STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नइ एकेडेमीले ‘नेपाल भारत प्राध्यापक सम्मेलन’ गर्ने

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ बैशाख १८, बिहिबार

नेपालको वाङमय क्षेत्रमा सकृय प्राज्ञिक संस्था नइ एकेडेमीले निकट भविष्यमा दुई दिने ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ गर्ने भएको छ ।

त्रिमूर्ति निकेतनका संयोजक प्रा.डा.महादेव अवस्थीको संयोजकत्वमा सम्पन्न हुने यस सम्मेलनमा नेपाल तथा भारतका विभिन्न विश्वविद्यालयबाट नेपाली भाषासाहित्यमा विद्यावारिधि गर्ने ३५० जना प्राज्ञको सहभागिता हुने कताइएको छ ।

नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनका लागि विद्यावारिधि तहको पठनपाठन हुने दुवै देशका सपूर्ण विश्वविद्यालयबाट कार्यपत्रहरू प्राप्त भैसकेका छन् । ‘नेपाली भाषासाहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’नामक उक्त ग्रन्थ आठ सय पृष्ठ जतिको हुनेछ । सम्मेलनको प्रथम सत्रमा नै कार्यपत्र समाविष्ट उक्त प्रलेख ग्रन्थको लोकार्पण गरिने कार्यक्रम रहेको छ । 

सम्मेलनका लागि सर्वश्री प्रा.डा.ऋषिराम शर्मा, प्रा.डा.कपिलदेव लामिछाने, प्रा.डा.कविता लामा, प्रा.केशव सुवेदी, प्रा.डा.कृष्णराज घतानी, प्रा.खेमराज जोशी, प्रा.डा.चक्रपाणि खनाल, प्रा.डा.जङ्गब चौहान, डा.टेकबहादुर क्षत्री, प्रा.डा.ताराकान्त पाण्डेय, प्रा.डा.दयाराम श्रेष्ठ, प्रा.डा.दिवाकर प्रधान, डा.दैवकीदेवी तिम्सिना, प्रा.डा.पुष्प शर्मा, डा.रजनी ढकाल, प्रा.डा.लक्ष्मणप्रसाद गौतम, प्रा.डा.लेखप्रसाद निरौला, प्रा.शिवगोपाल रिसाल, प्रा.डा.सञ्जय रार्ई तथा डा.अरुणा रार्ई, डा.साधना पन्त ‘प्रतीक्षा' र डा.हर्कबहादुर शाहीका कार्यपत्र रहेका छन् । साथै यस वृहत् ग्रन्थको समीक्षा प्रा.डा.महादेव अवस्थीले गर्नुहुने भएको छ । 

 सन् १९१० मा लखनऊ विश्वविद्यालयमा भर्नाकुलर नेपाली पाठ्यक्रमबाट नेपाली भाषासाहित्यको पठनपाठनको आरम्भ भएकाे कुरा यहाँनेर स्मरणीय छ ।

'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’का लागि २५ लाख रूपियाँ बजेट लाग्ने अनुमान नइ एकेडेमी का सदस्यसचिव नरेन्द्रराज प्रसाईले गर्नु भएको छ ।

Categorized in साहित्य-कला