
नव निर्देशक सुरेन्द्र श्रेष्ठ को निर्देशनमा वरिष्ठ गीतकार प्रकाश दिपको गीत
Janjati Khabar – विजयरत्न असंबरे | २०८१ चैत्र २७, बुधबार

नेपालको संगीत उद्योगमा स्थापित नाम भइसकेका गीतकार प्रकाश दिप श्रेष्ठ रचित नयाँ र सुन्दर गीत "तिमी मेरो जीवन साथी" हालै सार्वजनिक भएको छ। यस गीतलाई कलाकार सुरेन्द्र श्रेष्ठले निर्देशन गर्नु भएको छ । गीतका स्वर यमन श्रेष्ठ र एन्जेला श्रेष्ठले दिनुभएको छ, जसले गीतलाई अझै मनमोहक र हृदयस्पर्शी बनाएको छ।
गीतको रचनाकार प्रकाश दीप श्रेष्ठ हुनुहुन्छ, र यस गीतलाई जीवित जुल्मीले म्युजिक एरेन्ज गर्नुभएको छ। सँगीतकार गोविन्द ह्युमतको सङ्गीतले संगीत सृजना गर्नु भएको छ । रेकर्डिस्ट विजय मास्केले रेकर्ड गर्नु भएको यो गीत सुन्दा श्रोताले संगीतको गहिराईलाई अनुभूति गर्नेछन्। गीतको भिडियो मा गोपाल कृष्ण सिल्पकार र सरु भारतिले प्रणय जोडिका रुपमा अभिनय गर्नु भएको छ ।
निर्माता गोपाल कृष्ण सिल्पकारले यो गीतको उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ । यो गीतको म्युजिक भिडियोको विशेष अतिथि वरिष्ठ चलचित्र निर्देशक तथा कलाकार पवन जोशीले सार्वजनिक गर्नु भयो । भिडियो सार्वजनिक गरिएको कार्यक्रममा वरिष्ठ पत्रकार तथा चलचित्र निर्देशक विजयरत्न तुलाधर ले सो भिडियोको समीक्षात्मक टिप्पणी राख्नु भएको थियो भने गायकहरु यमन श्रेष्ठ र एन्जेला श्रेष्ठ , गीतकार प्रकाश दिप श्रेष्ठ र भिडियो निर्देशक सुरेन्द्र श्रेष्ठ ले गीतको विविध पक्षबारे कुरा राख्न भयो ।
सुरेन्द्र श्रेष्ठको निर्देशनमा तयार भएको यस गीतले संगीतको रचनात्मकता र भावनात्मक गहिराइलाई प्रस्तुत गरेको छ, जसले श्रोतामा एक मिठो छाप छोड्ने अाश गरिएको छ ।
Categorized in साहित्य-कला