-
२०८१ चैत्र १७, आइतबार
म्यानमार भूकम्पमा १५ जना गैरआवासीय नेपालीको मृत्यु
काठमाडौँ - म्यानमारमा गएको विनाशकारी भूकम्पमा परेर १५ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले १५ जना गैरआवासीय नेपालीको मृत्यु भएको बताएका छन् । ‘विनाशकारी भूकम्पमा १५ जना गैरआवासीय नेपाली सहित म्यानमारका जनताको मृत्यु भएकोमा हामी अत्यन्तै दुःखी छौँ’, उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् । गैरआवासीय नेपालीहरूको राहतका लागि...
-
२०८१ चैत्र १७, आइतबार
अमेरिकाले दुई महिनामा गर्यो ३०० भन्दा बढी विद्यार्थी, पर्यटकको भिसा रद्द र निष्कासन
काठमाडौं - अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आफूले पदभार ग्रहण गरेपश्चात् अनुमानित ३०० भन्दा बढी विद्यार्थी, पर्यटक र अरू व्यक्तिको भिसा रद्द गरी निष्कासन गर्ने पत्रमा हस्ताक्षर गरेको बताएका छन् । द न्युयोर्क टाइम्सका अनुसार, ती व्यक्तिहरूलाई उनीहरूको विदेश नीति प्रतिकूल धारणा राख्दा वा आपराधिक गतिविधिका कारण निष्कासन गरिएको हो । जनवरीको अन्त्यमा पदभार सम्हालेपछि उनले दैनिक रूपमा भिसा रद्द...
-
२०८१ चैत्र १७, आइतबार
विवादित अडियो बाहिरिएपछि सुदूरपश्चिमका मन्त्रीले दिए राजीनामा
काठमाडौं - सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले शनिबार (चैत १६) पदबाट राजीनामा दिएका छन् । विवादित अडियो बाहिरिएपछि मुख्यमन्त्री कमलबहादुर शाहले उनलाई राजीनामा दिन निर्देशन दिएका थिए । शनिबार उनले मुख्यमन्त्रीको निवास पुगेर राजीनामापत्र बुझाएका शाहको सचिवालयले जनाएको छ । चौधरी नागरिक उन्मुक्ति पार्टीका तर्फबाट मन्त्री बनेका थिए । विवादित एउटा अडियो...
-
२०८१ चैत्र १७, आइतबार
‘तीनकुने हिंसा’को सबै जिम्मा पूर्वराजाले लिनुपर्छ : कांग्रेस
काठमाडौं - कांग्रेसले ‘तीनकुने हिंसा’को जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले आन्दोलन गर्ने समिति ज्ञानेन्द्र शाहले नै बनाएको भन्दै सम्पूर्ण घटनाको जिम्मा पूर्वराजाले लिनुपर्ने निष्कर्ष कांग्रेसले निकालेको प्रवक्ता प्रकाशशरण महतले जानकारी गराए । “अराजक अवस्था देखाइयो । त्यसमा...
-
२०८१ चैत्र १७, आइतबार
काठमाडौंको तापक्रम ३२ डिग्री पुग्यो
काठमाडौं - काठमाडौंसहित देशभरको तापक्रम विस्तारै बढ्दै छ । कतिपय स्थानको अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुगिसकेको छ । तापक्रम अझै बढ्ने विगतको तथ्यांक छ । शनिबार (चैत १६) काठमाडौंको अधिकतम तापक्रम ३२.० डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शनिबार बेलुका सार्वजनिक गरेको देशका २१ स्थानको विवरणमध्ये भैरहवाको...
