STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ चैत्र २४, आइतबार

    तीनकुने घटनाको न्यायिक छानबिन गर्न माग

    काठमाडौँ - तीनकुने घटनाको न्यायिक छानबिन गरी जवाफदेहिता सुनिश्चित गर्न र त्यस्तो हिंसात्मक घटना पुनः नदोहोरिने सुनिश्चित गर्न माग गरिएको छ ।  जवाफदेहिता निगरानी समितिका संयोजक राजुप्रसाद चापागाईं, एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलिया, एड्भोकेसी फोरम नेपालका निर्देशक विकास बस्नेत र न्याय तथा अधिकार संस्था (जुरी–नेपाल) अध्यक्ष रुकमणि महर्जनले आज संयुक्त विज्ञप्ति जारी गर्दै उक्त...

  • २०८१ चैत्र २४, आइतबार

    वायु प्रदूषणको अवस्था गम्भीर बन्दै गएपछि नियन्त्रणका लागि आवश्यक कदम चाल्न आह्वान

    काठमाडौँ - विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत देशका अन्य भागमा वायु प्रदूषणको अवस्था गम्भीर बन्दै गएको भन्दै त्यसको नियन्त्रणमा तत्काल आवश्यक कदम चाल्न आह्वान गरिएको छ । वातावरणसँग सम्बन्धित विभिन्न संस्थाहरूले आज संयुक्त विज्ञप्तिमार्फत वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकायसँग समन्वय र सहकार्य गर्न आग्रह गरेका छन् । नेपाल वातावरण पत्रकार समूहका अध्यक्ष...

  • २०८१ चैत्र २४, आइतबार

    आइपीयुको दिगो विकास स्थायी समितिमा सांसद डा.शाक्य निर्वाचित

    काठमाडौँ - अन्तर–व्यवस्थापिका सङ्घ (आइपीयु) को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट राष्ट्रियसभा सदस्य डा.अञ्जान शाक्य निर्वाचित भएकी छन् । उज्वेकिस्तानको राजधानी तास्केन्टमा भएको सम्मेलनका क्रममा उनी विजयी भएकी हुन् ।  सांसद डा.शाक्यसँगै माल्दिभ्स र इरानबाट पनि उम्मेदवारी परेको थियो । अन्तरव्यवस्थापिका सङ्घको १५० औँ वार्षिकसभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर...

  • २०८१ चैत्र २४, आइतबार

    पूर्वउपराष्ट्रपति पासाङलाई माओवादीले बनायो उपाध्यक्ष

    काठमाडौँ - नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई उपाध्यक्षमा मनोनीत गरेको छ ।  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनलाई केन्द्रीय सदस्य र स्थायी समिति सदस्यमा मनोनयन गर्नुका साथै उपाध्यक्षको जिम्मेवारी समेत दिएको उच्च स्रोतले रातोपाटीलाई जानकारी दियो ।  यसअघि गत माघमै पासाङ पार्टी राजनीतिमा औपचारिक रूपमा फर्किएका थिए । जसअनुसार पार्टीले पासाङलाई विशेष जिम्मेवारी...

  • २०८१ चैत्र २४, आइतबार

    जनबहाःद्यःको रथ हनुमानढोकामा

    काठमाडौँ - वर्षा र सहकालका देवता जनबहाःद्यः (सेतो मच्छिन्द्रनाथ)को रथ हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरव अघि पुर्याइएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा दोस्रो दिन अर्थात् रामनवमीका दिन हनुमानढोका दरबार क्षेत्रमा पुर्याउने गरिन्छ । असनबाट आज रथ तानी मच्छिन्द्रबहाल इन्द्रचोक हुँदै वसन्तपुर...

  • २०८१ चैत्र २४, आइतबार

    कुलमानको पुनर्बहालीको माग गर्दै र्‍याली

    काठमाडौं - नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको पुनर्बहालीको माग गर्दै बानेश्वरबाट सुरु भएको र्‍याली माइतीघर पुगेर कोण सभामा परिणत भएको छ ।  पुरा नेपाल झलमल छ, जनताको मनमा कुलमा छ, कुलमा हाम्रो शाान हो, देश र जनतको मान हो, देशको शान मान कुलमा जस्ता अन्य थप्रै विभिन्न ब्यानर र प्लेकार्डसहित  कुलमानको समर्थकहरूले प्रदर्शन गरेका छन् ।  र्‍यालीमा क्रममा उर्जामन्त्री दीपक खड्काको राजीनामा समेत...

