार र सचिवालयको टिम पनि बनाएका हुन्। जसअनुसार शाहले प्रमुख सल्लाहकारमा कुमार बेनलाई नियुक्त गरेका छन्। उनी शाहका रणनीतिक सल्लाहकार मानिन्छन्। काठमाडौँ महानगरपालिकाको मेयरमा...
-
२०८२ चैत्र १५, आइतबार
सरकारको प्रवक्तामा शिक्षामन्त्री पोखरेल
काठमाडौं - शिक्षा मन्त्री सस्मित पोखरेल सरकारको प्रवक्ता बनेका छन् । आजमात्रै बनेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेललाई सरकारको प्रवक्ता चयन गरेको हो । विगतमा सञ्चारमन्त्रीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने अभ्यास थियो। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा उनको सल्लाहकार समूहमा रहेका पोखरेल उनीसँगै रास्वपा...
-
२०८२ चैत्र १४, शनिबार
अमर साहित्यकार बाशु शशीकाे जन्म जयन्तीको अवसरमा स्रष्टाहरु सम्मानित
अमर साहित्यकार बाशु शशीकाे नाममा स्थापित "वासु शशी स्मृति परिषद्ले बासु शशीकाे ९० औं जन्म जयन्तीको अवसरमा आयाेजित एक कार्यक्रममा साहित्यकार वसन्त चौधरीलाई “वासु शशी साहित्य पुरस्कार २०८२” , साहित्यकार जयदेव भट्टराईलाई “वासु शशी स्रष्टा पुरस्कार-२०८२” र साहित्यकार हरि मञ्जुश्रीलाई “कृष्ण-सरस्वती साहित्य पुरस्कार-२०८२” प्रदान गरेको छ। उक्त पुरस्कारको राशि रू. २५, ०००।- (पच्चीस हजार) र स्रष्टा...
-
२०८२ चैत्र १३, शुक्रबार
काठमाडौँकी कार्यवाहक मेयर डंगोलद्वारा प्रधानमन्त्री शाहलाई बधाई
काठमाडौँ - काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई तथा शुभकामना दिएकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट देशको प्रधानमन्त्री पदमा नियुक्त भएका शाहलाई डंगोलले सामाजिक सञ्जालमार्फत शुभकामना दिएकी हुन्। प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै कार्यवाहक मेयर डंगोलले करीब साढे तीन वर्ष काठमाडौँ महानगरको मेयर र उपमेयरको रूपमा...
-
२०८२ चैत्र १३, शुक्रबार
प्रधानमन्त्री बालेनलाई चीन, अमेरिका र बेलायतबाट बधाई
काठमाडौँ - चीनले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार ग्रहण गरेको अवसरमा बधाई तथा शुभकामना दिएको छ । चीन सरकारले एक औपचारिक सन्देश जारी गर्दै प्रधानमन्त्री बालेनको सफल कार्यकालको कामना गर्दै नेपालसँगको परम्परागत मित्रता र आपसी सहकार्यलाई अझ सुदृढ बनाउन तत्पर रहेको जनाएको छ । सन्देशमा चीनले नेपालसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै द्विपक्षीय हितका क्षेत्रमा व्यावहारिक...
-
२०८२ चैत्र १३, शुक्रबार
बालेनको नेतृत्वमा गठित नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गरेका चार वटा मुख्य निर्णयहरू
काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठित नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गरेका चार वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेललाई सरकारको प्रवक्तामा नियुक्त गर्ने निर्णय गरिएको छ । बैठकका निर्णय सार्वजनिक गर्दै उनले गत भदौ २३ र २४ गते...
-
२०८२ चैत्र १३, शुक्रबार
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
काठमाडौं - सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले सिफारिस गरेको विषयहरु कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको बालेन नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले सो निर्णय गरेको हो। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्रमन्त्री रमेश लेखक र आईजीपी चन्द्र कुवेर खापुङलाई १० वर्ष जेलसजायसहित सरकारी उच्च अधिकारीलाई कारबाहीको सिफारिस गरेको थियो ।
-
२०८२ चैत्र १३, शुक्रबार
बालेन मन्त्रिपरिषद्मा प्रधानमन्त्रीसहित १० जना ४० वर्ष मुनिका
काठमाडौँ - नव निर्वाचित प्रधानमन्त्री बालेन शाहको मन्त्रिपरिषदमा १० जना ४० वर्ष मुनिका युवा छन् । शुक्रबार गठन भएको १५ सदस्यीय मन्त्रिपरिषदमा पहिलो पटक युवाहरूको वर्चश्व रहेको हो । प्रधानमन्त्री शाह आफैँ ३६ वर्षका छन् । देशले ५२ वर्षपछि ४० वर्ष मुनिको प्रधानमन्त्री पाएको हो । २०२० सालमा सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा ३६ वर्षका थिए । शाहको मन्त्रिपरिषदमा सबैभन्दा कम उमेरको मन्त्री सस्मित...
-
२०८२ चैत्र १३, शुक्रबार
महानायक राजेश हमाल र शाेले का निर्देशक बीच अन्तर्संवाद हुने
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गर्न लागेको र १९ गतेबाट काठमाडौंमा हुन लागेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा भारतीय निर्देशक रमेश सिप्पी र नेपाली अभिनेता राजेश हमालबीच संवाद कार्यक्रम तय भएको छ । ‘निफ’को दोस्रो दिन (शुक्रबार) सिप्पी र हमालबीच संवाद कार्यक्रम राखिएको आयोजक समिति अध्यक्ष के पि पाठकले जनाएको छ । कार्यक्रम दिउँसो ३ बजे भृकुटीभण्डपस्थित नेपाल पर्यटन...
-
२०८२ चैत्र १३, शुक्रबार
बालेन शाह प्रधानमन्त्री नियुक्त
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। उनले आजै शुभ साइतमा प्रधानमन्त्रीको शपथ लिनेछन्, जसमा विभिन्न विशिष्ट व्यक्तिहरूलाई आमन्त्रण गरिएको छ। काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान...
-
२०८२ चैत्र १२, बिहिबार
चलचित्रका लागि प्रोस्थेटिक मेकअप तालिम आरम्भ
चलचित्र विकास बोर्डको आयोजनामा “Prosthetic Make Up Training” आजबाट औपचारिक रूपमा सुरु भएको छ। बरिष्ठ सिनेमाटोग्राफर प्रमोद प्रधान र पुरुषोत्तम प्रधानको उपस्थितिमा उद्घाटन गर्दै अध्यक्ष दिनेश डिसीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन अत्याधुनिक प्राविधिक सीप अपरिहार्य रहेको बताउनुभयो। उहाँले प्रोस्थेटिक मेकअप जस्तो विशेष प्रविधिले पात्रलाई जीवन्त बनाउने र कथालाई अझ...
-
२०८२ चैत्र १२, बिहिबार
जितु नेपालकाे "आई. एम. जीतबहादुर"को टिजर सार्वजनिक
लोकप्रिय अभिनेता जीतु नेपालले पहिलो पटक निर्माण गरेको फिल्म आई. एम. जीतबहादुरको टिजर बिहीबार चैत दशैंकाे दिन सार्वजनिक गरिएको को छ ।भारतका बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको यस फिल्ममा कलाकार बन्न गाउँबाट शहर पुगेर संघर्ष गर्ने एक साधारण युवाको कथालाई रोचक ढंगमा प्रस्तुत गरिएको छ ।जीतु नेपाल प्रमुख भूमिकामा रहेको यस फिल्ममा उनको जोडीका रुपमा भने अभिनेत्री बर्षा राउतले अभिनय गरेकी...


