-
२०८१ चैत्र १५, शुक्रबार
कर्फ्यु लगाएको क्षेत्रमा सेना परिचालन
काठमाडौं - सरकारले काठमाडौंको तीनकुने क्षेत्रमा सेना परिचालन गरेको छ । कर्फ्यु लगाएको क्षेत्रमा नेपाली सेनाको ट्यांकसहित सेना परिचालन गरिएको हो । नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार अहिले अवस्था हेरेर निस्किएको बताए । “हामीले कहाँ कहाँ के गर्दैछौँ, हामीले पत्रमार्फत् जानकारी पनि गराउछौँ । अवस्था हेरेर अघि बढ्छौँ । आगजनी भएको क्षेत्रमा हामी निस्कनैपर्ने हुन्छ । किनकि आगो नियन्त्रणमा पनि...
-
२०८१ चैत्र १५, शुक्रबार
कोटेश्वर भाटभटेनीमा राजावादी समूह पसेर लुटे सामग्री
काठमाडौं - कोटेश्वरको भाटभटेनीमा राजावादी समूह प्रवेश गरेर तोडफोड गरेका छन् । दिउसो ३ बजेर ५० मिनेट जाँदा प्रदर्शनकारी भाटभटेनीमा प्रवेश गरेर त्यहाँभित्र रहेका सामग्री लुटपाट गरेका हुन् । “कोटेश्वरस्थित स्टोरमा प्रदर्शनकारी प्रवेश गरेर रक्सीलगायतका सामग्री लिएर हिँडेका छन्, तोडफोड गरे,” भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले भने । प्रहरीलाई समयमै खबर गरिएको भए पनि अहिलेसम्म पुगेको छैन । "४० मिनेट...
-
२०८१ चैत्र १५, शुक्रबार
चलचित्र विकास बोर्डले गर्ने भयो मातृभाषी चलचित्रकर्मी संस्थासँग सहकार्य
नेपाली चलचित्र उद्योगलाई अझ समावेशी बनाउने उद्देश्यले चलचित्र विकास बोर्डले आदिवासी, जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिमार्फत विभिन्न जातीय संघसंस्थासँग सहकार्य गर्दै मातृभाषी चलचित्र प्रवर्द्धनका लागि ३४ लाख ५० हजार रुपैयाँको बराबरको सम्झौता गरेको छ। सम्झौता कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष श्री दिनेश डीसी, बोर्डका पदाधिकारीहरू, आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिका...
-
२०८१ चैत्र १५, शुक्रबार
नेवार समुदायको दोस्रो ठूलो पर्व पाहाँचह्रे मनाइँदै
काठमाडौं - काठमडौँ उपत्यकाका नेवार समुदायले दसैँपछिको ठूलो पर्वका रूपमा मनाउने पाहाँचह्रे पर्व देशभर छरिएर रहेका संस्थाका प्रतिनिधिले विभिन्न कार्यक्रम गरी देशभरा मनाउँदै छन् । यसलाई पासाचह्रे पनि भन्दछन् । नेवार भाषामा पाहाँको अर्थ पाहुना हो भने पासाको अर्थ साथी । चह्रे चन्द्रमासको भित्तेपात्रोअनुसार चौधौँ दिनलाई भनिन्छ । यस चाडका दिन खाइने मुख्य खाद्यवस्तु लसुन भएकाले कसैकसैले यसलाई ‘लसुने चाड...
-
२०८१ चैत्र १५, शुक्रबार
आज काठमाडौंका यी ठाउँमा हुनेछ सवारी जाम
काठमाडौं - काठमाडौं उपत्यकामा आज सडकमा सवारी जाम हुने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । काठमाडौंको तीनकुनेमा राजावादी र भृकुटीमण्डपमा गणतन्त्रवादीहरू प्रदर्शन गर्दा सवारी जाम हुने प्रहरीले बताएको छ । प्रदर्शनका कारण बिहानैदेखि काठमाडौंका सडकमा सवारी जाम हुने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले बिहानैदेखि सवारी जाम हुनसक्ने बताए ।...
-
२०८१ चैत्र १४, बिहिबार
शुक्रबार गणतन्त्र पक्षधर र पूर्वराजा समर्थकले प्रदर्शन गर्दै, सम्भावित मुठभेड रोक्न ३५ सय प्रहरी खटाइने
काठमाडौँ - शुक्रबार काठमाडौँको प्रदर्शनीमार्गमा गणतन्त्र पक्षधर समाजवादी मोर्चा र तीनकुनेमा व्यवस्था उल्टाउन लागि परेका पूर्वराजा समर्थकले प्रदर्शन गर्दै छन् । समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म,...