  • २०८१ चैत्र २४, आइतबार

    निर्देशक समाजले गरे नीर शाह र शम्भु प्रधानलाई सम्मान

    नेपाल चलचित्र निर्देशक समाजले आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा रजत महोत्सवको रुपमा एक भव्य समारोहको आयोजना गरी  मनाएको छ । चलचित्र विकास बोर्ड परिसरमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी रहनुभएको थियो । कार्यक्रममा चलचित्रकर्मीहरूको उल्लेख्य उपस्थिति थियो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी विशेष अतिथिका रूपमा सहभागी रहनुभएको सो समारोहको...

  • २०८१ चैत्र २४, आइतबार

    भक्तपुरमा दुई साहित्यकार पुरस्कृत

    भक्तपुर बाट प्रकाशित हुने  स्वर्णद्वार (लुँध्वा) साहित्यिक पत्रिकाले दुई जना साहित्यकारहरुलाई नगद राशि सहित पुरस्कार प्रदान गरेको छ। भक्तपुरमा सम्पन्न एक कार्यक्रममा हर्ष - कृष्ण स्वर्णद्वार पुरस्कार क्रमशः लघुक‌थाकार न्हुछेभक्त कवां र सौरभ शाक्यलाई प्रदान गरिएको हो ।  पुरस्कारका दाता समाजसेवी तथा उद्यमी कृष्ण लाल प्रधानका आमाबुवाको नाममा स्थापना गरिएको पुरस्कार स्वरुप नगद ३५ हजार र २५ हजार...

  • २०८१ चैत्र २४, आइतबार

    निखिल बिकको अभिनयमा रविको स्वरमा "बाह्रै महिना"

    उदियमान गायक रवि ओडको स्वरमा रहेको गीत ‘बाह्रै महिना, बाह्रै तारिका’ सार्वजनिक भएको छ । डिपी खनालको शब्द, बावुल गिरीको सङ्गीत र महेश्वरमान राजभण्डारीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सार्वजनिक गीतमा रविलाई स्वरमा गायत्री त्रिपाठीले साथ दिनुभएको छ । अमन तामाङको निर्देशन, सम्पादन र कलर रहेको गीतको भिडियोमा निखिल बिक, कविता न्यौपाने, सरोज प्रजा, स्मरिका थापा लगायतका कलाकारको...

  • २०८१ चैत्र २२, शुक्रबार

    फुटबल जगतमा अग्रस्थान अोगटेको थ्री स्टार क्लबले स्वर्ण महोत्सव मनाउने

    नेपालको ए डिभिजन फुटबल क्लबहरु मध्ये सक्रिय, प्रतिष्ठित र जनमानस चिरपरिचित क्लब थ्री स्टार क्लबले आफ्नो स्थापनाको ५० वर्ष पुरा भएको अवसरमा स्वर्ण महोत्सव मनाउने भएको छ । ललितपुरमा स्थानीय युवाहरुको सक्रियतामा वि.सं. २०३१ सालमा स्थापित थ्री स्टार क्लबको स्थापनाको ५० बर्ष अर्थात स्वर्ण जयन्ती मनाउने क्रममा उत्साहजनक विभिन्न कार्यक्रम आयोजना गरी स्वर्ण जयन्ती समारोह मनाउने सन्दर्भमा जानकारी गराउन...

  • २०८१ चैत्र २१, बिहिबार

    सात दल आबद्ध रहेर तराई–मधेस केन्द्रित दलहरूले लोकतान्त्रिक मोर्चा घोषणा

    काठमाडौं - सात दल आबद्ध रहेर संविधान संशोधन लगायत २६ वटा उद्देश्य राखी तराई–मधेस केन्द्रित दलहरूले मोर्चा घोषणा गरेको छ। वृषेशचन्द्र लाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, डा.सिके राउत नेतृत्वको जनमत पार्टी, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल र रेशम चौधरी आदिको संघीय लोकतान्त्रिक मोर्चा नाम दिइएको छ ।   राज्यको तर्फबाट प्रदान गरिने सेवा,...

  • २०८१ चैत्र २१, बिहिबार

    त्रिचन्द्रको स्ववियु अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित

    काठमाडौं - त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) अध्यक्षमा नेविसंघका गोविन्द कोइराला  निर्वाचित भएका छन । निर्वाचन अधिकृत अंगदमणि गौतमका अनुसार कोइराला निर्वाचित भए पनि औपचारिक घोषणा गर्न बाँकी छ । सबै बुथको मत एकीकृत गरिरहेकाले केहीबेरमा नतिजा सार्वजनिक गर्ने उनले बताए ।

Pages