
ताम्रकार फुटसल प्रतियोगिता सम्पन्न
Janjati Khabar – विजयरत्न असंबरे | २०८१ चैत्र २५, सोमबार

खेलकूदको माध्यमबाट समाजमा भाइचाराको अभिवृद्धि गर्न एवं समाजमा सकारात्मक परिवर्तनको उद्देश्यका साथ ताम्रकार समाजले विगत आठ वर्षदेखि नियमित रुपमा गर्दै आइरहेको ताम्रकार फूटसल प्रतियोगिताको छैठौँ संस्करण यसवर्ष यही चैत्र १६ गते शनिबार र २३ गते शनिबारका दिन सानेपा स्थित फिल्ड फूटसल ग्राउण्डमा सम्पन्न भएको छ । सो ताम्रकार फूटसल प्रतियोगिताका विजेता बि.के. सुनचाँदी पसलले छैठौं संस्करणमा पनि विजय हासिल गर्दै उपाधी रक्षा गर्न सफल भएकाछन । छैठौं संस्करणको फाइनलमा बि.के. सुनचाँदीले ओरियन इलेक्ट्रीकललाई ट्राइबेकरमा २–१ गोलले पराजित गरेका थिए । सेमिफाइनलमा बि.के. सुनचाँदीले मिलन ज्वेलर्सलाइ २–० गोल अन्तरले तथा ओरियनले तिच्छुंगल्ली स्टोरलाई ट्राइबेकरमा ३–२ गोलले पराजित गरी फाइनलमा प्रवेश गरेका थिए । प्रतियोगिताका टप स्कोरर तथा उत्कृष्ट खेलाडी बि.के. सुनचाँदीका आशिश ताम्रकार, उत्कृष्ट किपर बि.के. सुनचाँदीकै शंकर ताम्रकार, प्रेसिडेन्सियल च्वाइस अवार्डमा ओरियनका सानिध्य चित्रकार भएका छन । त्यस्तै अण्डर १४ प्रतियोगितामा ग्रेस वारियर्सले ताम्रकार अष्ट्रेलिया टाइटनलाई २–० गोलले पराजित गरेका छन । विजेता तथा उपविजेता खेलाडीहरुलाई ललितपुरका संघीय सांसद एवं पूर्व मन्त्री डा. तोसिमा कार्की, ताम्रकार समाजका अध्यक्ष विनोद ताम्रकार, निवर्तमान अध्यक्ष रविन्द्रराज ताम्रकार, युवा तथा खेलकूद उपसमितिका संयोजक अनिश ताम्रकार लगायतले मेडल, ट्रफी तथा पुरस्कार वितरण गरेका थिए ।
ललितपुरका विभिन्न समाजका खेलाडीहरुको सहभागी रहेकोे उक्त प्रतियोगितामा खेलाडीहरुलाई जुजु वेयर्सद्धारा जर्सी प्रायोजन गरिएको थियो ।
विगत पाँच संस्करण सफलतापूर्वक सम्पन्न गरे पश्चात छैठौँ संस्करणको प्रतियोगिताको लागी विभिन्न ६ वटा उद्योग र कम्पनीहरुले टिमको प्रायोजन गरेका छन । प्रायोजन गरेका कम्पनी कै नामबाट टिमको नाम कायम रहकोे उक्त प्रतियोगितामा ललितपुरका विभिन्न समाजका सतरी भन्दा बढी खेलाडीहरुले सहभागीता जनाएका थिए । टिम प्रायोजन गर्ने उद्योग र कम्पनीहरुमा वि.के.सुनचांदी पसल, तिच्छुगल्ली स्टोर्स, दिल ह्याण्डीक्राफ्ट, ओरियन इलेक्ट्रीकल, मिलन ज्वेलर्स र उग्रचण्डी पार्टी भेन्यू रहेका छन । वि.के.सुन चांदी पसल गत संस्करणका विजेता हुन । विजेता तथा उप विजेता टोलीले आकर्षक ट्रफी, मेडलका साथै नगद पुरस्कार प्राप्त गर्नेछन । विजेता तथा उप विजेता टोलीलाई स्वर्गीय मोहन दास ताम्रकारको परिवारद्धारा नगद पुरस्कारको प्रायोजन गरेका छन् ।
ताम्रकार समाजको युवा तथा खेलकूद उपसमितिबाट आयोजित यस प्रतियोगिताका म्यान अफ द म्याच प्रायोजक टेलजी नेपाल र एटलिट ल्याण्ड, एक्सीलेन्ट टाईटल प्रायोजक एक्स स्टेप नेपाल र एटलिट ल्याण्ड, अण्डर १४ टिम प्रायोजक ताम्रकार समाज अष्ट्रेलिया, बद्रीको हल्वाई, सेयर प्रो सेक्यूरिटिज र ग्रेस इन्टरनेशनलका साथै अन्य प्रायोजकहरुमा लक्ष्मी सनराईज बैंक, के.के. मार्ट, अल्फाईन ईन्जीनियरिङ कन्सलटान्सी लिमिटेड, सम्झना ल्याबोरेटोरी एण्ड क्लिनिक प्रा.लि., उत्तम स्पेशल टी, लक्ष्मी सनराईज क्यापिटल, ओगस, ट्वान्टी फोर्टी, फेस एण्ड बडी नेपाल, बाराही फ्रेम्स र किन्ले रहेका छन् । त्यस्तै मिडिया पार्टनरको रुपमा भिजन्स नेपाल, हाम्रो खेलकूद अनलाइन, लहना संचार रहेका छन् । साथै मेडिकल पार्टनरमा अल्का अस्पताल रहेको छ ।
Categorized in खेलकुद