-
२०८१ चैत्र २७, बुधबार
सरकारले जफत गर्यो खुमबहादुर खड्काको जग्गा
काठमाडौँ - सरकारले सर्वोच्च अदालतको फैसला बमोजिम पूर्वमन्त्री तथा नेपाली कांग्रेसका दिवङ्गत नेता खुमबहादुर खड्काले भ्रष्टाचार गरेर कमाएको जग्गा जफत गरेको छ । गृह मन्त्रालय अन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले सर्वोच्चको फैसला बमोजिम खड्काको जग्गा जफत गरेको हो । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैजनाथ उपाध्यायको इजलासले २०६९ साउन ३० गते पूर्वमन्त्री खड्कालाई...
-
२०८१ चैत्र २७, बुधबार
जेपि स्कूलका संस्थापक हेडमास्टरको शालिक अनावरण
जेपी हाईस्कूलको नामबाट प्रख्यात जुद्धोदय माध्यमिक विद्यालयको ८६ औं स्थापना दिवसका अवसरमा मंगलवार विद्यालयका संस्थापक हेडमास्टर खर्दार तीर्थराज सिं सुवालको शालिक अनावरण गरिएको छ । विद्यालयको पूर्व जेष्ठ विद्यार्थी (२००१ समूह) एवम् पूर्वअर्थसचिव गोरक्षबहादुर न्हुछेँ प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सालिक अनावरण कार्यक्रममा उहाँले संस्थापक हेडमास्टरको शालिक अनावरण गर्नुभएको थियो । जहानियाँ...
-
२०८१ चैत्र २७, बुधबार
फोनिज संघीय समिति अन्तर्गत उपत्यका समन्वय प्रदेश तदर्थ समिति गठन
फोनिज संघीय समितिमा फोनिजको नयाँ संरचना अन्तर्गत बुधबार उपत्यका समन्वय प्रदेश तदर्थ समिति गठन गरिएको छ । प्रशान्त मालीको अध्यक्षतामा गठन भएको समितिमा दुई उपाध्यक्षमा राजु राजदेव बज्राचार्य र रमिता छुजु रहेका छन् भने महासचिव प्रबिण किराँती,दुइ सचिव मा सबिका श्रेष्ठ र शंकर भुजेल मनोनयनमा परेका छन् । यस्तै गरी कोषाध्यक्षमा विनोद श्रेष्ठ र सदस्यहरुमा...
-
२०८१ चैत्र २७, बुधबार
हल्चोक आकाश भैरबको बाह्र वर्षे जात्रा बैशाखमा
विश्वसम्पदामा सूचिकृत सम्पदाहरु मध्ये एक महत्वपूर्ण सम्पदा स्वयम्भूबाट पश्चिमपट्टि रहेको इचंगु (हाल नागार्जुन नगरपालिकाको ३ नं. वडा) स्थित हल्चोक स्थित भैरव श्री हल्चोक आकाश भैरवको बाह्र वर्षे जात्रा यही २०८२ साल बैशाखमा मनाइने भएकोमा छ । यो आकाश भैरवको हरेक वर्ष इन्द्रजात्राका अवसरमा जात्रा तथा नृत्य प्रदर्शन हुने परम्परा रही आएको छ भने वर्षेनी तीन देवताले मात्र शहर परिक्रमा गर्ने चलन छ । यसैगरी...
-
२०८१ चैत्र २७, बुधबार
नव निर्देशक सुरेन्द्र श्रेष्ठ को निर्देशनमा वरिष्ठ गीतकार प्रकाश दिपको गीत
नेपालको संगीत उद्योगमा स्थापित नाम भइसकेका गीतकार प्रकाश दिप श्रेष्ठ रचित नयाँ र सुन्दर गीत "तिमी मेरो जीवन साथी" हालै सार्वजनिक भएको छ। यस गीतलाई कलाकार सुरेन्द्र श्रेष्ठले निर्देशन गर्नु भएको छ । गीतका स्वर यमन श्रेष्ठ र एन्जेला श्रेष्ठले दिनुभएको छ, जसले गीतलाई अझै मनमोहक र हृदयस्पर्शी बनाएको छ। गीतको रचनाकार प्रकाश दीप श्रेष्ठ हुनुहुन्छ, र यस गीतलाई जीवित जुल्मीले म्युजिक एरेन्ज गर्नुभएको छ।...
-
२०८१ चैत्र २६, मंगलबार
वायु प्रदूषण न्यूनीकरणका लागि तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण
काठमाडौँ - वातावरणसँग सम्बन्धित विभिन्न सङ्घ/संस्थाका प्रतिनिधि र विज्ञहरूले बढ्दो वायु प्रदूषणबारे चिन्ता व्यक्त गरेका छन् । उनीहरुले यो समस्या समाधानका उपाय तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल वातावरण पत्रकार समूह र ग्रामीणमुखी युवा अभियान नेपालले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले प्रदूषण रोकथाममा सरकार र सङ्घसंस्थाबिच सहकार्य र समन्वयमा...
