-
२०८१ चैत्र २९, शुक्रबार
वर्षासँगै काठमाडौँको हावाको गुणस्तरमा सुधार
काठमाडौँ - वर्षासँगै काठमाडौँको हावाको गुणस्तरमा सुधार आएको छ । वायु प्रदूषणको तथ्यांक राख्ने आईक्यू एयरले जारी गरेको सूची अनुसार वर्षासँगै काठमाडौँको हावाको गुणस्तरमा सुधार आएको देखाएको हो । आईक्यू एयरका अनुसार शुक्रबार साँझ काठमाडौंको एक्यूआई ७७ रहेको छ । साढे पाँच बजे सम्मको तथ्यांक अनुसार विश्वको प्रदूषित सहरमा २८ औँ नम्बरमा छ । यसलाई वायु गुणस्तरमा मध्यम मानिन्छ । बिहान काठमाडौँ विश्वकै...
-
२०८१ चैत्र २९, शुक्रबार
विख्यात संगीतकार रनजित गजमेरका साथै देशविदेशका २८ जनालाई नइ पुरस्कार
नइ प्रकाशनले आज राजधानी काठमाडौँमा अायोजित एक समारोहमा नेपालका सुविख्यात संगीतकार रनजित गजमेरका साथै नेपाल तथा भारतका २८ जना प्रतिभालाई ताम्रपत्र र नगद राशिसहित २०८० सालका नइ पुरस्कार समपर्ण गरेको छ । नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अध्यात्म दर्शन र सनातन धर्मसंस्कृतिको जागरण, संरक्षण र संवर्धनका लागि सात दशकदेखि प्राज्ञिक रूपमा समर्पित प्रा.चेतोनाथ शर्मा...
-
२०८१ चैत्र २९, शुक्रबार
नेपालले दियो म्यानमारलाई २७ टन बराबरको राहत सामग्री
काठमाडौं - नेपालले म्यानमार सरकारलाई २७ टन बराबरको राहत सामग्री उपलब्ध गराएको छ। भूकम्पबाट प्रभावित म्यानमारका नागरिकलाई सहयोगस्वरुप उक्त राहत सामग्री उपलब्ध गराइएको हो। यान्गुन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान नेपाली टोलीले म्यानमारका सरकारी अधिकारीलाई उक्त राहत सामग्री हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिणपूर्वी एसिया महाशाखा प्रमुख तापस अधिकारीले जानकारी दिए। राहत...
-
२०८१ चैत्र २९, शुक्रबार
दुर्गा प्रसाईं पक्राउ परेको छैन, खोजी हुँदैछ : नेपाल प्रहरी
काठमाडौं - नेपाल प्रहरीले तीनकुनेमा भएको हिसांत्मक प्रदर्शनका नाइके दुर्गा प्रसाईको खोजी कार्य जारी रहेको बताएको छ । बिहीबार अबेर राति नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले एक विज्ञप्ती जारी गर्दै ‘दुर्गा प्रसाई पक्राउ’ भन्ने शीर्षकमा प्रकाशन भएका विभिन्न समाचारहरू प्रति ध्यानाकषर्ण भएको जनाएका हुन् । विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाई नेपाल...
-
२०८१ चैत्र २९, शुक्रबार
ज्ञानेन्द्रलाई संवैधानिक राजा बनाउन सकिँदैन : गगन थापा
काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जति धोए पनि सफा बनाउन नसकिने बताएका छन् । नेपाली कांग्रेस बागमती प्रदेशले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले निर्मल निवासमा बसेर त उत्पात मच्चाउने ज्ञानेन्द्रले नारायणहिटी राजदरबारमा बसेको भए के गर्थे होला भन्दै प्रश्न गरे । ‘पूर्वराजा ज्ञानेन्द्र शाहलाई पति धोए पनि सफा बनाउन सकिँदैन,’ महामन्त्री थापाले भने...
-
२०८१ चैत्र २९, शुक्रबार
नेपाल बारमा नयाँ नेतृत्व चयन
काठमाडौं - नेपाल बार एसोसिएसनको अध्यक्षमा प्राडा विजयप्रसाद मिश्र निर्वाचित भएका हुन् । प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमन श्रेष्ठलाई पराजित गर्दै मिश्र बार एसोसिएसनको अध्यक्षमा निर्वाचित भएका हुन् । अन्तिम मतपरिणाम अनुसार मिश्रले पाँच हजार ५२ मत प्राप्त गरे भने श्रेष्ठले दुई हजार ६ सय २१ मत पाए । निर्वाचित भएपछि नवनिर्वाचित अध्यक्ष मिश्रले बारमा सबैलाई समेटेर एकजुट भएर अघि बढ्ने बताए । स्वतन्त्र...
