STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

हेलो सरकारको साइट नै ‘ह्याक’ !

Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र १३, बुधबार

काठमाडौं - हेलो सरकारको वेबसाइट नै ह्याक भएको छ । बिहान १० बजेदेखि साइटमा समस्या आएको हेलो सरकारले जनाएको छ ।

ह्याकरको एक समूहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतकै हेलो सरकारको वेबसाइट ह्याक गर्दै त्यहाँ रहेका डाटा बिक्रीमा राखेको थियो ।

घुद्रा नामका ह्याकरको समूहले ह्याक गरेर सरकारका सूचना बिक्रीमा राखेको जनाएको थियो ।

तर अहिले भने साइटमा देखिएको समस्या समाधानको प्रयास भइरहेको हेलो सरकारले जनाएको छ ।

“हाम्रो साइटमा टेक्निकल समस्या भइरहेको छ,” हेलो सरकारका एक कर्मचारीले बाह्रखरीसँगको कुराकानीमा भने, “यहाँ आईटी टिमले समस्या समाधानको काम गर्दै हुनुहुन्छ ।”

उनका अनुसार बिहान १० बजेतिर समस्या देखिएको हो । 

यस विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले बुझिरहेको बताएको छ। 

केन्द्रका निर्देशक एवं प्रवक्ता राजकुमार महर्जनले प्रधानमन्त्री कार्यालयसँग समन्वय गरेर कस्तो खाले साइबर आक्रमण भएको हो र समाधान कसरी गर्न सकिन्छ भनेर बुझिरहेको बताए ।

कस्तो खाले आक्रमण भएको हो भन्ने जानकारी अहिलेसम्म प्राप्त भइनसकेको उनको भनाइ छ।

Categorized in विज्ञान-प्रविधि