STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

मिसेस टुरिजम क्विन इन्टरनेशनलमा डा.सुमी मल्लले जितिन् दुई अवार्ड

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ बैशाख २४, बुधबार

हाउस अफ फेसन नेपालद्वारा आयोजित दोस्रो संस्करणको ‘मिसेस भोग नेपाल–२०२५’ डा.सुमी मल्लले बैंककमा आयोजित एक अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई महत्वपूर्ण उपाधि जित्न सफल भएकि छिन् । 

मंगलवार काठमाडौंमा हाउस अफ फेसन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार गत साता बैंककमा आयोजित ‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ डा.मल्लले दुई महत्वपूर्ण उपाधि जितेकी हुन् । वरिष्ठ दन्त चिकित्सकको रुपमा कार्यरत डा.मल्लले उक्त प्रतियोगितामा मिसेस इन्स्पिरेश्नल तथा सेकेण्ड रनर्स अपको उपाधि जित्न सफल भएकी हुन् । 

पत्रकार सम्मेलनमा उक्त प्रतिस्पर्धामा जितेको क्राउन लगाएरै प्रस्तुत डा.मल्लले विश्वका विभिन्न २५ देशका प्रतिस्पर्धिहरुसंग प्रतिस्पर्धा गरेर दुई महत्वपूर्ण उपाधि जित्न सफल भएर नेपालको नाम राख्न सफल भएको प्रतिक्रिया दिएकी छिन् । 

डा.मल्लले बैंककमा सम्पन्न उक्त प्रतियोगिताको क्रममा आफूलाई ‘मिसेस नेपाल’ भनेर गरिएको सम्बोधन, नेपालको पर्यटनका बारेमा राखिएको जिज्ञासा तथा तिनको समाधानको क्रममा आफू अझ बढी गौरवान्वित भएको धारणा व्यक्त गरिन् । 

‘मिसेस भोग नेपाल २०२५’ को आयोजक संस्था हाउस अफ फेसन नेपालकी संस्थापक निर्देशक ओशिमा बानुले उक्त प्रतियोगितामा आफूले पठाएको नेपाली प्रतिनिधिले नेपालका लागि दुई महत्वपूर्ण उपाधि जित्न सफल हुनुमा डा.सुमी मल्लको समर्पण, सौन्दर्य र अदम्य आत्माले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई गर्वित तुल्याएको धारणा व्यक्ति गरिन् । ‘यही आत्मविश्वास तथा गरिमाका साथ राष्ट्रको प्रतिनिधित्व गर्दै डा.मल्ल शक्ति, सौन्दर्य र प्रेरणाको प्रतीक बन्नु भएको छ, बानुको भनाइ छ । 

‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ को ग्राण्ड फिनाले गत मे १ अर्थात वैशाख १८ गते थाईल्यान्डको जीवन्त सहर बैंककमा आयोजना भएको थियो । हाउस अफ फेशन नेपालको विशेषज्ञ मार्गदर्शनमा विश्वस्तरीय प्रशिक्षण र ग्रुमिङ प्राप्त गरेकी डा.सुमी मल्ल आत्मविश्वास, सौन्दर्य र दृढतासहित अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि बैंकक पुगेकी थिइन् । 

पत्रकार सम्मेलनमा हाउस अफ फेसनले तेस्रो संस्करणको ‘मिसेस भोग नेपाल–२०२६’ को घोषणासमेत गरेको छ । आगामी जनवरीमा आयोजना हुने उक्त प्रतियोगितामा विवाहित नेपाली नारीहरुले प्रतिस्पर्धा गर्न सक्ने हाउस अफ फेसन नेपालले जनाएको छ ।

Categorized in साहित्य-कला