-
२०८२ बैशाख २६, शुक्रबार
रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल
काठमाडौँ - रातो मच्छिन्द्रनाथको जात्राअनुसार शुक्रबार रथको टुप्पोबाट धार्मिक परम्पराअनुसार नरिवल खसालिएको छ । खसेको नरिवल जसले समात्छ, उसले छोरा प्राप्त गर्छ भन्ने मान्यता छ। यही अवसरमा ललितपुर महानगरपालिकाले आज आफ्ना कार्यालयमा सार्वजनिक बिदा पनि दिएको थियो ।
-
२०८२ बैशाख २६, शुक्रबार
भारत-पाकिस्तान तनावले सिमावासी विस्थापित
काठमाडौं - भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच लाइन अफ कन्ट्रोल (एलओसी) आसपासका स्थानीय विस्थापित भएका छन् । एलओसीनजिक गोली हानाहान चलिरहेकाले भारततर्फका स्थानीय आफ्ना घर छाडेर सुरक्षित स्थानको खोजीमा विस्थापित भएका छन् । भारत र पाकिस्तानबीच नयाँ स्तरमा सुरु भएको शत्रुताले सीमा क्षेत्रमा बसोबास गर्नेहरूका कठिनाइ बढाएको बीबीसीले जनाएको छ । विगतमा पनि दुई देशबीच तनाव हुँदा तथा युद्धको समयमा...
-
२०८२ बैशाख २६, शुक्रबार
जम्मू–कश्मीरमा फेरि गोलाबारी, मुख्यमन्त्रीले गरे यस्तो अपिल
नयाँ दिल्ली - भारतको जम्मू–कश्मीर क्षेत्रमा शुक्रबार साँझदेखि फेरि गोलाबारीको आवाज सुन्न थालिएको छ । श्रीनगरमा रहेका बीबीसीका संवाददाता माजिद जहाँगीरले कुपवाडा, करनाह, तंगधार, उरी र पुंछमा स्थानीय समय अनुसार साँझ ७ः२० बजेदेखि गोलाबारी सुरु भएको जनाएका छन् । एएनआई न्यूज एजेन्सीका अनुसार उत्तरी क्षेत्रमा गोली र विस्फोटका आवाज सुनिएको छ । पठानकोटमा पनि विस्फोटको आवाज सुनिएको बीबीसी संवाददाताले...
-
२०८२ बैशाख २४, बुधबार
मिसेस टुरिजम क्विन इन्टरनेशनलमा डा.सुमी मल्लले जितिन् दुई अवार्ड
हाउस अफ फेसन नेपालद्वारा आयोजित दोस्रो संस्करणको ‘मिसेस भोग नेपाल–२०२५’ डा.सुमी मल्लले बैंककमा आयोजित एक अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई महत्वपूर्ण उपाधि जित्न सफल भएकि छिन् । मंगलवार काठमाडौंमा हाउस अफ फेसन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार गत साता बैंककमा आयोजित ‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ डा.मल्लले दुई महत्वपूर्ण उपाधि जितेकी हुन् । वरिष्ठ दन्त चिकित्सकको...
-
२०८२ बैशाख २४, बुधबार
चलचित्र बिकास बोर्ड ले गर्यो चलचित्रकर्मीको परिवारलाई आर्थिक सहयोग
काठमाडौं । चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषबाट अस्वस्थ अवस्था मा रहेका र मृतक चलचित्रकर्मीका परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । ती मध्ये बिरामी ३ र मृतक १ जना चलचित्रकर्मीको परिवारलाई अर्थ सहयोग उपलब्ध गराइएको हो । मस्तिष्कमा रक्तस्राव भएर ग्रिनसिटी अस्पतालमा उपचार गराइरहेका निर्देशक सन्तोष ढकालको परिवारलाई १ लाख रुपैयाँ नगद प्रदान गरिएको छ भने दिवंगत प्राविधिक...
-
२०८२ बैशाख २२, सोमबार
समावेशी अवार्डका रुपमा निम अवार्डको आठौँ संस्करण सम्पन्न
राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२५ भव्य रुपमा चर्चा कमाएको निम अवार्डको आठौं संस्करण शनिबार सम्पन्न भएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा बैशाख २० गते शनिबार काठमाण्डौमा सम्पन्न भएको उक्त कार्यक्रममा बन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पिम नेपालका सल्लाहकार तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला...