-
२०८१ चैत्र १७, आइतबार
ललितपुरमा दौडाइयो एक्लो घोडा
काठमाडौं - ललितपुरमा पनि शनिबार (चैत १६) घोडेजात्रा पर्व मनाइएको छ । पाटनमा एक्लो घोडा दौडाएर घोडेजात्रा मनाइएको हो । काठमाडौंमा भने धेरै घोडा दौडाएर पर्व मनाइन्छ । ललितपुरमा घोडेजात्राको यो परम्परा ३५० वर्षभन्दा पुरानो रहेको अनुमान छ । घोडेजात्राका दिन यहाँ हरेक वर्ष एकल घोडा दौडाइन्छ । पाटनको मूलचोकबाट एकल घोडा दौडाउन सुरु गरिन्छ । र, नगर परिक्रममा गरिन्छ ।
-
२०८१ चैत्र १७, आइतबार
द्योग वाणिज्य महासंघले भन्यो– ठूलो क्षति पुग्यो, क्षतिपूर्ति चाहियो
काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघले राजावादी पक्षको आन्दोलनका कारण व्यवसायीहरूको सम्पत्तिमा क्षति पुगेको भन्दै यसको क्षतिपूर्ति माग गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै व्यवसायीको पेसा व्यवसाय गर्न पाउने अधिकार हनन् भएको बताएको छ । निजी तथा सार्वजनिक सम्पत्तिमाथि हुने गरेको आक्रमण, लुटपाट, आगजनीलगायत गतिविधि निन्दनीय भएको महासंघले जनाएको छ । कुनै पनि स्वरुपमा हुने यस प्रकारका घटनाप्रति...
-
२०८१ चैत्र १७, आइतबार
रवीन्द्र, धवललाई रिहा गर्न राप्रपाको ‘अल्टिमेटम’
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार (चैत १५) तीनकुनेमा राजावादीको शान्तिपूर्ण प्रदर्शनमा सरकारले ज्यादती गरेको आरोप लगाएको छ । सरकारले नै हिंसा भड्काएको राप्रपाले निष्कर्ष निकालेको छ । शनिबार (चैत १६) पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकबाट उक्त घटनाको निष्पक्ष छानबिन गर्न पनि माग गरिएको छ । त्यसक्रममा पक्राउ गरिएका आफ्ना पार्टीका...
-
२०८१ चैत्र १७, आइतबार
महानगरले तोक्यो पूर्वराजा ज्ञानेन्द्रलाई सात लाख जरिवाना
काठमाडौं - तीनकुने क्षेत्रमा प्रदर्शनकारीले फोहोरमैला, तोडफोड गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं महानगरपालिकाले जरिवाना तोकेको छ । महानगरका नगरप्रहरी उपरीक्षक दिनेशकुमार अर्यालले फोहोरमैला र वातावरण प्रदूषणका विषयमा एक लाख रुपैयाँ जरिवाना गरिएको पत्र निर्मलनिवास पठाएका छन् । यस्तै, तोडफोडलगायत विषयमा पनि पूर्वराजा शाहलाई जरिवानासम्बन्धी छुट्टाछुट्टै पत्र पठाइएको छ । त्यस्ता आठ...
-
२०८१ चैत्र १७, आइतबार
फेसबुकमा एरेस्ट ज्ञानेन्द्र’ अभियान
काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहलाई गिरफ्तार गर्नुपर्ने माग गरिएको छ । सामाजिक सञ्जाल फेसबुकमा ‘एरेस्ट ज्ञानेन्द्र’ अभियान चलाउँदै उनलाई पक्राउ गर्न माग गरिएको हो । यसरी पूर्वराजा शाहलाई गिरफ्तारको माग गर्नेमा राजनीतिक दलका भ्रातृसंगठनका नेता, अभियन्तालगायत सामाजिक सञ्जाल प्रयोगकर्ता छन् । शुक्रबार (चैत १५) काठमाडौंको तीनकुनेमा राजतन्त्र पक्षधरले आयोजना गरेको प्रदर्शन हिंसामा परिणत भएको थियो...
-
२०८१ चैत्र १६, शनिबार
समाजवादीको कार्यालय अनुगमनमा मोर्चाका नेताहरू
काठमाडौँ - समाजवादी मोर्चाका नेताहरू शनिबार बिहान आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा भएको क्षतिको अनुगमनका लागि पुगेका छन् । शुक्रबार व्यवस्था उल्टाउने भन्दै सडकमा उत्रिएका राजवादीहरूको समूहले पार्टी कार्यालयमा तोडफोड गर्नुका साथै लुटपाट र आगजनी गरेका थिए । अनुगमनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’,...
-
२०८१ चैत्र १६, शनिबार
दुर्गा प्रसाईंविरुद्ध साइबर ब्युरोमा उजुरी, प्रसाईँ फरार
काठमाडौँ - राजावादी अभियानमा संलग्न राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंविरुद्ध उजुरी परेको छ। मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले उनीविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका हुन् । उक्त उजुरी शुक्रबार ब्युरोमा दर्ता भएको छ । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई लक्षित गरी गलत सूचना तथा घृणास्पद अभिव्यक्ति फैलाएको...


