
चलचित्र बिकास बोर्ड ले गर्यो चलचित्रकर्मीको परिवारलाई आर्थिक सहयोग
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ बैशाख २४, बुधबार

काठमाडौं । चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषबाट अस्वस्थ अवस्था मा रहेका र मृतक चलचित्रकर्मीका परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । ती मध्ये बिरामी ३ र मृतक १ जना चलचित्रकर्मीको परिवारलाई अर्थ सहयोग उपलब्ध गराइएको हो ।
मस्तिष्कमा रक्तस्राव भएर ग्रिनसिटी अस्पतालमा उपचार गराइरहेका निर्देशक सन्तोष ढकालको परिवारलाई १ लाख रुपैयाँ नगद प्रदान गरिएको छ भने दिवंगत प्राविधिक श्रीकृष्ण तिमल्सिनाको परिवारलाई काजक्रियाको लागि ५० हजार रुपैयाँ, खुट्टा भाँचिएका कलाकार गोकुल सुवेदीलाई ४० हजार र सिरोसिस भएका प्राविधिक उमेश श्रेष्ठको परिवारलाई १ लाख नगद प्रदान गरिएको हो ।
बोर्ड अध्यक्ष दिनेश डीसी, कोषकी अध्यक्ष वसुन्धरा भुसाल, सदस्यद्वय मोहन निरौला र पुष्कर लामाको समूहले विरामीको घर, अस्पताल र मृतकको क्रियापुत्री भवनमा गएर आर्थिक सहयोग प्रदान गरेको हो ।
Categorized in साहित्य-कला