-
२०८१ चैत्र २९, शुक्रबार
पछिल्लो २४ घण्टामा चट्याङबाट ५ जनाको मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा चट्याङका कारण देशभर ५ जनाको मत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न पाँच जिल्लामा ५ जनाले ज्यान गुमाएका हुन् । झापाको गौरादह नगरपालिका–५ स्थित बालुबथानमा ५४ वर्षीय पुरुषको मृत्यु भएको छ । पानीसँगै परेको चट्याङको झड्का लागेर उनको मृत्यु भएको हो । मोरङको कानेपोखरी गाउँपालिका–१ मा १२ वर्षीय बालकको मृत्यु भएको छ ।...
-
२०८१ चैत्र २९, शुक्रबार
बिस्केट जात्राको भैरव रथ वंशगोपाल पुगेर फर्काइँदै
भक्तपुर - आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा अन्तर्गत भैरवको रथ वंशगोपाल पुर्याइएको छ । बिहीबार अपराह्न करिब ४ः०० बजे तौमढीमा विधिवत सबै पूजा गरेर तान्न सुरू भएको भैरवको रथलाई तलतर्फ गहिटी, नासमना, वंशगोपाललगायत क्षेत्रमा पुर्याएर अड्किएपछि पुनः स्थानीयले रथलाई तानेर राति ११ः०० बजे फर्काएर वंशगोपल ल्याएको जिल्ला...
-
२०८१ चैत्र २७, बुधबार
तीनकुनेमा देखिएकी एनी कुँवर हिरासतमा, भनिन् - मान्छे बचाउन त्यो भिडियो बनाएकी हुँ
काठमाडौँ - काठमाडौँको तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेकी अनिता कुँवर (एनी) अहिले हिरासतमा छिन् । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीविरुद्ध आपराधिक उपद्रव र संगठित अपराध कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । पत्रकार सुरेश रजक जलेको घरमा कुँवरले ताला लगाएर फर्केको जस्तो देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल छ । कुँवर अभिनेत्रीसमेत हुन् । आगजनी...
-
२०८१ चैत्र २७, बुधबार
फरार दुर्गा प्रसाईंको भिडियो सार्वजनिक, आफ्नो मिम बनाएकोमा गुनासो
काठमाडौँ - तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि फरार रहेका दुर्गा प्रसाईँले पुनः एकपटक सामाजिक सञ्जालमार्फत आफ्नो कुराहरू व्यक्त गरेका छन् । बुधबार सामाजिक सञ्जालमा प्रसाईँले एउटा भिडियो पोस्ट गर्दै आफ्ना कुराहरू राखेका हुन् । उनले मिडियामा आफ्नो मिम र हसीमजाकको पात्र बनाएको मा दुःख व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘मलाई मिम बन्ने कुरा, जोकर बनाउने कुरा आए । दुर्गा प्रसाईँ, मुर्गा प्रसाईँ भन्ने...
-
२०८१ चैत्र २७, बुधबार
लयमा फर्किँदै अर्थतन्त्र
काठमाडौं - देशको अर्थतन्त्र लयमा फर्किएको संकेत देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति तथ्यांकले देशको अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढिरहेको देखिएको हो । तथ्यांकअनुसार अधिकांश वित्तीय सूचकहरु सकारात्मक छन् । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्मको तथ्यांकअनुसार देशमा महँगी पनि घट्दै गइरहेको देखिन्छ भने विदेशी विनिमय सञ्चिति,...
-
२०८१ चैत्र २७, बुधबार
तीनकुने घटनाका घाइतेहरूको उपचार खर्च सरकारले ब्यहोर्छ : गृहमन्त्री
काठमाडौं - गृहमन्त्री रमेश लेखकले चैत १५ मा तीनकुनेमा घाइते भएकाहरूको उपचार खर्च सरकारले व्यहोर्ने प्रतिबद्धता जनाएका छन् । बुधवार सिभिल अस्पतालमा घाइतेहरूसँग भेटघाट गर्दै लेखकले भने, ‘घाइतेहरूलाई निःशुल्क उपचार गर्ने निर्णय कार्यान्वयन हुन्छ ।’ घाइतेहरूले निःशुल्क उपचार प्राप्त गरेकी गरेनन् भनेर हेर्न आफू अस्पताल आएको उल्लेख गर्दै मन्त्री लेखकले भने, ‘खर्च गरेको बिल अस्पताल मार्फत स्वास्थ्य...


