-
२०८१ चैत्र १३, बुधबार
कुलमान प्रकरणले प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं - कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरकणको कार्यकारी निर्देशकबाट हटाइएको विषय पेचिलो बनेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक बिहीबार (भोलि) बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो । आधा घण्टाका लागि स्थगित भएर चार घण्टापछि बसेको बैठकमा पनि विपक्षी दलले घिसिङलाई हटाइएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने अडान कायम राखेका थिए । सभामुख देवराज घिमिरले बैठक सञ्चालनका लागि बसेर...
-
२०८१ चैत्र १३, बुधबार
कुलमान हटाएको विरोधमा सदन र सडकबाट विरोध गर्ने विपक्षी दलहरूको निर्णय
काठमाडौं - विपक्षी दलहरूले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएकोमा सरकारको विरोध गर्ने निर्णय गरेका छन् । बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले सदन र सडकबाट सरकारको निर्णयको विरोध गर्ने निर्णय गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले विपक्षी दलहरूको बैठकले अलोकतान्त्रिकरूपमा विधि मिचेर सरकारले घिसिङलाई हटाएको...
-
२०८१ चैत्र १३, बुधबार
सरकारको बर्खास्तीविरुद्ध रिट लिएर सर्वोच्च पुगे कुलमान
काठमाडौं - नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध कुलमान घिसिङले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । बुधबार दायर रिट दर्ता प्रक्रियामा भने गएको छैन । “साँझ ५ बजेतिर रिट आएको छ । ढिला आएकाले प्रक्रियामा भने अघि बढेको छैन,” सर्वोच्चका प्रवक्ता अच्युत कुईंकेलले भने, “रिटमा आवश्यक कारबाही भोलि मात्र हुनेछ ।”
-
२०८१ चैत्र १२, मंगलबार
ऊर्जामन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन, सिंहदरबार दक्षिण गेटबाट युवाहरू पक्राउ
काठमाडौं - ऊर्जामन्त्रीको राजीनामा माग गर्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कुलमान घिसिङलाई पदबाट हटाउने निर्णयको विरोध गर्दै नेकपा बहुमतका युवाहरूले सिंहदरबारको दक्षिण गेटअगाडि प्रदर्शन गरेका थिए । उनीहरूले ऊर्जामन्त्रीलाई पदमुक्त गर्नुपर्ने माग गरेका छन् । निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।...
-
२०८१ चैत्र १२, मंगलबार
सरकारले भन्यो– कुलमानसम्बन्धी निर्णय सुशासनसँग जोडिएको छ
काठमाडौं - सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय सुशासनसँग जोडिएको स्पष्ट पारेको छ । सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन् । “यो सुशासनसँग जोडिएको विषय हो । हरेक विषयमा हामी व्यापारी होइनौँ, नाफा–नोक्सान हेरिएको हुँदैन,” उनले भने । सडकमा भइरहेको विरोधका सम्बन्धमा उनले भने, “...
-
२०८१ चैत्र १२, मंगलबार
कुलमानको विषय उठाउन खोज्दा सार्वजनिक लेखा समितिमा तनाव
काठमाडौं - प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले बर्खास्तीमा परेका नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको विषय उठाउन खोजेपछि विवाद भएको छ । मंगलबार समितिको बैठकमा बीपी राजमार्ग, हुलाकी राजमार्गको विषयमा छलफलका लागि भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, सचिव उपस्थित छन् । मन्त्री उपस्थित भएलगत्तै समितिका सभापति ऋषिकेश...
-
२०८१ चैत्र १२, मंगलबार
प्रदेशमा नेपालभाषा र तामाङ्ग भाषालाई कार्यान्वयनमा ल्याइने
ताम्रकार समाजको २० सौं बार्षिक साधारणसभामा एसईई, उच्च माध्यमिक तह, स्नातक तह, स्नातकोत्तर तह उत्तीर्ण गरेका करीब सय जना बिद्यार्थीहरु सम्मानित भएका छन् । त्यसका साथै शंखमूल निवासी ८० बर्षीय शेषराज तमोट तथा उनकी धर्मपत्नी इन्द्रकुमारी ताम्रकार लगायत करीब बीस जना ज्याःजंक्वः (रथारोहण) सकेका जेष्ठ नागरिकहरु पनि सोही अवसरमा सम्मानित भएका छन् । त्यस्तै पाटनमा जन्मेर हाल काभ्रेको पनौतीमा बसोबास गर्दै...
-
२०८१ चैत्र १२, मंगलबार
नेपाली चलचित्रमा काम गर्ने बलिउड अभिनेत्री मनिषाको चाहना
काठमाडौं - अभिनेत्री मनिषा कोइरालाले चलचित्र ‘फेरी भेटौँला’मा अभिनय गरेपछि बलिउड प्रवेश गरेकी थिईन् । उनले पछि नेपाली चलचित्र ‘धर्मा’मा अभिनय गरिन् । बलिउडमार्फत विश्वभर अभिनयमा छाप छोड्न सफल अभिनेत्री कोइरालाले क्यान्सर जस्तो असाध्य रोगलाई जितेपछि आफ्नो जीवनशैलीसँगै बुझाइमासमेत परिवर्तन आएको महसुस गरिन् । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा काठमाडौँमा बिहीबारदेखि सुरु ‘नेपाल...
-
२०८१ चैत्र १२, मंगलबार
नेपालमा बाघको सङ्ख्या बढ्दै, बासस्थानको समस्या
चितवन - नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ । निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र र अन्य वन क्षेत्र बाघको बासस्थान भए पनि बाघको सङ्ख्या बढ्न थालेपछि बासस्थानको समस्या पनि बढेको छ । चितवन राष्ट्रिय निकुञ्जले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले बाघका लागि बासस्थान बढाउन...
-
२०८१ चैत्र १२, मंगलबार
छानबिन समितिको प्रतिवेदन सार्वजनिक, गलत भए जेल हाल्न मेयर बालेनको चुनौती (पूर्णपाठ)
काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफू गतल भए जेल हाल्न चुनौती दिएका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध छानबिन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । “यति धेरै कानुन मिच्ने, भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामीले सुशासनको कुराचाहिँ भाषणमा सुन्नुपर्ने । माथिको कुरा गलत भए मलाई जेल हाल,” मंगलबार (चैत १२) बिहान उनले...
-
२०८१ चैत्र १२, मंगलबार
कुलमान घिसिङलाई हटाइएको विरोधमा ऊर्जामन्त्रीको पुत्ला दहन
काठमाडौं - नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको विरोधमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको पुतला दहन गरिएको छ । नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी संगठनको अगुवाइमा उनको पुतला जलाइएको हो । मंगलबार (चैत १२) काठमाडौंको प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसअगाडि उनको पुतला जलाइएको थियो । विद्यार्थीले सरकारको विरोधमा नाराबाजी समेत गरे । त्यसक्रममा...
-
२०८१ चैत्र १२, मंगलबार
शाम्बालाले जित्यो निफमा उत्कृष्ट अवार्ड
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा आयोजित आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा चलचित्र ‘शाम्बाला’ उत्कृष्ट भएकाे छ । मीन बहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ले गौतम बुद्ध अवार्ड जितेको छ। शाम्बालाले डाेल्पाका जनजीवन र बहुपति विवाहपछि आएकाे परिवर्तन र हिमाली यात्राकाे कथा भन्छ। सो महोन्सवमा उत्कृष्ट राष्ट्रिय फिचर फिल्म अवार्ड भने चलचित्र’आखाँ’ले हात पारेको छ। यस...