-
२०८२ बैशाख २१, आइतबार
नेवाः समुदाय को ज्ञान र शिल्प बारे नेवाः ज्ञान सम्मेलन हुँदै
नेपालभाषाको वाङमय क्षेत्रमा सकृय नेवारहरुको प्राज्ञिक संस्था नेपालभाषा एकेडेमीले यही वैशाख २७ गते शनिबार नेवाः आदिवासी प्रविधि र शिल्प ज्ञान सम्मेलन गर्ने भएको छ । एकेडेमीले भाषा, साहित्य, संस्कृति र कलाको क्षेत्रमा मात्र नभई सीमित हुन नहुने भन्दै पहिलो पटक प्रविधि र शिल्प ज्ञानको विषयमा सम्मेलन आयोजना गर्न लागिएको अकाडेमीका चान्सलर मल्ल के सुन्दरले पत्रकार भेटघाटमा जानकारी दिए। चान्सलर मल्लका...
-
२०८२ बैशाख १८, बिहिबार
नइ एकेडेमीले ‘नेपाल भारत प्राध्यापक सम्मेलन’ गर्ने
नेपालको वाङमय क्षेत्रमा सकृय प्राज्ञिक संस्था नइ एकेडेमीले निकट भविष्यमा दुई दिने ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ गर्ने भएको छ । त्रिमूर्ति निकेतनका संयोजक प्रा.डा.महादेव अवस्थीको संयोजकत्वमा सम्पन्न हुने यस सम्मेलनमा नेपाल तथा भारतका विभिन्न विश्वविद्यालयबाट नेपाली भाषासाहित्यमा विद्यावारिधि गर्ने ३५० जना प्राज्ञको सहभागिता हुने कताइएको छ । नेपाल भारत विश्वविद्यालय प्राध्यापक...
-
२०८२ बैशाख १७, बुधबार
पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ प्रदान
अमर साहित्यकार वानिरा गिरीको नाममा स्थापना गरिएको वानीरा फाउन्डेसनले राजधानी काठमाडौँमा स्थापित वानीरा सभागृहमा बुधवार एक समारोहमाझ ‘नेपाली भाषासाहित्यको सिर्जनामा साढे छ दशकअघिदेखि निरन्तर साधनारत एवम् नेपालको उच्चशिक्षाको श्रीवृद्धिका लागि समेत समर्पित’ प्राध्यापक रामकुमार पाँडेलाई २०८१ सालको ‘वानीरा प्रज्ञा पुरस्कार’ समर्पण गर्नुभयो । फाउण्डेशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईले सो समारोहमा...
-
२०८२ बैशाख १४, आइतबार
इलामको श्रीअन्तुमा चलचित्र पत्रकार संघको राष्ट्रिय भेला जेठ ६ देखि ९ गतेसम्म
नेपालका चलचित्र पत्रकार हरु को छाता संगठन चलचित्र पत्रकार संघ नेपालले आफ्नो स्थापनाको २६औँ वार्षिक उत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस, दोस्रो राष्ट्रिय भेला–२०८२ इलामको श्रीअन्तुमा आयोजना गर्ने भएको छ। संघको केन्द्रीय समितिको आइतबार बसेको बैठकले जेठ ६ गतेदेखि ९ गतेसम्म श्रीअन्तुमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो। चार दिने यो कार्यक्रममा देशभरिबाट चलचित्र पत्रकारहरूको उल्लेखनीय...
-
२०८२ बैशाख ९, मंगलबार
ब्राजिलका विश्वकप विजेता फुटबलर रोबर्टो कार्लोस नेपालमा नेपाली ब्राजिलियन फ्यानलाई दिए धन्यवाद
ब्राजिलका लिजेन्ड फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन्। उनी मंगलबार बिहान नेपाल आइपुगेका हुन्। नेपाल सुपर लिगको निमन्त्रणामा उनी नेपाल आइपुगेका हुन्। मंगलबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेका कार्लोसले बेलुका फ्यानहरूसँग गाला डिनर गर्नेछन्। यस्तै उनी बुधबार दशरथ रंगशालामा जानेछन्। त्यहाँ उनले नेपाल सुपर लिगको दोस्रो क्वालिफायरको खेल अन्तर्गत पोखरा र धनगढी बीचको खेल हेर्नेछन्। उनी...
-
२०८२ बैशाख ९, मंगलबार
कक्षा–१२ को परीक्षा नसर्ने : बोर्ड
काठमाडौं - कक्षा–१२ को परीक्षा नसर्ने भएको छ । यही वैशाख ११ गतेदेखि परीक्षा मिति तय छ । आज (वैशाख ९) बिहान बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकबाट पूर्वनिर्धारित मितिमा परीक्षा गराउने निर्णय गरिएको हो । “परीक्षा नसर्ने, परीक्षा नियमित हुने, नेपाल सरकारले सहयोग गर्ने निर्णय भयो,” परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने । शिक्षक आन्दोलनका कारण परीक्षा गर्न सकिने/नसकिने भन्ने विषयमा छलफल गर्न बैठक...


