STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

हल्चोक आकाश भैरबको बाह्र वर्षे जात्रा बैशाखमा

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ चैत्र २७, बुधबार

विश्वसम्पदामा सूचिकृत सम्पदाहरु मध्ये एक महत्वपूर्ण सम्पदा स्वयम्भूबाट पश्चिमपट्टि रहेको इचंगु (हाल नागार्जुन नगरपालिकाको ३ नं. वडा) स्थित हल्चोक स्थित भैरव श्री हल्चोक आकाश भैरवको बाह्र वर्षे जात्रा यही २०८२ साल बैशाखमा मनाइने भएकोमा छ । यो आकाश भैरवको हरेक वर्ष इन्द्रजात्राका अवसरमा जात्रा तथा नृत्य प्रदर्शन हुने परम्परा रही आएको छ भने वर्षेनी तीन देवताले मात्र शहर परिक्रमा गर्ने चलन छ । यसैगरी प्रत्येक १२ वर्षमा एकपटक श्री हल्चोक आकाश भैरवको १० देवदेवीहरुसहितको हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा संचालन गरिने गरेको छ।

हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा वैशाख महिनाभरि संचालन गरिने भएको छ । सो जात्राबारे जानकारी गराउन बुधबार एक पत्रकार सम्मेलन गरिएको छ । पत्रकार सम्मेलनमा प्रचार प्रसार संयोजक नृपेन्द्रलाल श्रेष्ठ र गुथि नाइके सुरज पुतवारले बताए ।  पत्रकार सम्मेलनमा अाकाश भैरव समाजका सचिव सुरेन्द्र भक्त श्रेष्ठ ले सन्चालन गरेको सो सम्मेलन मा जानकारी गराइए अनुसार वि.सं. २०८२ बैशाख १ गते हल्चोकमा पञ्चबली पूजा गरी सुरुवात गरिने भएको छ । बैशाख २ गते हल्चोकबाट देवीदेवताहरुलाई ताम्सिपाखामा ल्याई ताम्सिपाखाबाट जात्रा संचालन गरिनेछ । यसक्रममा हालसम्ममा ३ गते केलटोलमा मछिन्द्र क्लब, प्रदीप्त पुस्तकालय र केलटोल श्री नाट्येश्वर डबली व्यवस्थापन समितिको संयुक्त आयोजनामा, ६ गते मरु दबलिमा मरुत्वाः पुचःको आयोजनामा ११ गते असन डबलीमा असन सेवा समितिको आयोजनामा, १२ गते दमाई टोलमा यें मनपा १९ वडाको आयोजनामा, १३ गते वतु, चिकंअतमा राजु डंगोलको संयोजकत्वमा, १८ गते न्यतपाःच्वमा यँ मनपा १८ वडाको आयोजनामा, १९ गते पहिको त्वाः, खुसिबुँमा पहिको युवा क्लबको आयोजनमा २० गते ब्रम्हटोलमा, २१ गते खुसिबुँमा २५ गते बहति (सोहखुट्टे) मा कुमारी क्लबको आयोजनामा, २७, न्योखामा रबि कृष्ण श्रेष्ठको संयोजनमा र ३१ ताम्सिपाखा, डल्लु चोक र डल्लु चौतारामा नाच प्रदर्शन गरिने भएको छ । 

एक दिनमा एक ठाउँमा मात्र नाच प्रदर्शन तथा पूजा ग्रहण गर्ने श्री हल्चोक आकाश भैरव आफ्‌नो टोल-छिमेकमा आमन्त्रण गर्न चाहनेले निम्तो दिन सक्ने कुरा पत्रकार सम्मेलन मा जानकारी गराइएको छ । आमन्त्रण गर्न चाहनेले पुजाको सामग्रीहरुका साथमा चढाउन चाहने सामग्रीहरु देवगण र बाजागाजा सहितका लागि २५ भाग सामग्री तयार गर्नुपर्दछ । पञ्चबली पुजा आयोजकको स्वेच्छामा भर पर्दछ ।

बाह वर्षे जात्राको क्रममा श्री हल्चोक आकाश भैरवको देवगणका रुपमा १० जना देवदेवीहरुको नाच प्रदर्शन गरिन्छ। जसमा श्री चण्डी, श्री कुमारी, श्री हल्चोक आकाश भैरव, श्री गंगा, श्री महादेव, श्री पार्वती, श्री आकाशदेवी, श्री बाराही, श्री महाकाली र श्री दक्षिणकाली देवी रहेका छन् ।

यस नाच प्रदर्शन अगाडि पुतुवार समुदायका गुथियारहरु बैशाख १ गते नागार्जुनको छहारे र आकाशदेवी स्थानमा गई पुजा गर्दछन् । त्यसबेला देवशक्ति हावाको माध्यमबाट भ्याली, बाजा र चिराख मध्ये एउटामा प्रवेश गर्दछ भनी ती सामग्रीहरुमा विशेष ध्यान दिई बसेको हुन्छ । तीमध्ये कुनै एकमा शक्ति प्रवेश भएको आभास भएपछि त्यसलाई कपडाले छोपछाप पारी देवघरमा लगिन्छ । यसपछि देवघरमा विशेष पूजा गरी सकेपछि सोही दिन बसा लायेगु (देवताहरुलाई भुइँमा टेकाउन नहुने भएकोले सेतो कपडा बिछ्याउने कार्य) गरेर १० देवदेवीलाई हल्चोक परिक्रमा गराउने प्रचलन रहेको छ। यस वर्ष सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल १ गते हल्चोकमा सवारी हुने कार्यक्रम रहेको छ ।

यसै गरी बैशाख २ गतेका दिन बिहान सबेरै हल्चोकबाट श्री आकाशभैरव गणलाई काठमाडौंको ताम्सीपाखामा विराजमान गराइन्छ । यसैदिन ताम्सिपाखाबाट हनुमानढोकास्थित कालभैरव मन्दिर अगाडि इन्द्रजात्रामा यःसिं उठाउने स्थानमा गुठीबाट नै पञ्चबलीसहितको पुजाआजा गरिन्छ । यसपछि १ महिनासम्म जात्रा सञ्चालन गरीसकेपछि हल्चोकमा गई बिसर्जन गरी अन्त्यमा पञ्चबली पूजा गरी जात्रा समापन गर्ने भएको छ ।

Categorized in उपत्यका