-
२०८१ चैत्र १३, बुधबार
बहु कलाकारले भरिएको नेपालभाषाको म्युजिक भिडियो शनिबार अाउने
नेपालभाषाको गीतसंगीत क्षेत्रमा अहिले म्युजिक भिडियो प्रकाशनको लहर तिब्र गतिमा चलिरहेको छ । यस क्षेत्रका सबै जसो कलाकर्मि कुनैनकुनै म्युजिक भिडियो मा आबद्द रहँदै अाएको अवस्था छ भने यसै क्रममा " धेबा फुत बाबा धेबा फुत " बोलको एउटा गीतको म्युजिक भिडियोमा बहु कलाकार प्रयोग गरेर नौलो स्वाद पस्कने भएको छ । यसको गायनमा भुपेन्द्र बज्राचार्य, सुरजबीर बज्राचार्य,अमोघबीर बज्राचार्य,निल शाक्य,अमर...
-
२०८१ चैत्र १३, बुधबार
महासंघको स्थापना दिवसमा पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण हुने
काठमाडौं - नेपाल पत्रकार महासंघले आफ्नो आफ्नो स्थापना दिवसका अवसरमा केन्द्र, प्रदेश र शाखा समितिमा विभिन्न कार्यक्रम गर्ने भएको छ । महासंघ यही चैत १६ गते ७०औँ वर्षमा प्रवेश गर्दै छ । महासंघ अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा मंगलबार बसेको पदाधिकारी बैठकले स्थापना दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा केन्द्र र उपत्यका बाहिरका जिल्ला शाखामा नसर्ने रोग तथा महिलाको...
-
२०८१ चैत्र १३, बुधबार
हेलो सरकारको साइट नै ‘ह्याक’ !
काठमाडौं - हेलो सरकारको वेबसाइट नै ह्याक भएको छ । बिहान १० बजेदेखि साइटमा समस्या आएको हेलो सरकारले जनाएको छ । ह्याकरको एक समूहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतकै हेलो सरकारको वेबसाइट ह्याक गर्दै त्यहाँ रहेका डाटा बिक्रीमा राखेको थियो । घुद्रा नामका ह्याकरको समूहले ह्याक गरेर सरकारका सूचना बिक्रीमा राखेको जनाएको थियो । तर अहिले भने साइटमा देखिएको समस्या समाधानको प्रयास भइरहेको...
-
२०८१ चैत्र १३, बुधबार
आनीको गीत ‘फूलको आँखामा...’ अब हिन्दीमा रेकर्ड हुँदै
काठमाडौं - गायिका आनी छोइङ डोल्माको लोकप्रिय गीत ‘फूलको आँखामा...’ अब हिन्दीमा पनि रेकर्ड हुने भएको छ । हिन्दी भाषामा अनुवाद गरेर यो गीत रेकर्ड गर्न लागिएको हो । भारतीय गीतकार गुलजारले यो गीत अनुवादसमेत गरिसकेका छन् । दुर्गालाल श्रेष्ठले लेखेको गीत गुलजारले हिन्दीमा अनुवाद गरेका हुन् । हिन्दीमा पनि आनी स्वयंले यो गीत गाउने छिन् । संगीत र संगीत संयोजन अहिलेकै प्रयोग गर्ने अथवा नयाँ गर्ने भन्ने...
-
२०८१ चैत्र १३, बुधबार
‘हरेक खेलाडीको कथा हो, ‘अञ्जिला’
काठमाडौं - अखिल नेपाल फुटवल सङ्घ (एन्फा)का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ्गले चलचित्र ‘अञ्जिला’मा देखाइएको सङ्घर्ष हरेक खेलाडीको जीवनीसँग मिल्ने बताएका छन् । ललितपुरको लाविम मलमा रहेको एक चलचित्र भवनमा नेपाली राष्ट्रिय महिला फुटवल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ हेरेपछि अध्यक्ष नेम्वाङ्गले चलचित्रले खेलमा आफ्नो भविष्य देख्नेलाई प्रेरणा दिने बताए...
-
२०८१ चैत्र १३, बुधबार
आठ महिनामा ५६ अर्बको खानेतेल निर्यात
काठमाडौं - नेपालले पछिल्लो आठ महिनामा करिब ५६ अर्ब बराबरको खानेतेल निर्यात गरेको छ । विदेशबाट कच्चा पदार्थ आयात गर्ने र नेपालमा प्रशोधन गरी मूल्य अभिवृद्धि गरेर खानेतेल बेच्दा निर्यात उल्लेख्य रुपमा बढेको हो । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष आयात ११ दशमलव २० र निर्यात ५७ दशमलव २०...


