-
२०८१ चैत्र ६, बुधबार
परराष्ट्रमन्त्रीद्वारा फिलिपिन्स र जर्जियाका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता
काठमाडौं - परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जर्जियाकी विदेशमन्त्री माका बोचोरिसभिली र फिलिपिन्सका विदेशमन्त्री एनरिक ए. मनालोसँग आज नयाँ दिल्लीमा छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेकी छन्। भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहेका उनीहरुबीच आज बिहान सो भेटवार्ता भएको हो। ती भेटका क्रममा आपसी हित र द्विपक्षीय चासोका विविध विषयमा कुराकानी...
-
२०८१ चैत्र ६, बुधबार
त्रिवि केन्द्रीय क्याम्पसको निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश
काठमाडौं - चैत ८ गते हुने त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न अदालतले अन्तरिम आदेश दिएको छ । बुधबार पाटन उच्च अदालतले सो आदेश दिएको हो । त्रिभुवन विश्वविद्यालयलाई विपक्षी बनाई विष्णुबहादुर बडैलाले दायर गरेको रिटको पक्षमा बुधवार वरिष्ठ अधिवक्ताहरु दिनेश त्रिपाठी, मोहनकुमार ढुंगाना, केदार कार्की र अधिवक्ता बमबहादुर कटुवालले बहस गरेका थिए । यसअघि चैत ५ गते गर्ने भनिएको निर्वाचनमा...
-
२०८१ चैत्र ६, बुधबार
सात जिल्लाका प्रजिअहरूको सरुवा
काठमाडौं - आधा दर्जन बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)हरुको सरुवा गरिएको छ । गृह मन्त्रालयले विभिन्न सात जिल्लाका प्रजिअहरुलाई सरुवा गर्दै नयाँ प्रजिअहरु पठाएको छ । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुशार जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, सुर्खेत, उदयपुर, नवलपरासी(बर्दघाट सुस्ता पूर्व), बाग्लुङ, अछाम र पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको हो । मन्त्रालयले...
-
२०८१ चैत्र ६, बुधबार
निफमा ‘शाम्बाला’ ओपनिङ फिल्म र ‘रसियन फिल्म डे’ हुने
काठमाडौं - नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को आठौं संस्करणको चैत ७ देखि ११ गतेसम्म आयोजना हुने गरी तयारी पुरा भएको छ । आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । यसपटक निफको निर्णायक मण्डलमा छोटा चलचित्र तथा वृत्तचित्रतर्फ प्रमुख जुरीमा निर्देशक दीपेन्द्र गौचन र चलचित्रतर्फ अभिनेत्री सुरक्षा पन्त, निर्देशक सम्पादक रक्षा सिंह...
-
२०८१ चैत्र ६, बुधबार
राजेन्द्र श्रेष्ठद्वारा लिखित पुस्तक विमोचन
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूलाई दरबारीया भन्दै अगाडि बढ्ने दुस्साहस नगर्न चेतावनी दिएका छन्। सोमबार राजेन्द्र श्रेष्ठद्वारा लिखित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो चेतावनी दिएका हुन्। यो व्यवस्थामा केही पनि भएन भन्नु गलत हो। हामीले केके गरियो भन्ने बुझाउन सकिएन, उनले भने, अहिले इतिहासको चक्का पछाडि फर्काउने दुस्साहस भइरहेको...
-
२०८१ चैत्र ६, बुधबार
परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय वार्ता
काठमाडौं - परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच द्विपक्षीय भेटवार्ता भएको छ। भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रममा सहभागिताका लागि नयाँ दिल्लीमा रहेकी मन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच मंगलबार भेटवार्ता भएको हो। भेटमा उनीहरूबीच नेपाल-भारत ऐतिहासिक द्विपक्षीय सम्बन्ध, दुई देशबीचका साझा चासो र आपसी हितका साथै पारस्पारिक...
-
२०८१ चैत्र ६, बुधबार
२५ करोड रुपैयाँसहित लामा पक्राउ
काठमाडौं - आज बिहान २५ करोड बढी रकमसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ का ४३ वर्षीय कुसान लामा रहेको खुलेको छ। लामालाई बिहान काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँसहित पक्राउ गरेको थियो। बिहान ना ७ ख १६५२ नम्बरको ट्रकमा फल्स बटम बनाएर रकम लुकाइ छिपाइ राखेर केरूङतर्फ जाने क्रममा प्रहरीले...