-
२०८१ चैत्र २६, मंगलबार
बल्खु चोकमा राप्रपा कार्यकर्ताको शक्ति प्रदर्शन
काठमाडौं - राप्रपा बागमती प्रदेश कमिटीले काठमाडौँको बल्खुमा आयोजना गरेको खबरदारी सभामा बोल्दै त्यस पार्टीका नेताहरूले आफूले भनेजस्तो समझदारी गर्न तयार नभए आन्दोलन जारी राख्दै बालुवाटारको भातपानी बन्द गर्ने, नेताहरूको घर घेर्ने तथा बंगलादेश र श्रीलंका बनाउनेसम्मको धम्की दिएका हुन् । सभामा सम्बोधन गर्ने नेताहरूको आक्रोश व्यवस्था भन्दा पनि सरकारको नेतृत्व गर्ने दलका नेताहरूको कार्यशैलीले देश बर्बाद...
-
२०८१ चैत्र २६, मंगलबार
आन्दोलनरत शिक्षकहरूलाई सरकारले फेरि बोलायो वार्तामा
काठमाडौं - काठमाडौं केन्द्रित आन्दालेनमा रहेका शिक्षकहरुलाई वार्तामा आउन सरकारले पुन: आह्वान गरेका छ । मंगलबार एक सुचना जारी गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दालेनरत शिक्षकहरुलाई वार्तामा आउन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘हालसम्म यस मन्त्रालयसँग औपचारिक रूपमा त्यस्तो छलफल तथा परामर्श सकेन र हालसम्म पनि...
-
२०८१ चैत्र २६, मंगलबार
सविनकी श्रीमतीलाई भाटभटेनीमा जागिर
काठमाडौं - तीनकुने घटनामा परेर ज्यान गुमाएका कीर्तिपुरका सविन महर्जनकी श्रीमती भविसालाई भाटभटेनी सुपरमार्केटले जागिर दिने भएको छ। मंगलबार भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले यस्तो बताएका हुन् । भाटभटेनीले यसअघि नै तीनकुने घटनामा ज्यान गुमाएका मध्ये पत्रकार सुरेश रजकको परिवारलाई पाँच लाख रुपैयाँ र महर्जनको परिवारलाई तीन लाख रुपैयाँ बराबरको आर्थिक सहयोग घोषणा गरेको थियो । अध्यक्ष गुरुङले आज दुवै...
-
२०८१ चैत्र २६, मंगलबार
निम म्युजिक अवार्डमा नेपालभाषाका गीतहरु पनि प्रतिस्पर्धामा
पावर ईन्टर नेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा सम्पन्न हुन गैरहेको आठौं संस्करणको राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड ) २०२५ को मनोनयन सार्वजनिक भएको छ । निम अवार्डको आठौं संस्करणको कार्यक्रमको व्यवस्थापकिय जिम्मेवारी एरा प्रोडक्सन प्रा.लि.ले लिएको छ । विभिन्न भाषाभाषीका गरी कुल ४० विधामा प्रतिस्पर्धामा रहेका कलाकार, श्रष्टा तथा सर्जकहरुलाई अनलाईन भोटिङ प्रकृया र निर्णायकहरुको...
-
२०८१ चैत्र २५, सोमबार
ताम्रकार फुटसल प्रतियोगिता सम्पन्न
खेलकूदको माध्यमबाट समाजमा भाइचाराको अभिवृद्धि गर्न एवं समाजमा सकारात्मक परिवर्तनको उद्देश्यका साथ ताम्रकार समाजले विगत आठ वर्षदेखि नियमित रुपमा गर्दै आइरहेको ताम्रकार फूटसल प्रतियोगिताको छैठौँ संस्करण यसवर्ष यही चैत्र १६ गते शनिबार र २३ गते शनिबारका दिन सानेपा स्थित फिल्ड फूटसल ग्राउण्डमा सम्पन्न भएको छ । सो ताम्रकार फूटसल प्रतियोगिताका विजेता बि.के. सुनचाँदी पसलले छैठौं संस्करणमा पनि विजय हासिल...
-
२०८१ चैत्र २४, आइतबार
भोलिदेखि अनिश्चितकालीन शैक्षिक हडताल गर्ने शिक्षक महासंघको घोषणा
काठमाडौँ - नेपाल शिक्षक महासङ्घले भोलिबाट शैक्षिक हडतालको घोषणा गरेको छ। विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग अघि सारेर काठमाडौँमा सडक आन्दोलन गर्दै आएको महासंघले शैक्षिक हडतालकाे घोषणा गरेको हो। शैक्षिक हडतालकाे क्रममा विद्यालयका नतिजा प्रकाशन लगायतका सबै काम ठप्प पारी विद्यालय बन्द गरेर आन्दोलनमा सहभागी हुन महासंघले आह्वान गरेको छ। चैत्र २० गतेबाट काठमाडौँमा शैक्षिक सडक आन्दोलन चलिरहेको छ ।...


