STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बहु कलाकारले भरिएको नेपालभाषाको म्युजिक भिडियो शनिबार अाउने

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ चैत्र १३, बुधबार

नेपालभाषाको गीतसंगीत क्षेत्रमा अहिले म्युजिक भिडियो प्रकाशनको लहर तिब्र गतिमा चलिरहेको छ ।  यस क्षेत्रका सबै जसो कलाकर्मि कुनैनकुनै म्युजिक भिडियो मा आबद्द रहँदै अाएको अवस्था छ भने यसै क्रममा  " धेबा फुत बाबा धेबा फुत " बोलको एउटा गीतको   म्युजिक भिडियोमा बहु कलाकार प्रयोग गरेर नौलो स्वाद पस्कने भएको छ । यसको गायनमा भुपेन्द्र बज्राचार्य, सुरजबीर बज्राचार्य,अमोघबीर बज्राचार्य,निल शाक्य,अमर चित्रकार र अनुप शाक्यले स्वर प्रदान गरेका छन् भने यसको भिडियो मा गायनमा संलग्न सबै कलाकारहरुका साथमा सलोना बज्राचार्य, मोहिद्दिन खान,श्रुयति शाक्य,अर्चा बज्राचार्य,लबिक महर्जन लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

यसरी बहु गायक र बहु कलाकार प्रयोग गरिएको यो गीतको भिडियो शनिबार विहान कीर्तिपुर सिनेप्लेक्समा प्रिमियर गर्ने   भएको छ । 

 ललितपुर १६ वडाका वडाध्यक्ष निर्मलरत्न रत्न शाक्यले बताए अनुसार  शनिबार हुने प्रिमियर कार्यक्रम पनि फरक शैलीमा गर्ने तयारी भइरहेको छ भने वडा १६  कलाकार समितिले आयोजना गर्ने सो प्रिमियर कार्यक्रमको लागि कलाकार समितिका संयोजक सुरजबीर बज्राचार्य ले कार्यक्रमको लागि तयारी अन्तिम् चरणमा पुगिसकेको बताए । 

मल्टि स्टार भनि चर्चा भइरहेको यो म्युजिक भिडियोका  रचनाकार र संगीतकार भुपेन्द्र बज्राचार्य हुन् । यसको छायांकन र सम्पादन  अमर चित्रकारले गरेका हुन् ।

Categorized in साहित्य-कला