relans
ni new 83
nib 2082 5

काठमाडौँकी कार्यवाहक मेयर डंगोलद्वारा प्रधानमन्त्री शाहलाई बधाई

Janjati Khabar – Janjati Khabar | २०८२ चैत्र १३, शुक्रबार

काठमाडौँ - काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई तथा शुभकामना दिएकी छिन्।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट देशको प्रधानमन्त्री पदमा नियुक्त भएका शाहलाई डंगोलले सामाजिक सञ्जालमार्फत शुभकामना दिएकी हुन्।

प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै कार्यवाहक मेयर डंगोलले करीब साढे तीन वर्ष काठमाडौँ महानगरको मेयर र उपमेयरको रूपमा सँगै काम गरेको स्मरण गरेकी छिन्। महानगरमा सँगै काम गर्दाका अनुभव, चुनौती र यात्रा जीवनभर अविस्मरणीय रहने बताउँदै उनले शाहको नयाँ जिम्मेवारीले आम जनतामा जागेको आशा र भरोसालाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरेकी छिन्।

साथै, उनले प्रधानमन्त्रीको नेतृत्वमा बन्ने नयाँ सरकार सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र देशको विकास तथा समृद्धिमा एकताबद्ध भएर लाग्ने विश्वास लिएको बताएकी छिन्।  आगामी दिनमा काठमाडौँ महानगरपालिकाले संघीय सरकारसँग सहकार्य गर्दै जनताको सपना पूरा गर्न तयार रहेको समेत उनले उल्लेख गरेकी छिन्।

Categorized in उपत्यका
ppp 2