-
२०८१ चैत्र ६, बुधबार
पाटन क्याम्पसमा भएको झडपमा अनेरास्ववियुका ४ जना नेता घाइते
काठमाडौं - पाटन संयुक्त क्याम्पसमा भएको झडपमा अनेरास्ववियुका ४ जना नेता घाइते भएका छन् । स्ववियु निर्वाचनको विषयलाई लिएर विवाद भएपछि नेविसंघ र अनेरास्ववियुका नेता कार्यकर्ताहरूबिच झडप भएको थियो । झडपका क्रममा अनेरास्ववियुका नेताहरू दिनेश श्रेष्ठ र पवन शाही गम्भीर घाइते भएका हुन् । त्यस्तै राजीव अधिकारी, समिक राई लगायतका नेताहरू समेत घाइते भएका छन् । अनेरास्ववियु अध्यक्ष समिक बडालले फर्जी मतदाता...
-
२०८१ चैत्र ६, बुधबार
पुल्चोक क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार श्रेष्ठ निर्वाचित
काठमाडौं - पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियुमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन् । उनी १ हजार १ सय २ मतसहित विजयी भएको सहायक क्याम्पस प्रमुख राम एकवाल यादवले जानकारी दिए । उनका अनुसार प्रतिद्वन्दी माओवादी निकट विद्यार्थी संगठनका उम्मेदवार रसिक लम्सालले ७१० मत ल्याएका छन् । स्नातक सिभिल इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत श्रेष्ठ निर्वाचित भएका हुन् । विद्यार्थीको प्रतिनिधि...
-
२०८१ चैत्र ५, मंगलबार
चलचित्र कलाकार संघको २०औं साधारणसभा सम्पन्न
नेपाल चलचित्र कलाकार संघले सोमवार आफ्नो २० औं साधारण सभाको अवसर पारेर आयोजित समारोहमा विभिन्न कलाकारहरुका साथै पत्रकार समेतलाई सम्मान प्रदान गरिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यमा आयोजित समारोहमा पत्रकार कृष्ण भट्टराईलाई चलचित्र कलाकार संघ पत्रकारिता सम्मान प्रदान गरिएको हो । समारोहमा पत्रकार भट्टराईसंगै अभिनेता तथा चिकित्सक डा.रुपक घिमिरे, अभिनेता धिरेन शाक्य,...
-
२०८१ चैत्र ३, आइतबार
भैरहवामा धम्म यात्रा, बाटोमा फूल छरेर भिक्षुको स्वागत
भैरहवा - पाँच सय जना श्रामणेर (अल्पकालीन भिक्षु)हरूको यात्रा ‘धम्म यात्रा’ सम्पन्न भएको छ । भैरहवाको सिद्धार्थ रङ्गशालाबाट सुरु भएको धम्म यात्रा देवकोटा चोक, बैंकरोड, नारायणपथ हुँदै लुम्बिनी गेटमा समापन भएको थियो । लुम्बिनी गेटमा हजारभन्दा बढी स्थानीयले श्रामणेरहरूको स्वागतमा उनीहरूको पाऊमुनि फूल छरेर स्वागत गरे । धम्म यात्रासँगै श्रामणेरहरूको प्रवज्या कार्यक्रम पनि सम्पन्न भएको छ ।...
-
२०८१ चैत्र ३, आइतबार
भक्तपुर अस्पतालमा मन्त्रीको छड्के
भक्तपुर - देशभरका प्रदेशस्तरीय अस्पतालमध्ये सर्वोत्कृष्ट घोषित भक्तपुर अस्पतालमा शुक्रबार मन्त्री र स्वास्थ्य सचिवसहितको टोलीले छड्के अनुगमन गरेको छ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर, प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, बागमती प्रदेश स्वास्थ्य सचिव डा. सुमित्रा गौतम, भक्तपुर अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष शशिजङ्ग थापासहितको टोलीले अस्पतालको सेवा सञ्चालनका बारेमा छड्के...


